Breaking News

इन्टरनेटको संसारमा एक मिनेट भित्रमा के के हुन्छ ? जानिराखौँ

Feb Tue 2020 05:40:31

450 views

इन्टरनेटको संसारमा एक मिनेट भित्रमा के के हुन्छ ? जानिराखौँ

सूचना प्रविधिको यो युगमा अरबौँ मानिसहरु इन्टरनेटको पहुँचमा छन् । त्यसैले यहाँ पलभरमा इन्टरनेटमा धेरै गतिविधि हुन्छन् । इन्टरनेटको संसारमा एक मिनेट अर्थात् ६० सेकेण्डको समयमा हुने गतिविधिहरु साँच्चीकै आश्चर्यजनक छन्, जुन हामीले सोँच्नै गाह्रो हुन्छ । फेसबुक, टि्वटर, अमेजन, युट्युब, टिन्डर, स्न्यापच्याट जस्ता अनलाइन प्लेटर्फमहरुमा एक मिनेटको समयमा के के गतिविधि हुन्छ त ?

जानिराखौँ अनौठा तथ्यहरुः

· फेसबुकमा ६० सेकेण्डमा ७ लाख १ हजार ३८९ जना प्रयोगकर्ताले लगइन गर्दछन् ।

· फेसबुकको स्वामित्वमा रहेको इन्स्टान्ट मेसेजिंग एप ह्वाट्सएपमा एक मिनेटको अवधिमा २ करोड ८ लाख वटा मेसेज आदानप्रदान हुन्छन् ।

· विश्वको सबैभन्दा वृहत सर्च इन्जिन गुगलमा एक मिनेटमा २४ लाख वटा कुराको खोजी गरिएको हुन्छ ।

· भिडियो शेयरिंग साइट यु ट्युबमा एक मिनेटमा २७ लाख ८० हजार वटा भिडियो हेरिन्छन् ।ntc call

· एक मिनेटको अवधिमा १५ करोड वटा इमेल आदानप्रदान हुन्छन् ।

· ट्याक्सी बुकिंग साइट उबरमा एक मिनेटमा १३ सय ८९ जनाले गाडी बुकिंग गर्दछन् ।

· एक मिनेटभित्रमा स्न्यापच्याटमा ५ लाख २७ हजार वटा फोटो सेयर गरिन्छ ।

· एप्पलको एप स्टोरबाट हरेक मिनेटमा ५१ हजार वटा एप डाउनलोड गरिन्छन् ।

· इमकमर्स साइटमा एक मिनेटमा २ लाख ३ हजार डलरको कारोबार हुन्छ ।

· लिंक्डइनमा एक मिनेटमा १२० भन्दा बढि नयाँ अकाउन्ट खुल्दछन् ।

· माइक्रोब्लगिंग साइट टि्वटरमा एक मिनेटमा ३ लाख ४७ हजार २२२ वटा टि्वट्स हुन्छन् ।

· इन्स्टाग्राममा हरेक मिनेटमा ३४ हजार १९४ वटा फोटो पोष्ट हुन्छन् ।

· संगीत स्ट्रिमिंग साइट स्पटीफाइमा हरेक एक मिनेटमा ३८ हजार घण्टा भन्दा बढिको संगीत सुनिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?