Breaking News

सहकारीका प्रावधान र अपाङ्गता भएका व्यक्तिहरुको पहुँच विषयक अन्तरक्रिया सम्पन्न

Feb Tue 2020 05:40:30

409 views

सहकारीका प्रावधान र अपाङ्गता भएका व्यक्तिहरुको पहुँच विषयक अन्तरक्रिया सम्पन्न

  • सरु विश्वकर्मा
नेपाल अपाङ्ग मानव अधिकार केन्दको आयोजना र यूके एड्को सहयोग तथा डि.डि.पि.यूके को साझेदारमा विद्यमान सहकारीका प्रावधान र अपाङ्गता भएका व्यक्तिहरुको पहुँच विषयमा काठमाण्डौंमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । सो अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि श्रोत केन्द्र (रिसेड) तनहुँका अध्यक्ष मदन पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको लागि सहकारी दर्ता गराउनको लागि सहकारी विभाग लगाएतका निकायहरुले सहयोग गर्नु पर्ने बताउदै अपाङ्गता भएका व्यक्तिहरुले निर्माण गरेका समुह, बचत गरेका समुहलाई सहकार्यमा लैजान सकियो भने त्यसले आर्थिक सशक्तिकरणमा ठुलो सहयोग मिल्ने बताउनु भयो । त्यसै गरी नेपाल नेत्रहिन संघका कार्यकारी सल्लाहकार नरबहादुर लिम्बुले अपाङ्गता भएका व्यक्तिहरुद्धारा सञ्चालन गरिएका बचत समुहलाई सहकारीको रुपमा दर्ता गराउन सरोकारवाला निकायले पहल गर्नु पर्ने बताउनु भयो । सो अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड काठमाण्डौंका अध्यक्ष टेकप्रसाद चौलागाईले अपाङ्गता भएका व्यक्तिहरुद्धारा बचत तथा संकलन गरिएको रकमलाई सहकारीको रुपमा दर्ता गराउनको लागि कम्तिमा पनि एक जिल्लालाई भए पनि प्राथामिकता दिनु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुद्धारा सञ्चालन गरेका सहकारीहरुलाई दर्ता गराउनको लागि सहज वातावरण निर्माण गर्नु पर्ने बताउदै नीति गत रुपमा काम गर्नको लागि राष्ट्रिय अपाङ्ग महासंघ सधै तयार रहेको बताउनु भयो । त्यसै गरी डिभिजन सहकारी कार्यलय काठमाण्डौंका प्रमुख नाराणप्रसाद अर्यालले अपाङ्गता भएका व्यक्तिहरुद्धारा सञ्चालन गरिएका सहकारीहरुलाई दर्ता गराउनको लागि अपाङ्गता भएका व्यक्तिहरु, अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरु सक्रिय रुपमा लाग्नु पर्ने र यसको लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले पनि सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी सहकारी विभाग काठमाण्डौंका उपरजिष्टार उपेन्द्रबहादुर ढुङ्गानाले अपाङ्गता भएका व्यक्तिहरुको लागि सहकारी दर्ता गराउन जरुरी रहेको र यसको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । त्यसै गरी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह–सचिव शंकर पाठकले अपाङ्गता भएका व्यक्तिहरुको लागि सहकारी दर्ता गराउन सबैको सल्लाह सुझाब अनुसार काम गर्नु पर्ने र मन्त्रालयले यस विषयमा सक्दो सहयोग गर्ने बताउनु भयो । त्यसै गरी नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेडाईले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै अपाङ्गता भएका व्यक्तिहरुद्धारा सञ्चालित बचत समुहलाई सहकारीको रुपमा दर्ता गर्नको लागि सम्बन्धीत निकायले सक्दो सहयोग गर्न आवश्यक रहेको बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?