Breaking News

ट्वीटरमा ‘आइएम विथ केपी ओली’ ट्वीट ट्रेन्ड : फेसबुकमा नेपाली फर नेपाल नाममा भिडियो

Feb Tue 2020 05:40:30

594 views

ट्वीटरमा ‘आइएम विथ केपी ओली’ ट्वीट ट्रेन्ड : फेसबुकमा नेपाली फर नेपाल नाममा भिडियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको समर्थनमा सामाजिक सञ्जालहरुमा स्वतस्फूर्त अभियान सुरु भएको छ । ओली समर्थक सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले #IamWithKpOli लाई फेसबुक-ट्वीटरमा ट्रेन्डिङ गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुलाई खिसिट्यूरी गर्ने क्रमसँगै बचाउको क्रम पनि सुरु भएको हो । फेसबुकमा ओलीले देखेको ‘सपना’ लाई समर्थन गर्दै पछिल्ला दिनमा थुप्रैले स्टाटस पोस्ट गरिरहेका छन् ।

अर्को सामाजिक सञ्जाल ट्वीटरमा ‘आइएम विथ केपी ओली’ ह्यास ट्याग नेपालको ट्रेन्डिङ लिस्टमा पहिलो नम्बरमा छ । अहिलेसम्म ३ हजारभन्दा बढीले ट्वीटरमा यो ह्यास ट्याग प्रयोग गरिसकेका छन् ।

यूट्युबमा पनि ओलीको समर्थनमा भिडियोहरु पोस्ट हुन थालेका छन् । पल्स मेलोडी नामबाट यूट्युबमा अपलोड भएको एउटा भिडियोमा ओलीका सपनालाई इलेक्टि्रक बल्बका आविष्कारक थोमस अल्बा एडिसनले देखेका सपनासँग तुलना गरिएको छ ।

‘सपना नदेखिँदा हुन् त सायदै विपना यति रंगीन हुन्थ्यो, तपाईंका सपना पनि विपना रंग्याउने खालका छन्,’ उक्त भिडियोमा भनिएको छ, ‘तपाईंको सपना पूरा भएको दिन मानिसले डीभीमा भन्दा ‘सीभी’ विश्वास गर्नेछ ।’

पछिल्लो समय फेसबुक ट्वीटरमा आईएमवीथकेप ओली अभियान सुरु भएको छ । ओलीको देशलाई समृद्ध बनाउने सपनालाई साथ दिन आफुहरु तयार रहेको भन्दै धेरैले ओलीलाई समर्थन गरेका छन् । एक युवककले फेसबुकमा लेखेको उक्त स्टाटस फेसबुकमा निकै शेयर भइरहेको छ– Electric Bulb का आविष्कारक महान वैज्ञानिक Thomas Alva Edison लाई कुनैबेला उनका शिक्षकले ‘Too Stupid To Learn Anything’ भन्दै कक्षाबाट निकालेका थिए रे…दुईपटक सम्म जागिरबाट “Too Unproductive..” भन्दै फायर गरिएका उनको Stupidity र Productivity ले अन्ततः रातमा पनि संसारलाई झलमल्ल बनाईदियो । सायद उनले आकाशको सुर्य अनि धर्तिको जुनकीरीबाट सिके अनि त्यो सम्भव देखे । आज America ले प्रत्येक बर्ष केही पल बत्ती निभाउदै उनलाई सम्झिन्छ रे ! कल्पनामा रम्न खोज्ने मानवीय स्वभाव हो अनि त्यसलाई यथार्थमा बदल्ने मानवीय खुबी । सपना नदेखिंदा हुन् त सायदै यो विपना यति रंगिन हुन्थ्यो । ओलि काका तपाईका सपना पनि विपनालाई रङ्ग्याउने खालका छन् । एकदिन यो घुमाउरो भुमिमा लामा-छोटा Rail दौडिनेछन् । 10000 megawatt विद्युत हाम्रै नदिबाट उद्पादन हुनेछ ! अनी फेरी त्यो बिजुली बेची अझै 40000 megawatt बिजुली निकाल्नुपर्छ ! त्यो पैसाले Bullet Train कुदाउँला अनी आज तपाईलाई उडाउनेहरु 300Km/hr speed को Train चढी तपाईलाई भोट हाल्न आउनेछन् । चितवन र झापाको बालुवा चालेर सुनको भाउमा बेच्नुपर्छ । हाम्रै चुरे Range मा Petroleum र Natural Gas छ,त्यो निकाल्नुपर्छ अनी महाभारत Range को Metallic Minerals (Iron, Nickel, Cobalt) पनी उत्खनन गर्नुपर्छ ।Train हुँदै Minerals हरु आफ्नै पानीजहाजमा राखी तेस्रो मुलुकमा लगी बेचौंला । 6 बर्षदेखी QATAR को तातो बालुवामा पहेलो टोपी लगाई फलामको Rod बोकीरहेको दैलेखको श्यामे आमाले पकाएको गुन्द्रुक खाई ढाका टोपिमा सजिएर आफ्नै माटोमा IRON खन्नेछ । रामे Train को Driver हुनेछ अनी बिर्खे पानीजहाजको CAPTAIN ! त्यो दिन नेपालीले DV मा भन्दा बढी CV मा विश्वास गर्नेछन् अनी बुद्धको देशले सगरमाथाको उचाई चुम्नेछ । टाढा होला तर असम्भव छैन । तपाईको सपनालाई नउडाउने म छु, उ छ, हामी छौं…..त्यसैले अघी बड्नुस ओली काका ! #IamWithKpOli

दृष्टि न्युज

फेसबुकमा नेपाली फर नेपाल नाममा भिडियो लोकप्रिय बनिरहेको छ । करिब डेढ लाखले हेरिसकेको यो भिडियोमा ओलीलाई यसरी प्रशंसा गरिएको छः

‘यो देशका प्रधानमन्त्रीले एउटा सपना योजना फ्याँक्छन्, विपक्षीहरु १५ दिनसम्म घाइते हुन्छन् र सम्पूर्ण शक्ति लगाएर उफ्रिन्छन् । यसैगरी टिकेको छ कांग्रेसलगायत प्रतिपक्षीको राजनीति । भारतनिर्भर अर्थराजनीतिलाई स्वतन्त्र बनाउने कुरा सुन्दा बेहोश हुन्छन् ती, एउटा गरिब ठूलो रकम चिठ्ठा जित्दा बेहोस भएझैं ।’

‘राजनीतिदेखि राजनीतिसम्म र आन्दोलनदेखि आन्दोलनसम्म फनफनी घुमिरहेको देशलाई सपनै सही कमसेकम विकासको छलफलमा त ल्याएका छन् प्रधानमन्त्रीले । पहिचान, पहिचान, पहिचानको थोत्रा कर्कस स्वरहरुबाट योजनाको बहसमा आएको छ देश । किन बुझ पचाउँछन् साथीहरु ? समुद्री सतहबाट एक हजार माइल टाढा संसारको सबैभन्दा ठूलो भूपरिवेष्ठित देश मंगोलियाका २६० वटा पानीजहाज समुद्रमा गुड्छन् । नेपाल भुपरिवेष्ठित राज्य भएकै आधारमा हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानीजहाज चलाउने कुरा हास्यास्पद हो ? ओलीले मरेको मानिसलाई ज्यूँदो बनाउँछु भनेका त होइनन् नि । कम्तिमा प्रगतिशील सोच राख्ने प्रधानमन्त्री पाएका छौं । कुनै नेताले देश विकासको सपना देख्दैन र कल्पना नै गर्दैन भने विकास के गर्छ ?’

‘ओलीले जस्तासुकै गम्भीर विषय रमाइला पारामा, गाउँघरमा सामान्य नागरिकले समेत बुझ्ने भाषामा प्रस्तुत गरिदिँदा उनीहरुलाई भाउन्न हुन्छ । उनका प्रत्येक कुरालाई उखानटुक्का भनेर उडाउनेहरु दिमागमा कुनै सपना नभएका समाजका बोझ मात्र हुन् । कुनै पनि योजना चाउचाउ जस्तो हुँदैन, पानीमा हाल्यो र खायो । सपना पनि त्यही हो ।’

‘राइट ब्रदर्शले आकाशमा चराजस्तै उड्ने जहाज बनाउँछु भन्दा दुनियाले पागल भने । मार्कोनीले रेडियोको सपना नदेखेको भए आज संसार यति सानो बन्थ्यो होला । जुकरबर्गका साथीहरुले नपत्याएको हावा सपना हो फेसबुक । सपना देखौं र त्यसलाई पछ्याउन सिकौं । निदाएको बेला देख्ने सपना होइन, निदाउन नदिने सपना नै वास्तविक सपना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?