Breaking News

२ लाखको एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप स्थापना

Feb Tue 2020 05:40:54

488 views

२ लाखको एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप स्थापना

हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आर्थिक पत्रकारिता लेखनवृत्ति (फेलोसिप) स्थापना गर्ने बारे सम्झौता भएको छ ।

सम्झौताअनुसार छापा (अंग्रेजी) छापा (नेपाली ), विद्युतीय (रेडियो, टेलिभिजन ) र अनलाइनमा कार्यरत एक एक जना आर्थिक पत्रकारलाई फेलोसिप प्रदान गरिनेछ ।

एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोसिप नाम रहने उक्त फेलोसिपको राशी एक विधाका लागि ५० हजार रुपैयाँ हुनेछ । यो बाषिर्क कार्यक्रमका रुपमा रहने बताइएको छ । यसका लागि हिमालयन बैंकले २ लाख रुपैयाँ सेजनलाई प्रदान गर्नेछ । यसैगरि सञ्चालन खर्चका लागि बैंकले ३० हजार रुपैयाँ सेजनलाई प्रदान गर्नेछ । फेलोसिप यसै बर्षदेखि लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?