Breaking News

सद्गुरू गोरखनाथ बाबा

Feb Tue 2020 05:40:23

3171 views

सद्गुरू गोरखनाथ बाबा
  • कमलराज श्रेष्ठ

।।गोरक्षसंहितामेतां योगभुतां जन: पठेत ।। ।।सर्वपापविनिर्मुक्ती योगसिद्धीं लभेद ध्रुवम।। (गोरक्ष पद्धती उत्तरार्द्धग्रन्थ ९९)

अर्थात, “गोरक्षसंहिता योगशास्त्र जुन मनुष्यले भक्तिपूर्वक पढ्दछ,त्याे मनुष्य निश्चय नै समस्त पापकर्मबाट निर्मुक्त भएर योगसिद्धि प्राप्त गर्दछ।” आज हामी नेपालीहरु गर्वका साथ विश्वमा नेपाली हौँ भनी छाती फुलाउछौँ र नेपाली हुनुमा हामी आफुलाई गौरवान्वित ठान्छौँ। तर यो गौरवशाली अवस्था कसले निर्माण गरिदियो ? यो गौरवशाली राष्ट्र नेपाल भनी विश्व मानचित्रमा कसले स्थापित गर्याे ? हामीलाई धिक्कार छ,भनिन्छ नेपाली उखानमा-जुन थालमा खायो त्यही थालमा ……गर्ने।कतै हामी नेपालीहरुले कुनै न कुनै रुपमा पराईहरुलाई खुशी पार्ने बहानामा त्यही उखानलाई चरितार्थ त गरिरहेका छैनौ ?

यदि होइन भने किन आज शाहवंशीय राजा एकताका प्रतीक बडामहाराज पृथ्वीनारायण शाहप्रति अनुदार बनिरहेका छाैँ ? किन सद्गुरु गोरखनाथ बाबाको यथार्थ अस्तित्वको खोजी गरिदैंन? नेपाल एकीकरणको इतिहास खोतल्दै जाने हो भने यो नेपाल नामको राष्ट्र निर्माणमा बाबा गोरखनाथको असीम कृपा भएको पाइन्छ।सदगुरु गोरखनाथ बाबाको कृपा, आशीर्वाद एवं निर्देशनमा नै बडामहाराज पृथ्वीनारायण शाहले कर्ता बनी यो विशाल नेपालको निर्माण गरेका थिए भन्ने आशय हाम्रा इतिहासहरुले प्रशस्त बताइरहेका छन्।यदि हामी अध्यात्म एवं ईश्वरप्रति आस्था राख्छौँ भने अब सोच्न ढिलाे भइसक्यो कि यो राष्ट्रको संरक्षक स्वयं भगवान शिवका अवतार गोरखनाथ बाबालाई हामीले बिर्सेकाे त होइन ?

हो निश्चय पनि बाबाका सीमित भक्तहरुले बाबाको परम्परालाई थेगिराखेको भएता पनि समग्रमा हामीले बाबालाई कथा,किंवदन्तिमा मात्र सीमित गरेको सत्यलाई नकार्न मिल्दैन। पृथ्वीनारायण शाह अत्यन्त धार्मिक विद्वान राजा थिए,उनी गुरु गोरखनाथ बाबाका भक्तहरुमध्ये प्रथम प्रिय भक्त थिए। पृथ्वीनारायण एक राजा भए तापनि वैदिक शास्त्रानुसार शासन चलाउने न्यायप्रेमी राजा थिए।

भनिन्छ एकरात पृथ्वीनारायण शाहलाई सपनामा गुरु गोरखनाथ बाबाले दर्शन दिनुभयो र मुखमा दही लिएर पुन:मुखबाट दही ओकलेर पृथ्वीनारायण शाहलाई खान आदेश दिनुभयो।तर पृथ्वी नारायणले घिन मान्दै गुरुको आदेश पालना गरेर अँजुली थापे । त्यसैले दही उनको पाउमा पोखियो,यस्तो देखि बाबा प्रसन्न भएर पृथ्वीनारायणलाई आशीर्वाद दिनुभयो कि,”पृथ्वी तिमीले यो दहि खाएको भए आधा पृथ्वी तिम्रो हुने थियो तर पाउमा पार्यौ तापनि तिम्रा यी पाउले जहाँ जहाँ टेक्छौ त्यो तिम्रो हुनेछ” ।13149867_1113619238702750_2063831141_n-300x300

हो,यही आशिर्वादलाई हामीले गहिरिएर मनन गर्नु आवश्यक छ।किनभने पृथ्वीनारायण शाह एउटा सानो पहाडी राज्य गोर्खाका राजा थिए।गुरु गोरखनाथ बाबाप्रति राजाको अटल समर्पण र विश्वासको कारण उनले बाबाको आशिर्वादलाई आदेश मानेर स-साना टुक्रामा विभाजित भएका बाइसे चौबिसे राज्य, माझ किराँत, पल्लो किराँत एवं उपत्यकाका तिनै राज्यहरुमा पृथ्वीले पाइला टेक्ने हिम्मत जुटाएको हुन सक्छ।

IMG_7605फलस्वरुप बाबाको कृपाकै कारण वर्तमान अखण्ड नेपालको संरचना तयार गर्ने श्रेय बडामहाराज पृथ्वीनारायण शाहले प्राप्त गरे। तसर्थ यो लेख मार्फत् आम आस्थावान नेपालीहरुसमक्ष सदगुरु गोरखनाथ बाबाको बिषयमा लेखकको स्राेत, क्षमताले भ्याएसम्मको जानकारी प्रस्तुत गर्ने जमर्को गरेको छु।

हामी सबैमा सदगुरु गोरखनाथ बाबाको कृपा सदैव बनिरहोस!! जय हो बाबाको!!! सदगुरु गोरखनाथ बाबाको उत्पति गाथा पौराणिककाल सत्ययुगमा समस्त मानव कल्याण हेतु भगवान शिवले माता पार्वतीलाई योग विद्या समुद्र किनारमा बताइरहनु भएको थियो।यसै क्रममा समुद्रमा रहेको माछाको गर्भको भुराले योग विद्या सुनेर मैले सुनेँ भन्ने आवाज आएको ज्ञात भइ भगवान शिवले मानिस भएस् भनी आशीर्वाद दिनुभयो।यसरी मत्स्य गर्भबाट उत्पति भएको मत्स्येन्द्रनाथलाई योग विद्या प्रशारण गर्न सहयोगका लागि स्वयं भगवान शिव आफू गोरखनाथको अवतार लिएर मत्स्येन्द्रनाथलाई सहयोग पुर्याएको धार्मिक कथन पाइन्छ।

एकपटक योगसिद्ध गुरु मत्स्येन्द्रनाथ भिक्षाटन गर्दै जयश्री नगरमा पुग्नुभयो।त्यहाँ एक उदासीन महिला भिक्षा दान गर्न आइन् । कुरा बुझ्दा तिनले आफू नि:सन्तान भएको कुरा गुरुलाई बताइन् र गुरु मत्स्येन्द्रनाथले “विभूत” निकालेर महिलाको हातमा राख्दै भन्नुभयो “तिमीले ऋतुदान पश्चात् यो विभूत खानु, तिमीलाई तेजस्वी पुत्र प्राप्त हुनेछ।” यति भनेर गुरु आफ्नो बाटो लागे।तर ती महिलाले डराएर त्यो विभुत गोबरको थुप्रोमा गाडिदिइन्। यस घटनाको ठीक बाह्र बर्षमा उनै गुरु मत्स्येन्द्रनाथ पुन जयश्रीनगर फर्किनु भयो र ती महिलाको घर पुगेर-अब त त्यो बालक बाह्र बर्षको भयो मलाई देखाउ भन्नुभयो तर ती महिलाले आफूले विभूत नखाएर गोबरको थुप्रोमा गाडेको बताइन्।

तब गुरु भन्नुहुन्छ “त्यो अभिमन्त्रित बिभूत निष्फल हुनै सक्दैन कहाँ फ्याँक्यौ मलाई देखाउ” तत्पश्चात ती महिला भयभित हुँदै बिभूत गाडेको ठाउँ देखाउछिन्। त्यहाँ मत्स्येन्द्रनाथ गएर अलख जगाउनुभयो।गुरुको आवाज सुन्नासाथ तत्काल बाह्र बर्षे तेजस्वी वालक प्रकट भयो।उनै वालक सदगुरु गोरखनाथ बाबाको नामले प्रसिद्ध हुनुभयो।

गुरु गोरखनाथको आगमनभन्दा पहिले नै नाथ परम्परा विद्यमान थियो। यद्यपि गुरु गोरखनाथले नाथ परम्परालाई प्रथम पटक व्यवस्थित गर्नुभयो। तसर्थ गुरु गोरखनाथ हठयोग तथा नाथ परम्परालाई अगाडि बढाउने चौरासी सिद्ध योगीहरुमा प्रमुख हुनुहुन्छ। सदगुरु गोरखनाथ बाबाको जय!!!

-  http://omkardarpan.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?