Breaking News

ट्वीटरमा भारतविरुद्धको #NepalChokedByIndia ह्यासट्याग भाइरल

Feb Tue 2020 05:40:27

391 views

ट्वीटरमा भारतविरुद्धको #NepalChokedByIndia ह्यासट्याग भाइरल

भारतीय नाकाबन्दी विरुद्ध ट्वीटरमा पुनः अर्को ह्यासट्याग #NepalChokedByIndia चर्चित भएको छ । भारतको विरोधमा पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले सुरु गरेको ह्यासट्याग टप १० ट्रेन्ड भित्र परेको हो । बिहानसम्म पाकिस्तानमा १ नम्बर ट्रेन्डिङमा रहेको यो ह्यासट्याग अहिले चौंथोमा परेको छ । पाकिस्तानबाट सुरु भएको यो ट्रेन्डलाई अहिले अधिकांश नेपाली ट्वीटर प्रयोगकर्ताले पछ्याइरहेका छन् । यसअघि पनि भारतीय नाकाबन्दी र भारतको रवैयाविरुद्ध विभिन्न ह्यासट्यागहरु टप ट्रेन्ड भित्र परेका थिए । nepalchokedbyindia

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?