Breaking News

एउटै औंलाले संसार हल्लाउने विश्वका ५ टप ह्याकर यस्ता छन्

Feb Tue 2020 05:40:53

479 views

एउटै औंलाले संसार हल्लाउने  विश्वका ५ टप ह्याकर यस्ता छन्

एउटै औंलाले संसारलाई हल्लाउने शक्ति धेरै कमले राख्छन्। ह्याकरहरु तिनै शक्तिशाली वर्गमा पर्छन्। विश्वका ५ जना ह्याकर यस्ता छन्, जोसँग नासा पनि डराउने गर्छ। विश्वका नामुद ह्याकर मानिने यी व्यक्तिको विषयमा अमेरिकी अखबारले केही समयअघि रिपोर्ट तयार पारेको थियो।

जोनाथन जेम्स

जोनाथनले यस्तो काम गरेका थिए, जसबाट नासा पनि अत्तालिएको थियो। न्युयोर्क टाइम्सले जनाएअनुसार जोनाथन अमेरिकी सरकारको डाटाबेससम्म पुगेर नासाको नेटवर्कबाट अन्तरिक्ष स्टेशनको अपरेसनसम्बन्धी सबै गोप्य दस्तावेज निकाल्न सफल भएका थिए। जसका कारण नासाले आफ्नो नेटवर्क तीन सातासम्म बन्द गर्नुपरेको थियो। केही समयपछि उनी अमेरिकी प्रहरीको फन्दामा परे। जोनाथन विरुद्ध थुप्रै गम्भीर आरोप दर्ता भयो। उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका थिए। पछि उनले आत्महत्या गरे।

रियान कोलिन्स

रियान कोलिन्स पनि खतरनाक ह्याकर मानिन्छन्। वासिंटन टाइम्सले जनाए अनुसार, उनले जेनिफर लरेन्सदेखि केट अप्टनको अश्लील तस्बिरहरू सार्वजनिक गरेका थिए। यसवापत उनी दण्डित पनि भए। उनी चर्चित सेलिब्रिटीहरुको मोबाइल फोनबाट निजी फोटो, म्यासेज र भिडियो चोर्न माहिर मानिन्छन्। उनी आइफोन र गुगलको पासवर्ड ह्याक गरेर आवश्यक जानकारी निकाल्छन्।

अल्बर्ट गोन्जालेज

उनी यस्तो ह्याकर हुन्, जसले करोडौं मानिसलाई कंगाल बनाइदिएका थिए। इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार, गोन्जालेजसँग १७ करोड मानिसको क्रेडिट कार्डको डिटेल्स थियो। जसलाई बेचेर उनले करोडौं आम्दानी गरे। यति मात्र होइन, उनी फर्जी पासपोर्ट, स्वास्थ्य बिमा कार्ड र जन्मदर्ताको प्रमाणपत्र पनि बनाउँथे। यो काण्डमा उनलाई ४० वर्षको सजाय सुनाइएको थियो। उनी अहिले जेल सजाय काटिरहेका छन्।

केभिन मिटनिक

केभिन मिटनिक अमेरिकाको खतरनाक साइबर अपराधी मानिन्छन्। उनी गोप्य प्रोजेक्ट पनि ह्याक गर्ने खुबी राख्छन्। केभिनले अमेरिकाको राष्ट्रिय सुरक्षा एलर्ट कार्यक्रम नै भंग गरिदिएका थिए। उनले कर्पोरेटको गोप्य फाइल समेत खोलेका थिए। यो घटनामा उनलाई २५ वर्ष जेल सजाय सुनाइएको थियो। यसपछि उनी ‘कन्सल्टेन्ट’ बनेका थिए। अहिले उनी साइबर सुरक्षालाई नयाँ दिशा दिन काम गरिरहेका छन्। केभिनको विषयमा हलिउडमा दुई वटा फिल्म बनिसकेको छ।

केभिन पल्सन

केभिनले एउटा रेडियो स्टेशनको सिस्टम नै ह्याक गरेर शो नै जितेका थिए। त्यस वापत उनले निकै महँगो मानिने ‘पोर्श’ कार नै जितेका थिए। यसपछि उनी एफबिआईको आँखामा परेका थिए। अमेरिकी गुप्तचर प्रहरीले दुःख दिन थालेपछि उनले एफबिआईको सिस्टम नै ह्याक गरेका थिए। यो घटनामा उनलाई ५१ साताको सजाय भएको थियो। जेलबाट बाहिरिएपछि उनी पत्रकार बने र अहिले उनी अमेरिकी प्रहरीलाई सहयोग गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?