Breaking News

प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो

Feb Tue 2020 05:40:13

952 views

प्रविधिको उपयोग बारामा भिडियो कन्फ्रेन्स मार्फत अभियुक्तको म्याद थप गरियो
जिल्ला प्रहरी कार्यालय बाराले भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको थालनी गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्ने कार्यको शुभारम्भ गरिएको हो । भिडियो कन्फ्रेन्सबाट म्याद थप गर्न सकिने भएपछि प्रहरीलाई राहत भएको छ । अभियुक्तहरुलाई सदरमुकाम ल्याउन र लैजानमा लाग्ने जनशक्ति अन्यत्र प्रयोग गर्न सकिने अवस्था बनेको प्रहरी अधिकारीहरु बताउँछन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास सिंह ठकुरीसुरक्षाको दृष्टिले सहज हुनुको साथै स्रोत साधनको समेत बचत हुने बताए । ‘सिमराबाट कलैयास्थित जिल्ला अदालत पुग्न ३५ किलोमिटरको यात्रा गर्नुपर्छ, जघन्य प्रकृतिको अपराधका अभियुक्त भाग्ने संभावना पनि हुन्छ’ उनले भने, ‘भिडियो कन्फ्रेन्सबाट म्याद थप गराउँदा सहज हुन्छ, सुरक्षित हुन्छ । त्यतिमात्रै नभएर राज्यको स्रोत साधनको पनि बचत हुन्छ ।’ सोमबारसम्म ४ वटा मुद्धामा भिडियो कन्फ्रेन्समार्फत म्याद थप भइसकेको छ । जिल्ला प्रहरी कार्यालय बाराले निजगढ र सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालयबाट समेत यस्तो सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?