Breaking News

चिलीमा शक्तिशाली भूकम्प, लगातार परकम्प जानेक्रम जारी

Feb Tue 2020 05:40:13

555 views

चिलीमा शक्तिशाली भूकम्प, लगातार परकम्प जानेक्रम जारी

चिलीमा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ६.८ रिक्टर स्केल मानप गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । चिलीको भूशास्त्र अध्ययन संस्थाका अनुसार भूकम्पपछि सुनामी चेतावनी भने दिएको छैन । प्रशान्त महासागरिय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी जारी नगरेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु सान्टियागो सहरबाट ३ सय किलोमिटर उत्तरमा पर्ने इलाकामा ३६ किलोमिटर गहिराइमा रहेको पनि सो संस्थाले बताएको छ । सो भूकम्प जानु अघि पनि ६ रिक्टर स्केलको भूकम्प सोही क्षेत्रमा गएको र पछि पनि ३ देखि ६ रिक्टर स्केलसम्मका परकम्प लगातार गइरहेका जनाइएको छ । ठूलो भूकम्पपछि चार घण्टाको अवधिमा १० वटा भन्दा बढी परकम्प गइसकेको CSEM-EMSC ले जनाएको छ ।            गत सेप्टेम्बरमा पनि सोही क्षेत्रमा ८.३ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पमा परी १५ व्यक्तिको मृत्यु हुनुको साथै १६ हजार भन्दा बढी घरवारविहिन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?