Breaking News

८ रेक्टरको भूकम्पलाई ४ रेक्टरमा झार्ने प्रबिधिको विश्वमै पहिलो पटक नेपालमा प्रयोग

Feb Tue 2020 05:40:32

315 views

८ रेक्टरको भूकम्पलाई ४ रेक्टरमा झार्ने प्रबिधिको विश्वमै पहिलो पटक नेपालमा प्रयोग

जनचेतनाका लागि सक्दो शेयर गरौं

भू्कम्प आउँदा पि वेभ, एस वेभ र सरफेस (बाहिरी सतह) वेभमा आउँछ । पि र एस वेभ भूकम्पका वडी वेभ हुन यी धेरै तलदेखि आउँछन् । तर हामीलाई हानी गर्ने सरफेस वेभ हो । यो सतही अर्थात माथि आउने र विनाश गर्ने खालको हुन्छ ।

अहिलेसम्म भूकम्पका कारण जतिपनि विनाश भएका छन् ती सबै सरफेस वेभले गर्दा विनाश भएका हुन् । यसरी आउने भूकम्पको सतही शक्तीलाई ढुङ्गाले कम गराउने तत्थ्य पुष्टि भएको हो । Report काठमाडौं | भूकम्पलाई कम गराउने प्रविधिको नेपालमा सफल प्रयोग भएको छ । यो प्रविधिले भूकम्पलाई आधा कम गराउँछ । अर्थात ८ रेक्टर स्केलको भूकम्लपाई यो प्रविधिले ४ रेक्टरमा झारिदिन्छ ।

ब्यबहारिक रुपमै यो प्रविधि केहिदिनमा प्रयोगमा आउने भएको छ । यो प्रविधि प्रयोग गर्नेमा नेपाल विश्वमै पहिलो राष्ट्र हुनेछ । अहिलेसम्म यो प्रविधिको अरु मुलुकमा परीक्षण भएको छैन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान नास्टका वैज्ञानिकले यो प्रविधिको सफल परीक्षण गरिसकेका छन् । यो प्रविधिलाई वैज्ञानिकले भूकम्प सुस्तकारी प्रविधिको नाम दिएका छन् । नास्टले यो प्रविधिलाई भूकम्पलाई कम गर्ने घरेलु प्रविधि मानेको छ ।

इसा पूर्व ५५० मा पर्सियाका राजा साइरसको ज्यान गएको थियो । साइरसको सम्झानामा पर्सियामा समाधिस्थल बनाइएको छ । समाधिस्थल ढुङगाले बनाइएको छ । ठूला भूकम्प जाँदा वरपरका अरु घरहरु लडेपनि समाधिस्थलमा भने कुनै क्षति भएको थिएन ।

त्यस्तै पोर्चुगलमा केही गिर्जाघरहरु छन् । तीमध्ये केही ढुङ्गाबाट बनेका छन् । वरपरका अन्य घर भूकम्पका कारण भत्केपनि गिर्जाघरमा क्षति भएनन् । यसरी के प्रमाण भयो भने ढुङ्गा बढी प्रयोग गरेका घरहरु भूकम्पबाट कम जोखिमयुक्त हुन्छन् ।

यसरी घटाउन सकिन्छ भूकम्पको धक्का माथिका बिभिन्न तथ्यहरुको आधारमा नास्टले नेपालमा यसको सफल परीक्षण गरेको छ । नास्टको गेटबाट छिर्ने वित्तिकै पूर्वपट्टिको कुनामा एक रोपनी जग्गालाई ६ फिट गहिरो र चार फिटको चौडाईमा खाल्डो खनेर उक्त खाल्टोमा सेतो प्लास्टिक ओछ्याई त्यसमा नमिलाईकन ढुंगा भरिएको छ ।

प्लाष्टिक विच्छ्याउनुको कारण उक्त ढुंगामा माटो नपरोस् । यसो गरेपछि भूकम्प आउँदा ती ढुङ्गाहरु हल्लिन्छन् । र भूकम्पको आधा शक्ति त्यही नष्ट हुन्छ । जसका कारण ढुङ्गाको घेराभित्र पस्दा भूकम्पको धक्का आधा घट्छ । यो प्रमाणित कुरा भएको नास्टले जनाएको छ ।

प्रमाणका लागि नास्टले ढुङ्गाले घेरिएको ठाउँ र ढुंगाभन्दा बाहिर छुट्टा-छुट्टै ड्रममा भूकम्प नाप्ने यन्त्र सिस्मोमिटर जडान गरेको छ । बैशाख १२ पछि आएका भूकम्पका धक्का ढुङ्गा बाहिर ६ रेक्टरको देखाउँदा ढुंगाभित्र ३ रेक्टरको मात्र रहेको नास्टले बताएको छ ।

भू्कम्प आउँदा पि वेभ, एस वेभ र सरफेस (बाहिरी सतह) वेभमा आउँछ । पि र एस वेभ भूकम्पका वडी वेभ हुन यी धेरै तलदेखि आउँछन् । तर हामीलाई हानी गर्ने सरफेस वेभ हो । यो सतही अर्थात माथि आउने र विनाश गर्ने खालको हुन्छ ।

अहिलेसम्म भूकम्पका कारण जतिपनि विनाश भएका छन् ती सबै सरफेस वेभले गर्दा विनाश भएका हुन् । यसरी आउने भूकम्पको सतही शक्तीलाई ढुङ्गाले कम गराउने तत्थ्य पुष्टि भएको हो ।

यसै आधारमा नास्टले पनि इसिमोडसँग मिलेर केही गाउँ नै पुरै ढुंगाले घेर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय साइन्टिस्ट जर्नलमा यो विधिका बारेमा प्रतिवेदन निकालिसकेपछि औपचारिक कार्यक्रम गरि गाउँ घेर्ने तयारी नास्टको छ । – नारायण अधिकारी (उज्यालो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?