Breaking News

मृत्यु पछि तपाईको फेसवुक प्रोफाइल यस्तो हुनेछ ?

Feb Wed 2020 02:40:59

641 views

मृत्यु पछि तपाईको फेसवुक प्रोफाइल यस्तो हुनेछ ?

काठमाडौं-तपाइको मनमा पनि यो सवाल उठ्दो हो, यदि कुनै प्रयोगकर्ताको मृत्य भएमा उसको फेसवुक एकाउन्ट के हुन्छ? फेसबुकका अनुसार कसैको मृत्यु पछि उसको परिवारका सदस्य वा साथीले फेसबुकलाई निवेदन दिन सक्ने छन् र भन्न सक्नेछन् 'मृतकको प्रोफाइलाई एक स्मारक बनाइदेउ ।'

तर यसको लागि निवेदन दिने व्यक्तिले मृतकको मृत्यु प्रमाणपत्र भने पेश गर्नु पर्ने छ वा अन्य कुनै प्रमाण।

त्यस पछि मृतकको प्रोफाइलमा शेयर भएका पोष्ट वा तस्बिर देखिने छन् तर कसैले यो प्रोफाइलमा लगइन गर्न सक्ने छैन।

कुनै पनि फेसवुक प्रयोगकर्तासँग उसको उत्तराधिकारी बनाउने विकल्प रहेको हुन्छ। तर यो अधिकार पाएर पनि एकाउन्टको लगइन गर्न सकिँदैन । यस्तो अधिकार पाएको व्यक्तिले पनि कुनै पोष्ट डिलिट गर्न सक्दैन। केवल उ सँग फ्रेण्ड रिक्वेष्टको स्विकार गर्ने वा नगर्ने लगायतका अधिकार मात्र हुन्छन् ।

अर्को विकल्प यो पनि छ । कुनै पनि फेसवुक प्रयोगकर्ताले आफ्नो मृत्यु पछि फेसवुक प्रोफाइलको डिलिट गर्न निवेदन दिन पनि सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?