Breaking News

होली खेल्नुअघि जान्नैपर्ने कुरा, रंगले हुनसक्छ छालाको क्यान्सर

Feb Tue 2020 05:40:40

638 views

होली खेल्नुअघि जान्नैपर्ने कुरा, रंगले हुनसक्छ छालाको क्यान्सर
होली, अर्थात रंगहरुको उत्सव । यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ । खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । विभिन्न रंगले एकअर्कालाई रङ्याएर यो पर्व मनाइन्छ । प्रकृतिसँग एकाकार हुनुपर्छ भन्ने सन्देश होली पर्वले बोकेको छ । रंगीन प्रकृतिको पृष्ठभूमीमा हामीले पनि सप्तरंगी जीवन बिताउनुपर्छ । सूर्यको किरण नै रंगको मूल स्रोत भएको वैज्ञानिक तथ्य छ । सूर्यको ज्योतिमा विभिन्न सात रंग प्रकट हुन्छन्- वैजनी, आकासे, निलो, हरियो, पहेंलो, रातो र सुन्तले । त्यसो त सूर्यको किरणमा सात रंग हुन्छन् भन्ने कुरा विज्ञानले होइन ऋषि-मुनीहरुले पनि परापूर्वकालदेखि मान्दै आएका छन् । सूर्यको यही सप्तरंगी किरणको शक्तिलाई बुझेर नै उनीहरुले सूर्य चिकित्सापद्धति विकास गरेका थिए । जीवन श्यामश्वेत हुनुहुँदैन, प्रकृति जस्तै रंगीन हुनुपर्छ भन्ने अर्थ पनि छ । यस हिसाबले होलीको आफ्नै विशिष्ट महत्व छ । तर, यसलाई बुझेर मनाउनुपर्छ । होली आफन्त, साथीभाइमाझ खेल्ने हो । नचिनेका व्यक्तिलाई लोला छ्याप्नु आफैमा मुर्खता हो, अपराध हो ।
प्रकृतिसँग एकाकार हुनुपर्छ भन्ने सन्देश होली पर्वले बोकेको छ । रंगीन प्रकृतिको पृष्ठभूमीमा हामीले पनि सप्तरंगी जीवन बिताउनुपर्छ ।
हामीकहाँ के चलन छ भने, अरुलाई लोला छ्यापेर आफू रमाउने । अरुलाई पिचकारीले भिजाएर आफू हाँस्ने । यो विकृति हो । होलीको महत्व र अर्थ नजानेकाहरुले गर्ने कृत्य हुन् यी । वास्तवमा होली रंगहरुले खेल्नुपर्छ । रंग पनि प्राकृतिक हुनुपर्छ । यस्ता रंगले शरीरलाई नराम्रो असर गर्ने होइन, बरु राम्रो गर्छ । बजारमा पाइने कतिपय रंगहरुमा रसायन मिसाइएको हुन्छ जसले शरीरमा क्यान्सरसमेत गराउँछ । त्यसैले होली खेल्न प्राकृतिक रंगको व्यवस्था गर्नु उत्तम हुन्छ । होलीका लागि प्राकृतिक रंग १. रातो चन्दनको लेप- यसलाई अबिर जस्तै बनाएर प्रयोग गर्न सकिन्छ । साथै चन्दनको लेपले छालामा राम्रो प्रभाव पार्छ । दुई चम्चा चन्दनको लेपलाई पाँच लिटर पानीमा उमाल्नुपर्छ । अतः यसलाई थप २० लिटर पानीमा मिसाएर रंग बनाउन सकिन्छ । २. आधा कप पानीमा दुई चम्चा बेसार राखेर थोरै चुना मिसाउनुपर्छ । त्यसमा एक लिटर पानी हालेर घोलौं । उक्त रंगीन पानी पनि होलीका लागि उपयोगी हुन्छ । ३. सम्भव भए टमाटर र गाजरको रसमा पानी मिसाएर रंग तयार गर्न सकिन्छ । ४. धनियाँ र पुदिनाको पेस्टलाई पानीमा मिसाएर पनि रंग वनाउन सकिन्छ । साथै अबिरले पनि होली खेलिन्छ । सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खास हानी गर्दैन । सुख्खा अबिर शरीरबाट सजिलै हटाउन पनि सकिन्छ । अतः यहाँ होली खेल्नेबारे केही जानकारी दिइएको छ । होलीका लागि आवश्यक सामग्री के होला त ? यसका लागि सकेसम्म प्राकृतिक रंगको व्यवस्था गरौं, फूल, पात आदिको रसबाट । चन्दन, बेसार आदिको पनि प्रयोग गर्न सकिन्छ । खेल्नुअघि सफा पानीको व्यवस्था गरौं । रंगको असरबाट छालालाई जोगाउनका लागि आवश्यक क्रिम जोहो गरौं । केसमा लगाउने क्रिम एवं तेल, होली खेलिसकेपछि रंग हटाउन प्रयोग गरिने केमिकल, साबुन आदिको व्यवस्था गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?