पर्यटन क्षेत्रको विकासका लागि ५२ वर्षको इतिहास बोकेको पर्यटन वयवसायीको संस्था नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) अहिले २२ औं कार्यसमिति निर्वाचनको अन्तिम चरणमा आइपुगेको छ । भुकम्प र भारतको अघोषित नाकाबन्दीले सुस्ताएको नेपाल पर्यटन व्यवसाय नाट्टाको निर्वाचन माहोलले काठमाडौ र पर्यटकीय ठमेल यतिखेर तातेको छ । पर्यटन व्यवसायीहरु नाट्टाको सक्षम नेतृत्वका लागि नाट्टाको निर्वाचनमा होमिएका छन् । राजनीतिक अस्थीरताले घाँटी थिचेको नेपालको पर्यटन व्यवसायलाई माथि उठाउने आ आफ्नै तर्क गरेर यतिबेला नाट्टामा ३ प्यानल निर्वाचनको मैदानमा उत्रेका छन् । विशुद्ध राजनीतिक क्षेत्रको रुपमा पर्यटन व्यवसायलाई जोड दिदै सहमती गर्ने अन्तिम अवस्थासम्म छलफल र परामर्शमा उत्रिएका वर्तमान नाट्टाका उपाध्यक्ष शम्भुराज पाठकको प्रयास त्यतिबेला निरर्थक रह्यो जतिबेला निर्वाचनको उमेद्वारी फिर्ता लिने अवस्थासम्म नाट्टाका प्रत्यासी २ प्यानलमा बाँडिएका अध्यक्षको उमेद्वारी फिर्ता नभएपछि । त्यसपछि स्वतन्त्र पर्यटन व्यवसायीले आफूलाई नेतृत्वका लागि अगाडी बढाए पाठक बताउछन् । आन्तरिक पर्यटन प्रवद्र्धनकासाथै छिमेकी मुलुक चीन र भारतको पर्यटक नेपाल भित्र्याउने भिजन, सोसल मिडियामार्फत पर्यटनको प्रवद्र्धन विश्वव्यापी गराउने नाट्टाको नीति र साना पर्यटन व्यवसायीलाई पनि सम्टदै समग्र पर्यटन व्यवसायीहरुको भ्वाइस नीति गत तहबाट पुर्याउने एजेण्डा सहित शम्भुराज पाठक १५ जना व्यवसायी टीम स्पीरिटमा अगाडी बढेका छन् ।
आरोप प्रत्यारोप र राजनीतिकबाट पर्यटन व्यवसायीलाई टाढा राख्नुपर्ने सन्देससहित नाट्टाको नेतृत्व सम्हाल्न सक्ने दाबीका लागि शम्भुराज पाठक चुनावी मैदानमा छन् । नीजि पर्यटन व्यवसायीलाई एकत्रित गर्दै आन्तरिक र वाह्य पर्यटन व्यवसाय प्रवद्र्धनको एजेण्डा नै शम्भुराज पाठकको रहेको छ । पर्यटन व्यवसायीको सहयोग साथ रहेको दाबी गर्दै पाठकलले सबै पर्यटन व्यवसायीहरुलाई एकसाथ भएर आफ्नो नेतृत्वलाई नाट्टाको जिम्मेवारी दिए ६ महिनाभित्र पर्यटन व्यवसायीको हित र पर्यटन प्रवद्र्धनको परिणामुखी काम गर्न नसकिने नेतृत्व छोड्ने उद्घोष समेत शम्भुराज पाठकले गरेका छन् ।
राज्यले नीतिगत तवरबाट सम्बोधन गर्न नसकेको पर्यटन क्षेत्रको नीजि व्यवसायिक लगानीको ग्यारेन्टी र सुरक्षाको प्रत्याभुतिका लागि पहल गर्ने २ दशक लामो पर्यटन व्यवसायिक क्षेत्रको अनुभव हासिल गरेका पाठक पर्यटन व्यवसायीक संघ संस्थामा क्रियाशील रहदै आएका छन् । वर्तमान नाट्टा कार्यसमितिमा रहेका भिजनलाई मूर्त रुप दिन आफ्नो समूहलाई विजयी गराउन पाठकले पर्यटन व्यवसायीहरुलाई आव्हान गरेका छन् । स्वतन्त्र व्यवसायीको समूहले नै पर्यटन व्यवसायीको समस्या समाधान र व्यवसाय प्रवद्र्धनको काम गर्छ । त्यसको ज्ञान अनुभव र व्यवसायीको साथ मेरो नेतृत्वको टीमलाई भएकोले हामीमा नाट्टा हाँक्न सक्ने क्षमता भएको दावा गर्न चाहन्छु । बिभिन्न राजनीतिक आस्था बोक्ने पर्यटन व्यवसायी साथीहरु छन् यसको कसैको दुइमत छैन तर यसो भन्दैमा पर्यटन व्यवसायी क्षेत्रमा राजनीतिक चहलखेल हुनुहुदैन भन्ने मान्यता हामीले लिएका छौं र हाम्रो टीमलाई नाट्टाका पूर्व अध्यक्ष पर्यटन क्षेत्रका दिग्गज अग्रजहरुको साथ रहेकोले स्वतन्त्र रुपमा नाट्टाको कार्यशैली अगाडी बढाउनुपर्दछ भन्ने मान्यता हामी छौं । त्यसैले पर्यटन व्यवसायीहरुले राजनीतिक भ्रमलाई चिर्दै व्यवसायिक पर्यटन विकासका लागि स्पष्ट भिजन भएको नेतृत्वलाई साथ दिनुको अर्को विकल्प नभएकोले हाम्रो भिजन र टीम स्पिरिटलाई साथ दिनुहोस् भन्नुहुन्छ नाट्टा अध्यक्षका प्रत्यासी उमेद्वार शम्भुराज पाठक ।

म विजय रिजाल १५ वर्षदेखि एबीसीडी ट्राभल टुरिजम्म क्षेत्रका क्रियाशील छु, म विजय रिजाल ट्रभल इन्टरप्रिनरशीपमा १ दशकदेखि लागि परेको, म विजय रिजाल पर्यटन संघ संस्थामा क्रियाशील रहदै, राज्य र पर्यटन व्यवसायबीच पर्यटन प्रवद्र्धनको लागि स्वयंसेवकको रुपमा लागि परेको, म विजय रिजाल पर्यटन व्यवसायलाई टेक्नोलोजी मैत्री, सोसल मिडिया प्रयोगमा ल्याउने सोचका साथ अगाडी बढेको युवा पुस्ता हुँ ।
नाट्टामा समावेशी टीम स्पीरट आवश्यक छ । सामवेशी टीम स्पिरीटले नै नीजि पर्यटन व्यवसायीको हक अधिकार स्थापित मात्र गर्दैन, समग्र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पुर्याउनेछ, नाट्टाका शम्भुराज पाठक समूहका सह कोषाध्यक्ष विजय रिजालले भने । नाट्टा विशुद्ध पर्यटन व्यवसायीहरुको छाता संस्था भएकोले यसभित्र राजनीतिक प्रवृत्ति हुनुहुदैन भन्ने मान्यताको टीम शम्भुराज पाठकको नेतृत्वमा त्यो पनि समावेशी तवरले बनेको यो भन्दा ठूलो व्यवसायीक उदारता अन्त कता होला ? रिजाल बताउँछन्, हामी स्वतन्त्र छौ , हामी कुनै राजनीतिक क्षेत्रबाट परिचालित छैनौ । व्यवसायीक टीम स्पिरीट हाम्रो समूहमा छ । राजनीतक झुण्डबाट पृथक समूहले नै विकासका लागि भूमिका निर्वाह गर्न सक्छ यो म्यासेज सबै पर्यटन व्यवसायीहरु सामु पुगोस् र निस्कलंक राजनीतिक उद्देश्य बोकेको टीमलाई नाट्टाको नेतृत्व दिन नभुल्नुहोस्, सीमित स्वार्थ र क्षणिक लाभ हेर्दा समग्र पर्यटन व्यवसायको विकास र प्रवद्र्धन गर्न सकिदैन । त्यसैले यसप्रति पर्यटन व्यवसायीहरु गम्भीर भई नाट्टामा सक्षम नेतृत्वको टीमलाई अगाडी ल्याउनु नै पर्यटन विकासको आधार खडा गर्नु हो । फुटेर होइन, जुटेर स्वतन्त्र पर्यटन व्यवसायिक हितका लागि परौ ।

आसन्न नाट्टा निर्वाचनका लागि अध्यक्षका उम्मेद्वार मधुसूदन आचार्य समूहले चुनावी कार्यसमिति टिम तथा प्रतिवद्घता सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त समूहले टिम तथा प्रतिवद्घता सार्वजनिक गरेको हो । कार्यक्रमका बीच उक्त समूहले २४ बुँदे चुनावी प्रतिवद्घता सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार आचार्यले आफूहरुको टिम स्वतन्त्र रहेको बताए । उनले आफूले प्रस्तुत गरेका एजेन्डा कार्यान्वयनका लागि टिम गम्भिर भएर लाग्ने बताए । उक्त समूहले सार्वजनिक गरेको कार्यसमिति टिमको अध्यक्षमा आचार्य स्वयं, प्रथम उपाध्यक्ष सिएन पाण्डे, द्घितीय उपाध्यक्षमा दिपेन्द्रकुमार घिमिरे, महासचिवमा भिमप्रसाद पन्त, सचिव सुधिरकुमार उपाध्याय, कोषाध्यक्षमा चित्रबहादुर गुरुङ, सहकोषाध्यक्षमा सबिता भट्टराई छन् । त्यस्तै सदस्यहरुमा सितल शर्मा पौडेल, विनय बस्नेत, युवराज सुुवेदी, लक्ष्मण लम्साल, वरुण मेहता, हरिभक्त श्रेष्ठ, रामकुमार बाराकोटी र घनश्याम घिमिरे छन् । 
नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को माघ ३ गते हुने निर्वाचनका लागि मिहिका धाख्वा समूहले कार्यसमिति टिम सार्वजनिक गरेको छ ।
काठ्माडौंमा पत्रकार सम्मेलन गरी पर्यटन उद्योग सम्बन्धमा, नाट्टाका सदस्यहरुको सम्बन्धमा र वर्तमान कार्यसमितिद्धारा सुरु गरिएका कार्यहरुको निरन्तरताका लागि विभिन्न चुनावी प्रतिबद्धता सहित धाख्वा समूहले आफ्नो टिम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै धाख्वाले यो निर्वाचनमा अध्यक्ष पदमा आफ्नो दाबीको आधार अहिले नाट्टाको महासचिवमा रहेर गरेको कामले नै देखाएकोे बताउनु भयो ।
साथै पर्यटन क्षेत्रको विकास र यस क्षेत्रमा आवद्व व्यक्तिहरुको हकहितका लागि आफ्नो प्रयास निरन्तर हुने उहाँले जानकारी दिनु भयो ।
यस कार्यसमिति टिममा उक्त समूहले सार्वजनिक गरेको कार्यसमिति टिमको अध्यक्षमा मिहिका धाख्वा, प्रथम उपाध्यक्ष केदारनाथ दवाडी, द्घितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा ठाकुरप्रसाद ढुङ्गाना, सचिव कमला गुरुङ, कोषाध्यक्षमा तिलक थापा मगर, सहकोषाध्यक्षमा फुदोमा शेर्पा हुनुहुन्छ ।
त्यस्तै सदस्यहरुमा सुरेश अंगाई, अमृतकुमार ढकाल, विनोद कार्की, गोविन्द दाहाल, सुरेश केसी, सुरेन्द्र भट्टराई, यज्ञमूर्ति आचार्य र अनिलकुमार थापा हुनुहुन्छ ।
यस्तो छ धाख्वा समुहको टिम हेर्नुस
आशा गरौ नाट्टामा सक्षम नेतृत्व आओस् । जसले पर्यटन व्यवसायीको हित, लगानी, सुरक्षाको लागि राज्यसँग समन्वय गर्दै आन्तरिक र वाह्य पर्यटनका लागि नेपाली सोसल मिडियाको अवधारणालाई लागू गर्न सकोस् । हाम्रो शुभेच्छा । सफल र सक्षम नाट्टाको नयाँ नेतृत्व टीमलाई