Breaking News

लण्डनमा मोदीबिरुद्ध, नेपालीहरुको अहिलेसम्मकै ठूलो बिरोध प्रदर्शन (फोटोफिचरसहित)

Feb Tue 2020 05:40:27

436 views

लण्डनमा मोदीबिरुद्ध, नेपालीहरुको अहिलेसम्मकै ठूलो बिरोध प्रदर्शन (फोटोफिचरसहित)

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र नेपालमाथि नाकाबन्दी गरेको भन्दै बेलायतमा बस्दै आएका नेपालीहरुले प्रदर्शन गरेका हुन् । नेपालीहरुले बेलायती प्रधानमन्त्रीको कार्यालय नजिकै रिचमण्ड टेरेसमा मोदीविरुद्ध प्रदर्शन गरेका छन् ।प्रदर्शनमा सात सयभन्दा बढी नेपाली सहभागी भएका छन् ।प्रदर्शनमा सहभागीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा तथा प्ले कार्ड बोकेका थिए । लण्डनमा नेपालीहरुको यो अहिलेसम्मकै ठूलो प्रदर्शनमा मानिएको छ ।बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालीहरुले प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी तीन दिने भ्रमणका क्रममा बिहीबार लण्डन पुगेका हुन् ।modi

12243151_10156289194605457_4050020103189152325_n12219341_10205492887502763_8532149407992175352_n

त्यसबाहेक, व्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)ले पनि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेखेर भारतीय प्रधानमन्त्रीसँग नेपालमा गरेको नाकाबन्दीको विषयमा कुरा गर्न भनेका थिए । उनीहरुले भनेका छन्, ‘भारतले नेपालको तराईलाई हिमाल र पहाडबाट अलग गराउन खोजेको छ । नाकाबन्दी गरेर कस्मिर युद्धमा भारतका लागि ज्यान आहुती गरेका नेपालीको अपमान भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?