Breaking News

ताजा अपडेटः पेरिस आतंकवादी आक्रमणमा १ सय २० भन्दा बढीको मृत्यु, 'पेरिसमा नेपालीहरु सुरक्षित' (फोटो फिचरसहित)

Feb Tue 2020 05:40:19

462 views

ताजा अपडेटः पेरिस आतंकवादी आक्रमणमा १ सय २० भन्दा बढीको मृत्यु, 'पेरिसमा नेपालीहरु सुरक्षित' (फोटो फिचरसहित)

फ्रान्सको राजधानी पेरिसका केही स्थानमा एक साथ भएको आतंकवादी आक्रमणमा १ सय २० भन्दा बढीको मृत्यु भएको छ । फ्रान्स प्रहरीका अनुसार बन्दूकधारीले केहीलाई बन्धक बनाएका छन् ।

'पेरिसमा नेपालीहरु सुरक्षित'

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पेरिसमा नेपालीहरु सुरक्षित रहेको बताएका छन् । पेरिसमा स्थानीय समय अनुसार शुक्रबार राति विभिन्न ठाउँमा बन्दूकधारीहरुले आक्रमण गर्दा कम्तिमा एकसय २० जनाको मृत्यु भएको थियो ।

परराष्ट्रमन्त्री थापाले पेरिसस्थित नेपाली दुताबासलाई उद्धृत गर्दै ट्वीटमार्फत नेपालीहरु सुरक्षित रहेको जानकारी गराएका हुन् । ‘परराष्ट्रमन्त्रालय र पेरिसस्थित नेपाली दुतावास फ्रान्सेली अधिकारीसँग सम्पर्कमा छन्’, थापाले लेखेका छन् ।

घटनापछि फ्रान्समा संकटकाल घोषणा गरिएको छ रसीमा बन्द गरिएको छ ।

फ्रान्समा भएको आतंककारी हमलाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गर्दै फ्रान्सका राष्ट्रपतिलाई समवेदना सन्देश पठाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार राति ९ बजे पेरिसका केही ठाउँमा गोलीबारी भएको थियो भने राष्ट्रिय रंगशालामा विष्फोट गराइएको थियो । राष्ट्रिय रंगशाला बाहिर बिस्फोट हुँदा भित्र भने जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेकाे थियाे । उक्त खेल हेर्न ८० हजार दर्शककाे उपस्थित थिए । यस्तै फ्रान्सका राष्ट्रपति हाेलान्ड पनि रंगशालामै थिए । खेल फ्रान्सले २-० ले जितेकाे थियाे । खेलकाेबीचमै बाहिर बिस्फोट भएकाे अावाज सुिनए पनि खेल भने राेकिएन । खेलपछी रंगशाला बाहिर निस्कन नपाएपछि दर्शकहरु मैदानमा प्रवेश गरेका थिए ।

भिडियाे स्राेत : बीबीसी

फ्रान्सको समाचार एजेन्सी एएफपीले सुत्रहरुलाई उद्धृत गर्दै १ सय २० भन्दा बढीको मृत्यु भएको जनाएको छ । राजधानी पेरिसको कन्सर्टमा भेला भएका १ सय भन्दा बढीलाई बन्धक बनाइएको छ । त्यहाँ प्रहरीले ८ जना आक्रमणकारीलाई मारेको छ । समाचार संस्था एएफपीका अनुसार २ सय भन्दा बढी घाइते भएका छन् जसमा ८० जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

राष्ट्रपति फाँस्वा होल्यान्डले राष्ट्रको नाममा सन्देश दिंदै संकटकाल घोषणा गरेका छन् । फ्रान्सका सबै सीमा सील गरिएको छ । राजधानी पेरिसबासीलाई घरबाहिन निस्कन रोक लगाइएको छ । स्थानीय प्रहरीको सहयोगका लागि सेनालाई पनि तयार रहन निर्देशन दिइएको छ ।

राष्ट्रपति फ्राँस्वा होल्यान्डले जी-२० सम्मेलनका लागि टर्की जाने कार्यक्रम रद्ध गरेका छन् ।

कुनै पनि समूहले घटनाको जिम्मेवारी अहिलेसम्म नलिएको बीबीसीले जनाएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेटले सामाजिक सञ्जालमा घटनाको तारिफ गरेको छ ।

राष्ट्रिय रंगशालामा फ्रान्स र जर्मनीबीचको खेल भइरहँदा विष्फोट भएको थियो । त्यहाँ तीन जनाको मृत्यु भएको छ । खेल हेर्न राष्ट्रपति पनि रंगशालामै थिए । तर उनी सुरक्षित छन् ।

विश्वभरबाट निन्दा फ्रान्समा भएको आतंकवादी आक्रमणको विश्वभर निन्दा भएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको निन्दा र भर्त्सना गरेका छन् ।

-ekantipur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?