माननीय रक्षामन्त्री भीमसेन दास प्रधान, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल उद्ध्योग बाणिज्य महासंघको, अध्यक्ष, भवानी राणा, नेपाल उद्ध्योग बाणिज्य महासंघको, बरिस्ठ उपाध्यक्ष, शेखर गोल्छा, कलाकार मदनकृष्ण श्रेष्ठ, लगायतले इन्फोटेकको अवलोकन गर्नुभएको थियो । यसपटक नेपाल सरकारका उच्चपदस्थ अधिकारहीहरु, राजनीतिक दलका नेताहरु, कलाकार, नीति निर्मातालगायत बालकदेखि बृद्धसम्मका सूचना प्रविधिप्रेमी सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको पायौ ।
२४औं संस्करणको इन्फोटेकमार्फत् नेपालमा थुप्रै नयाँ नयाँ प्रविधिहरु भित्रिएका छन् । जसको बारेमा इन्फोटेकमार्फत आम नेपालीले प्रत्यक्ष जानकारी लिने अवसर मिलेको छ । प्रदर्शनीमा स्मार्ट होम प्रविधि, हेल्थ एनालाइजर सिस्टम, प्रिन्टर, प्रोजेक्टर, बारकोड स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, स्मार्टफोन, स्मार्ट टिभी, मोबाइल वालेट, हाइस्पिड इन्टरनेट, डिजिटल टिभी, सेटअप बक्स, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेल्थ क्येयरसम्बन्धी डिजिटल प्रडक्ट, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइजडित बिशेष क्यामेरा, ड्रोन र रेकर्डरहरु, सेल्फी स्टिक लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो । त्यस्तै नेपाली विद्यार्थी, स्टार्टअप र रोबोटिक्स क्लबहरुले निर्माण गरेका इन्नोभेटिभ प्रडक्टहरुले पनि विद्यार्थी र युवाको मन लोभ्यायो ।
इन्फोटेकमा मोटोरोला, हुवावे, एमआई, वान प्लस, एचटिसी, डिटिसी जस्ता मोबाइल ब्रान्डको स्टलमा अवलोकनकर्ताको चासो देखियो । वल्र्डलिंक र एक्सन प्वइन्ट नेपालले ल्याएको स्मार्ट होम प्रविधिबारे जान्न इच्छुकहरुको संख्या पनि उत्तिकै देखियो । हाइसेन्स, सोनी, टेक्नोजका फोके स्मार्ट टिभीले पनि नेपाली उपभोक्ताको लोभ्याएको थियो । यसपटक सुबिसु, वल्र्डलिंकलगायतका आइएसपीले ल्याएको डिजिटल टिभी र हाइस्पिड इन्टरनेटको कोम्बो अफरले अवलोकनकर्ताको ध्यान तानेको थियो भने डिजिकम, नेटिस, टिपिलिंकलगायतले ल्याएका आधुनिक नेटवर्किङ प्रडक्टहरु पनि आकर्षको केन्द्रमा प¥यो । यसपटक ब्रोडवे इन्फोसिस, कम्प्युटर प्वइन्ट नेपाल, लावा नेपाल, जेडकिङ, लिमिटलेस एजुकेशन, इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड टेक्नोलोजी नेपाललगायतले ल्याएका आइटीका व्यवसायिक कोर्श पढ्न चाहने विद्यार्थीहरुको संख्या पनि बढेको देखियो । त्यस्तै सामाजिक सञ्जाल सगुनको मोबाइल एपले पनि राम्रै प्रयोगकर्ता बटुल्यो ।