Breaking News

पद्मरत्न तुलाधरले भारतीय राजदूत रञ्जित रेले लाई भेटेर यस्तो नाकाबन्दी होइन, पूर्ण नाकाबन्दी लगाउनुपर्छ भनेपछि ....

Feb Wed 2020 02:40:11

816 views

पद्मरत्न तुलाधरले भारतीय राजदूत रञ्जित रेले लाई भेटेर यस्तो नाकाबन्दी होइन, पूर्ण नाकाबन्दी लगाउनुपर्छ भनेपछि ....

नागरिक समाजको अगुवा पद्मरत्न तुलाधरले भारतीय राजदूत रञ्जित रेले लाई भेटेर यस्तो नाकाबन्दी होइन, पूर्ण नाकाबन्दी लगाउनुपर्छ । एउटा समान पनि नेपाल छिर्न दिनु हुँदैन भनेपछि नेपाली राजनीतिमा तरंग

काठमाडौं : आफूलाई नागरिक समाजको अगुवा ठान्ने पूर्ववामपन्थी नेता पद्मरत्न तुलाधरले आफ्नो मुलुकविरुद्ध पूर्ण नाकाबन्दी लगाउन भारतसमक्ष माग राखेका छन्।

भारतीय राजदूत रञ्जित रेले बिहीबार राजधानीमा आयोजाना गरेको  अफ द रेकर्ड अन्तक्रियामा सहभागी  तुलाधरले यस्तो अनुरोध गरेका हुन् । उनले नाकाबन्दीलाई अझ् कडा पार्नुपर्ने र कुनै पनि समान छिर्न दिन नहुने आग्रह भारतसँग समक्ष गरेका छन् ।

कार्यक्रममा सहभागी एक सदस्यका अनुसार उनले स्पष्ट शब्दमा भनेका थिए, ’यस्तो नाकाबन्दी होइन। पूर्ण नाकाबन्दी लगाउनुपर्छ। एउटा समान नेपाल छिर्न दिनु हुँदैन ।’ तुलाधारले आफ्नो मुलुकविरुद्ध पूर्ण नाकाबन्दी लगाउन भारतसँगसमक्ष यसरी याचना गरेपछि कार्यक्रममा सहभागी अन्य नागरिक प्रतिनिधि तथा सदस्यहरु स्तब्ध भएका थिए। नागरिक प्रतिनिधिले यसरी खुलेयाम नाकाबन्दी लगाउन भारतसमक्ष आग्रह गरेको पहिलो घटना हो । पद्मरत्नको यो भनाइ देशद्रोही रहेको टिप्पणी एकजना सहभागीले गरे । उनले यस्तो भनाइ राखेपछि वरिष्ठ चिकित्सक भगवान कोइरालाले आक्रोशित शैलीमा यसको प्रतिवाद गरेका थिए।

- dcnepal.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?