सूचना सञ्चार प्रविधि पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्चले लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेतनामुलक कार्यक्र गर्ने भएको छ । बिद्यालयस्तरीय बिद्यार्थी लक्षित १ दिने चेतनामुलक कार्यक्रम मनमैजु मा.वि बिद्यालय मनमैजु काठमाडौमा मंसीर ४ गते गर्ने संस्थाका सचीव मोहन खतिवडाले जानकारी दिएका छन् । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजारको सहयोगमा कार्यक्र सञ्चालन हुन लागेको हो । लागू औषध तथा दुव्र्यसनमा बिद्यालयस्तरबाट कुनै न कुनै रुपमा बिद्यार्थीहरु फस्ने भएकोले बिद्यालयस्तरमा यो कार्यक्रम गर्न लागेको आइसिटी पत्रकार मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले बताए । मा.वि स्तरका कक्ष ८, ९ र १० का बिद्यार्थीहरु लागू पदार्थको कुलमा फस्न सक्ने र असरको दीर्घकालीन असर उच्च माध्यमिक कक्षा ११ र १२ मा बढी पर्ने देखिएकोले प्रराम्भिक रुपमा नै माध्यमिक तहका कक्ष ८ देखि १ण् सम्म का बिद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन लागेको हो । लागू औषध तथा दुव्र्यसनी बिरुद्धको कार्यक्रममध्ये बिद्यालयस्तरीय कार्यक्रम चेतनामुलक कार्यक्रम भएको र यो प्रत्येक वर्ष गैरसरकारी संस्थामार्फत लागू औषध नियन्त्रण बिजुली बजार काठमाडौंले गर्ने गरेको कार्यक्रम प्रमुख खड्ग बहादुर श्रेष्ठले बताए । मंसीर ४ गते मनमैजु काठमाडौंमा हुने बिद्याथी लक्षित कार्यक्रम तालिका निम्न बमोजिम रहने आइसिटी पत्रकार मञ्चले जनाएको छ । कार्यक्रम सञ्चालन तालिका कार्यक्रमको नाम : लागू औषध बिरुद्धको बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम स्थान : मनमैजु माध्यमिक बिद्यालय, मनमैजु काठमाडौं मिति : २०७२ साल मंसीर ४ गत समय : दिनको १ बजेदेखि ४ बजेसम्म लक्षित वर्ग : बिद्यार्थीहरु (कक्षा ८, ९ र १० का १२५ जना)
लागू औषध सम्बन्धी जानकारीमुलक पर्चा पम्पेलेट बितरण, सम्बन्धित निकाय तथा सरोकारवाला व्यक्तिहरुबाट लागू औषध तथा दुव्र्यसनी बारेको जानकारीका साथै प्रशिक्षण समेत हुनेछ । सहयोग
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध तथा नियन्त्रण कार्यक्रम बिजुलीबजार काठमाडौं