Breaking News

लैङ्गिक सवाल–सूचना सञ्चार प्रविधिमा सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठि

Feb Tue 2020 05:40:11

326 views

लैङ्गिक सवाल–सूचना सञ्चार प्रविधिमा सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठि
  • शर्मिला विश्वकर्मा

ललितपुर, गोदावरी, ट्रिक मिडिया प्रा.लि.ले नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा मिति २०७३ असार २५ र २६ गते ललितपुर जिल्लाको गोदावरी स्थित होटल भ्यू भृकुटीमण्डपमा नेपाली मनोरञ्जन क्षेत्रमा लैङ्गिक सवाल–सूचना सञ्चार प्रविधिमा सुरक्षा विषयमा २ दिने कार्यशाला गोष्ठिको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भयो । सञ्चारकर्मी एवं लैङ्गिक विश्लेषक आरती चटौतले उक्त दुइ दिने कार्यशाला गोष्ठिको उद्देश्य माथी प्रकाश पार्दै केही व्यक्तिहरुले सञ्चार तथा प्रविधिको दुरुपयोग गर्दा विभिन्न हिंसाका घटनाहरु हुने र अधिकांश मनोरञ्जनको क्षेत्रमा लागेका महिलाहरु त्यस्तो हिंसामा पर्ने गरेको बताउनु भयो । यसै गरी चलचित्र निर्देशक एवं निर्माता आकाश अधिकारीले विकासको क्षेत्रमा अगाडी बढ्दै गएको सञ्चार तथा प्रविधिको दुरुपयोग रोक्नका लागि नेपालमा नै सफ्टवयर, एप्स निर्माण गरेर प्रयोग गर्न सक्ने वातावरणको सृजना गर्नुको साथै समय समयमा यस्ता चेतना मुलक कार्यक्रमहरुको आयोजना गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी कलाकलार संघकी उपाध्यक्ष एवं वरिष्ठ कलाकार लक्ष्मी गिरीले सञ्चारको माध्यमबाट हुने हिंसाहरु हटाउनको लागि नेपाल सरकारको ध्यानाकार्षण गराउनु पर्ने, आफुले आफैलाई सुरक्षित राख्ने माध्यमको खोजि गर्नु पर्ने कुरामा जोड दिनु भयो भने चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डि.सी.ले इन्टरनेट तथा सामाजिक सञ्जालहरुमा सभ्य सामाग्रीहरु मात्र राख्न मिल्ने प्रणालीको विकास गर्ने तर्फ सरोकारवाला निकायले ध्यान दिनु पर्ने र यस्ता विषयम सबैलाई शिक्षा दिनु पर्ने बताउनु भयो । सो कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि एवं नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाले नेपाल दुरसञ्चार प्राधिकरणले राष्ट्रिय साइबर सुरक्ष रणनीति तय गर्ने, सोही रणनीति अनुसार कानून निर्माण गरी सञ्चार तथा प्रविधिको दुरुपयोग गरी महिलाहरुकालाई हिंसा गर्ने, उनीहरुको चरित्र हत्या गर्ने, मान सम्मानमा आँच पु¥याउने व्यक्तिहरुलाई कडा भन्दा कडा कारबाही गर्ने, साइबर सुरक्षा चेतना सम्बन्धी कार्यक्रम ल्याउने, सञ्चार तथा प्रविधिको दुरुपयोग रोक्नका लागि नेपाल दुरसञ्चार प्राधिकरणको तर्फबाट सधै लागि पर्ने बताउनु भयो । सो कार्यक्रम उद्घाटन सञ्चालनका क्रममा ट्रिक मिडिया प्रा.लि.की कार्यक्तम निर्देशक एवं चलचित्र निर्देशक सुचित्रा श्रेष्ठले चलचित्रमा लागेका महिलाहरुलाई सामाजिक सञ्जाल, विभिन्न मिडियाहरु, इन्टरनेटहरु मार्फत हिंसा गर्ने गरेको र आगामी दिनमा यस्ता कार्यहरु गर्ने व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन सम्बन्धीत निकायले चासो दिनु पर्ने कुरामा जोड दिनु भयो । उक्त दुइ दिने कार्यशाला गोष्ठिको पहिलो दिन उद्घाटन कार्यक्रम पश्चात संचारकर्मी एवं लैङ्गिक विश्लेषक आरती चटौतले मनोरञ्जन क्षेत्रमा लैङ्गिक सवाल र नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले लैङ्गिक सवाल प्रविधिमा सुरक्षका नीतिगत पहलका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो भने सो गोष्ठिको दोस्रो दिन अर्थात असार २६ गते प्रहरी उपनिरिक्षक दिनेश आर्चायले सूचना तथा सञ्चार प्रविधि जन्य लैङ्गिक हिंसा र साइबर सरक्ष विज्ञ हिमाल ओझाले सूचना तथा सञ्चार प्रविधिको उपयोगमा सुरक्षाको प्राविधिक पक्षको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो गोष्ठिमा विभिन्न चलचित्र निर्देशक, निर्माता, कलाकारहरु, मोडेल तथा विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरु सहित २८ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?