Breaking News

संसारको एकमात्र चुम्बन गल्ली, जहाँ चुम्बन गर्नकै लागि पालो कुरेर बस्छन्

Feb Tue 2020 05:40:19

336 views

संसारको एकमात्र चुम्बन गल्ली, जहाँ चुम्बन गर्नकै लागि पालो कुरेर बस्छन्

मेक्सिकोमा एउटा यस्तो ठाउँ छ जहाँ सधै तरुनी तन्नेरी जोडीहरुको लाइन लागेको हुन्छ, अनि आफ्नो पालो व्यग्रताका साथ कुरिरहेका हुन्छन् । उनीहरुको त्यो व्यग्रता तथा लाइन केवल चुम्बन गर्नकै लागि हो ।

आफ्नै पार्टनरसँग चुम्बन गर्नपनि किन लाइन लाग्नुपर्यो ? ठाउँका ठाउँ म्वाइँ खाइदिए भयो नी भन्नुहोला । तर त्यो ठाउँ यस्तो हो की जहाँ गएर चुम्बन गर्न पाइयो भने आउने १५ वर्षसम्म खुसी भइन्छ रे ।

त्यसैले उक्त विशेष ठाउँमा गएर चुम्बन गर्नका लागि जोडीहरु लामो लाइनमा पालो पर्खिएर बस्छन् र आफ्नो पालो आएपछि धित मरुन्जेल म्वाइँ खान्छन् ।

उक्त चुम्बन स्पट किन मायालु जोडीहरुको तिर्थ बन्यो भन्ने कुरामा एक मायालु जोडीको कथा जोडिएको छ । उक्त मायालु जोडीमध्ये केटीचाहीँलाई उसकै बुवाले मारेको रहेछ ।

kiss galli3फेब्रुअरीमा त्यहाँ जाने जोडीहरु सयौँ हुन्छन् । वास्तवमा उक्त ठाउँ एउटा साँघुरो गल्ली हो, जसको नाम एल क्यालेजन डेल बेसो हो । यसको नेपाली अर्थ हुन्छ, चुम्बनको गल्ली ।

मध्य मेक्सिकोको गुआनाजुआतोमा पर्छ यो । यो ठाउँमा रहेका घरहरुबीचको दुरी यति निकट छ की एउटा घरमा बसेर अर्को घरको मानिसलाई चुम्बन गर्न सकिन्छ ।

इतिहास अनुसार तिनै घरका बार्दलीमा बसेर एक युवक तथा एक युवती आपसमा प्रेम तथा आलिंगन र चुम्बनमा मग्न हुन्थे । युवती डोना कार्मेन धनी परिवारकी थिइन् भने युवक लुइस गरीब परिवारका ।

डोनाका बुवाले डोनालाई ती गरीब लुइससँग प्रेम गर्ने अनुमति दिने कुरै भएन ।  त्यसपछि लुइसले डोनाकै कोठा तथा बार्दलीको ठ्याक्कै अगाडि पर्ने घरको एउटा कोठा भाडामा लिएर बस्न थाले ।

त्यसपछि डोना र लुइसले रात अबेरसम्म बार्दलीमा निस्किएर तथा गल्लीमा झरेर चुम्बन गर्नथाले । तर जब यो कुरा डोनाका बुवालाई थाहा भयो रिसले चूर हुँदै आफ्नै छोरीको हत्या गर्यो, धारिलो हतियारले छातिमै प्रहार गरेर । आफ्नी प्रेमिकालाई बाबुको आक्रमणबाट बचाउनका लागि बार्दलीबाट दौडिँदा लुइस तल झरे र उनको घाँटी नै भाँच्चियो ।

जुन कोठामा डोना बस्थिन् त्यो कोठामा अहिले एउटा गिफ्ट पसल छ । बाल्कोनीमा गएर जोेडीहरु आफ्नो लेखाउँछन्, झ्यालमा ताला किनेर लगाइदिन्छन् अनि चुम्बन गर्दै आफुहरुको युगल सम्बन्धमा खुसीको कामना गर्छन् ।kiss galli2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?