Breaking News

आदिवासी जनजाति महिला लक्षित २ दिने महिला उद्यमशीलता तालिम

Feb Tue 2020 05:40:27

418 views

आदिवासी जनजाति महिला लक्षित २ दिने महिला उद्यमशीलता तालिम

सृजनशील प्रवद्र्धन केन्द्र नेपालले २ दिने महिला उद्यमशीलता तालिम सञ्चालन गर्ने भएको छ । जिल्ला विकास समितिको कार्यालय काठमाडौंको सहयोगमा, काठमाडौं जिल्ला तारकेश्वर नगरपालिकाभित्रका आदिवासी जनजाति महिलाहरुका लागि २ दिने उद्यमशीलता तालिम उल्लेखित मिति र स्थानमा सञ्चालन हुने जानकारी संस्थाले गराएको छ । २० जना महिलाहरुले तालिम पश्चात घरेलु कृषि व्यवसाय कसरी गर्ने र बजार व्यवस्थापनबारेको ज्ञान समेत पाउने कार्यक्रम संयोजक साधना बस्नेतले बताएकी छिन् ।

आदिवासी जनजाति महिला लक्षित कार्यक्रम क्षेत्र

कार्यक्रमको नाम : उद्यमशीलता तालिम अवधि  : २ दिन सञ्चालित स्थान : होटल रोज भिल्ला, नगरकोट मिति  :  २०७३ जेष्ठ १८ र १९ गते सहभागी संख्या :  २० जना

df संस्थाले महिला उद्यमशीलता कौसी तरकारी खेती, महिला ससक्तीकरण, लैगिंक हिंसा, आधारभुत महिला यौन तथा प्रजनन स्वास्थ्य तालिम, लागू औषध बिरुद्धको चेतनामुलक बिद्यालयस्तरीय कार्यक्रम लगायतका सामाजिक कामहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?