Breaking News

‘मिडिया डाइरेक्टरी’ ‘मोबाइल एप्स्’ मा तीन हजार आठ सय सूचना

Feb Tue 2020 05:40:52

607 views

‘मिडिया डाइरेक्टरी’ ‘मोबाइल एप्स्’ मा तीन हजार आठ सय सूचना
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सूचना विभागले तयार गरेको ‘मिडिया डाइरेक्टरी’ ‘मोबाइल एप्स्’ सार्वजनिक गरिएको छ ।
सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले एप्स्मा हाल तीन हजार पाँच सय ८ सूचना रहेको र प्राप्त हुने प्रतिक्रियाका आधारमा निरन्तर परिमार्जन गर्ने जानकारी दिए ।
सो एप्स् सूचना विभागको वेबसाइटबाट स्मार्ट फोन, ट्याब्लेट कम्प्युटर जस्ता साधनमा इस्न्टल गर्न सकिनेछ ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री राईले सो एप्लिकेसन्स् सार्वजनिक गर्दै सरकार जवाफदेही र जनताप्रति उत्तरदायी पत्रकारिताको विकासका लागि क्रियाशील रहेको बताए ।
मन्त्री राईले सरकारले इन्टरनेट सुशासनको कार्यान्वयन गर्न चाहे पनि विद्युतभार कटौती लगायतको समस्याका कारण सेवा प्रवाहमा सोचेजस्तो काम हुन नसकेपनि नयाँ एप्स्ले सेवाग्राही र सेवा प्रवाहकर्ता दुबै लाभान्वित हुने विश्वास व्यक्त गरे ।
मन्त्रालयका निमित्त सचिव कविराज खनालले प्रवक्ता–पत्रकार सम्बन्ध र सूचनामा जनताको पहुँचका लागि प्रविधियुक्त डाइरेक्टरीको भूमिका हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?