Breaking News

७ दिने निःशुल्क अनलाइन पत्रकारीता तालिम मच्छेगाउँस्थित नवजीवन उपचार केन्द्रमा सम्पन्न

Feb Tue 2020 05:40:11

504 views

७ दिने निःशुल्क अनलाइन पत्रकारीता तालिम मच्छेगाउँस्थित नवजीवन उपचार केन्द्रमा  सम्पन्न

लक्षित वर्गका लागि समय सान्र्दभिक अनलाइन पत्रकारीता तालिम सञ्चालन भएकोमा कार्यक्रमको प्रशंसाा

  • साधना बस्नेत, कीर्तिपुर काठमाडौं
समापन समारोहमा पत्रकारीता क्षेत्रमा आफ्नो पूरा जीवन खर्च गर्दै अहिले पनि युवाको जोश जाँगर सरह पत्रकारीता एवं सामाजिक अभियानमा लाग्दै आउनुभएका पत्रकार रामकृष्ण कर्माचार्यको ब्लग शीर्षक ५ दशकदेखि पत्रकार रामकृष्ण कर्माचार्यको पत्रकारीता दैनिकीमा क्लीक गरी यो कार्यक्रम सामाजिक अभियानको रुपमा शुरु भएको भनी उद्घाटन सत्रका प्रमुख अतिथि सूचना प्रविधि बिभागका महानिर्देशक बीरेन्द्र कुमार मिश्रले गर्नुभयो ।
 
" समापन ७ दिने अनलाइन पत्रकारीता तालिम लक्षित वर्गका लागि समय सान्र्दभिक पत्रकारीता तालिम सञ्चालन भएकोमा कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र अतिथिहरुले कार्यक्रम समापन नभई सञ्चालनको शुरुवातको सामाजिक अभियान घोषणा गरेपछि कार्यक्रमको सफलता र प्रभावकारीता चुलियो । उपस्थित समाजसेवी व्यक्तिहरु र तालिममा सहभागीहरुले कार्यक्रमको दिगोपनाका लागि स्रोत र साधनको व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गरे ।"
कार्यक्रमका प्रमुख अतिथि तथा सूचना प्रविधि बिभागका महानिर्देशक बीरेन्द्र कुमार मिश्रले युवाहरुलाई सूचना प्रविधिमा प्रोत्साहित गर्नु अहिलेको नेपाल सरकारको नीति र कार्यक्रमभित्र नै रहेको बताउदै यस्ता सामाजिक कार्यक्रमले युवाहरुलाई प्रविधिमा इनोभेटिभ हुन प्रेरित गर्ने भएकोले सामाजिकस्तरका यस्ता कार्यक्रमहरुलाई बढी भन्दा बढी सञ्चालनमा ल्याउनुपर्नेमा आफू सकारात्मक रहेको उद्घोष गर्नुभयो । ====================================================================== आइसिटी पत्रकार विकास मञ्चको आयोजनामा सञ्चालित ७ दिने निःशुल्क अनलाइन पत्रकारीता तालिम सम्पन्न भएको छ । पूर्व लागू औषध प्रयोगकर्ता युवा लक्षित कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजार काठमाडौंको सहयोगमा सञ्चालन भएको हो ।
कीर्तिपुर मच्छेगाउँ वडा नं ८ नवजीवन लागू पदार्थ रोकथाम सहयोग तथा उपचार केन्द्रका २० जना पूर्व लागू औषध प्रयोगकर्ताहरुले अनलाइन पत्रकारीता तालिमबाट ब्लग सञ्चालन र लेखन तथा फेसबुक पेज सञ्चालन बारेको आधारभुत ज्ञान लिएका छन् ।  १६ देखि ४० वर्षभित्रका युवालक्षित यो कार्यक्रमको समय सान्र्दभिक रहेको भन्दै समापन समारोहका वक्ताहरुले प्रशंसा समेत गर्नुभयो ।
समापन कार्यक्रमका सभापति आइसिटी पत्रकार विकास मञ्चका संस्थापक भरतराज उप्रेती, प्रमुख अतिथि सूचना प्रविधि बिभागका महानिर्देशक बीरेन्द्र कुमार मिश्र, बिशिष्ट अतिथिहरु बोर्ण बहादुर कार्की अध्यक्ष प्रेस काउन्सिल नेपाल, होमनाथ थपलिया, सहायक प्रमुख जिल्ला अधिकारी ललितपुर, खड्ग बहादुर श्रेष्ठ, कार्यक्रम अधिकृत लागू औषध नियन्त्रण कार्यक्रम, अतिथिहरु रामकृष्ण कर्माचार्य, अध्यक्ष राष्टिय प्रेस क्ल्व अफ नेपाल, राजेश अधिकारी युथ लिडर, प्रेम कैदी वरिष्ठ पत्रकार, धार्मिक अभिन्यता स्वामी शिव आनन्द, नवजीवन उपचार केन्द्रका सञ्चालक रविन कार्की, स्थानीय समाजसेवी आर के सैजु र बासु दाहाल लगायत सामजसेवी व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका अतिथि तथा वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यले स्वतन्त्र र स्वच्छन्द पत्रकारीताको विकासको खाँचो रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारीता गर्नका लागि सतही मात्र नभएर भित्री ज्ञान र खोजको आवश्यकता रहेको बताउनुभयो ।  कुनै एक राजनैतिक, धार्मिक र व्यक्तिको पक्षमा नभई निष्पक्ष र सही सूचनाको जानकारी आम नागरिकमा गराउनु नै सच्चा पत्रकारीताको मर्म र धर्म भएको कर्माचार्यले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले आयोजित कार्यक्रमले लक्षित समुदायलाई सहभागी गराएकोमा खुशी व्यक्त गर्नुभयो । पत्रकारीतालाई सत्य निष्पक्ष र तथ्यपरक बनाउन ज्ञानको आवश्यकता भएको उल्लेख गर्दै नेपालमा बढ्दो अनलाइन पत्रकारीताको अवस्थालाई आइसिटी पत्रकार मञ्चको यो तालिम सामाजिक स्तरको महत्वपूर्ण अभियान भएकोले पत्रकार सम्बन्धी संघ संस्था र अगुवाहरुले यस्तै कार्यक्रमलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
हामी सूचनाको हकमा अधिकार खोज्दै गर्दा हामीले गरेका व्यवहार र कामबाट अरुको सूचनाको हकको मर्यादा र ख्याल गर्दै व्यवसायिक अनलाइन पत्रकारीताको लागि काउन्सिल र आफू स्वयं यसप्रति जिम्मेवार रहने प्रतिबद्धता पनि अध्यक्ष कार्कीले गर्नुभयो । पत्रकार सृजनशील हुनुपर्दछ र सृजनशील पत्रकारीतालाई काउन्सिले उच्च सम्मान गर्ने पनि कार्कीले बताउनुभयो
कार्यक्रमका विशिष्ट अतिथि तथा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले समाजमा कुनै समय बाटो बिराएकाहरुलाई पुन सामाजिक अवसर र सम्मानका लागि नवजीवन केन्द्रको सहयोग र आइसिटी पत्रकार विकास मञ्चको यो कार्यक्रम विशिष्ट सामाजिक श्रेणीको कार्य भन्दै खुलेर प्रशंसाा गर्नेभयो । 
हामी लागू पदार्थ प्रयोगकर्ताहरुलाई समाजमा अपहेलना गर्दछौं तर उनीहरु के कारणले त्यो बाटोमा फस्न पुगे त्यसको खोज अनुसन्धान गर्दनौ र उनीहरुलाई समाजमा पुर्नस्थापनाका लागि जिम्मेवारी हुदैनौं, खाली भाषण र गालीमा समय खर्च गर्दछौं । त्यसले सामाजिक सद्भाव र विकास कहाँबाट सृजना गराउँछ, त्यसैले हामी अलिकति मात्र जिम्मेवार हुने हो भने सामाजिक रुपान्तरणका अनलाइन पत्रकारीता तालिमजस्तै ज्ञानका कार्यक्रमहरु मार्फत युवाहरुलाई समाज र देशका लागि जिम्मेवार बनाउन आजैदेखि एक भएर लाग्नुपर्नेमा थपलियाले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार प्रेम कैदीले सूचनाको जानकारी माओ, लेनिन जस्ता ठूला ठूला नेताहरुले पत्रिकामार्फत गरेको प्रसंग उल्लेख गर्दै पत्रकारीताको स्तरलाई बढाउन र व्यवसायिक बनाउन ज्ञान र खोज अनुसन्धानको महत्वपूर्ण भूमिका भएकोले हावाको भरमा पत्रकार बन्छु र पत्रकारीता पेशा बनाउनु भन्ने भ्रम त्याग्नुपर्ने बताउनुभयो ।

निष्पक्ष सत्य र तथ्यपरका सूचना र समाचार सम्प्रेषित गर्न सम्बन्धित विषयवस्तुप्रतिको गहन अध्यनय र ज्ञान आवश्यक छ, कुरोको चुरो नबुझी समाचार लेख्ने र पत्रकारीता पेशा बनाउने अर्थात पीत पत्रकारीताको काम अहिले अनलाइन पत्रकारीतामार्फत हुने गरेकोप्रति कैदीले दुःख व्यक्त गर्दै यसतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।  राज्यको चौथो अंगको रुपमा परिभाषित पत्रकार र पत्रकार पेशा कुनै दल र व्यवसायिकको लागि प्रयोग हुदा यसप्रति न त पत्रकार, न त सरकार अनि पत्रकारका अगुवा संघ संस्था नै जिम्मेवार बन्न सकेका छन् । यसतर्फ बेलैमा सबै सचेत हुन जरुरी छ, कैदीले भने ।

आइसिटी पत्रकार मञ्चको अनलाइन पत्रकारीता तालिम सामाजिक अभियानको पहिलो आधारको रुपमा मनन गर्दै यसबाट सिकेका महत्वपूर्ण ज्ञानलाई सामाजिक सञ्जालमार्फत प्रयोग गर्न सकुन् भन्ने शुभेच्छा समेत पत्रकार प्रेम कैदीले व्यक्त गर्नुभयो । कार्यक्रमका अतिथि तथा युथ लिडरको रुपमा परिचित राजेश अधिकारीले कार्यक्रमलाई सामाजिक स्तरको विशिष्ट श्रेणी प्रदान गर्दै युवा वर्ग त्यो पनि सामाजिक पुर्नस्थापना खोजिरहेका पूर्व लागू औषध प्रयोगकर्ताका लागि सञ्चालन गरिएको कार्यक्रमले अनलाइन पत्रकारीताको आधारभुत ज्ञान दिन सफल भएको बताउनुभयो ।
७ दिने कार्यक्रम आफैमा पूर्ण होइन तर अनलाइन पत्रकारीता अर्थात ब्लग सञ्चालन लेखन र सामाजिक सञ्जालको प्रयोग सामाजिक रुपान्तरण एवं देश विकासका लागि कसरी अगाडी बढाउन सकिन्छ भन्ने महत्वपूर्ण जानकारी दिने एक साक्षत्कार कार्यक्रमको रुपमा रहेको मनन गर्नुपर्नेमा अधिकारीले जोड दिनुभयो ।  
कार्यक्रमको समापन सत्रलाई अनलाइन पत्रकारीताको शुरुवात भन्दै अधिकारीले यो कार्यक्रमको दिगोपनाको लागि सरोकारवाला निकायहरुले स्रोत र साधनको व्यवस्था गर्न सके आइसिटी पत्रकार विकास मञ्चको यो कार्यक्रमले पूर्ण सार्थकता पाउनेमा आफू आशावादी रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा सूचना प्रविधि बिभागका महानिर्देशक बीरेन्द्र कुमार मिश्रले युवाहरुलाई सूचना प्रविधिमा प्रोत्साहित गर्नु अहिलेको नेपाल सरकारको नीति र कार्यक्रमभित्र नै रहेको बताउदै यस्ता सामाजिक कार्यक्रमले युवाहरुलाई प्रविधिमा इनोभेटिभ हुन प्रेरित गर्ने भएकोले सामाजिकस्तरका यस्ता कार्यक्रमहरुलाई बढी भन्दा बढी सञ्चालनमा ल्याउनुपर्नेमा आफू सकारात्मक रहेको उद्घोष गर्नुभयो । युवा प्रविधिमैत्री कार्यक्रममार्फत युवाहरुलाई सूचना प्रविधिमा अवसर पनि दिनुपर्दछ त्यसका लागि भिजनसहितको कार्यक्रम अगाडी ल्याए आफ्नो निकायबाट सहयोग हुने प्रतिबद्धता महानिर्देशक तथा प्रमुख अतिथि मिश्रले व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै लागू औषध नियन्त्रण कार्यक्रमका कार्यक्रम अधिकृत खड्ग बहादुर श्रेष्ठले यो कार्यक्रमको बारे शुरुमा आफूले पनि त्यति नबुझेको तर समापन कार्यक्रमसम्म आइपुग्दा कार्यक्रम तर सकिएको होइन रहेछ बल्ल शुरुवातको अवस्थामा रहेकोले यो तालिमको उपलब्धि भनेको नै अनलाइन पत्रकारीताको आधारभुत ज्ञान लागू पदार्थ पूर्व प्रयोगकर्ताहरुले जान्ने पाउने सुवर्ण अवसरको महत्वपूर्ण कार्यक्रम रहेको महशुश गरेको बताउनुभयो ।
सरकारी कार्यक्रमका आफ्नै नीति नियम र निर्देशिका हुने भएकोले कतिपय अवस्थामा चाहेर पनि लक्षित वर्गका लागि कार्यक्रम सञ्चालन गर्न नसकिने अवस्थाको उल्लेख गर्दै यो कार्यक्रम सञ्चालनका लागि कार्यक्रमका बारेमा सबैले प्रस्तावना अनुसार बुझ्न सकेका थिएनन् । आधारभुत अनलाइन पत्रकारीताको ज्ञान पत्रकारीता पेशा भन्दा पनि सामाजिक सञ्जालको प्रयोग कसरी सूचनामुलक बनाउनेतर्फ केन्द्रित रहेकोले सिकेका कुरा प्लेटफर्मको रुपमा विकास गराउन आइसिटी पत्रकार विकास मञ्चले नवजीवन लागूपदार्थ उपचार केन्द्रका पूर्व लागू औषध प्रयोगकर्ताहरुलाई थप अवसर दिने काम गर्नुपर्नेमा कार्यक्रम अधिकृत श्रेष्ठले जोड दिनुभयो । यसका लागि सम्बन्धित र सराोकारवा निकायले सहयोग आवश्यक छ श्रेष्ठले भन्नुभयो ।
अनलाइन पत्रकारीता तालिमको समापन गर्दै आइसिटी पत्रकार मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले यसैगरी सबैको सहयोग साथ र शुभेच्छा रहे हजारौ युवाहरुलाई आत्मनिर्भर हुने कार्यक्रम योजना सञ्चालनको तयारी संस्थाले गरिरहेको बताउनुभयो । सिकेका ज्ञान र अनुभवलाई प्रयोगका लागि स्पेस अर्थात दिगोपनाको आवाज उठिरहेको बेला नेपालमै पहिलो सामाजिक सञ्जाल नागरिक पोष्ट डट कम सञ्चालन गर्दै समाज रुपान्तरण र देश विकासमा युवाहरुलाई सूचना प्रविधिको उच्चतम प्रयोग गर्न सिकाउने लक्ष्य र उद्देश्य रहेको पनि भरतराज उप्रेतीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?