Breaking News

सामसुङ ग्यालेक्सी ए ९ का फिचर्सहरु

Feb Tue 2020 05:40:24

324 views

सामसुङ ग्यालेक्सी ए ९ का फिचर्सहरु

चीनमा भएको एक कार्यक्रमका बीच सामसुङलेले ए सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी ए नाइन सार्वजनिक गरेको छ ।

ग्यालेक्सी ए नाइन  फिचर्स सामसुङको ग्यालेक्सी ए नाइनमा ६ इन्चको स्क्रिन रहेको छ जसमा १०८० पिक्सेल रिजोलुसन भएको एमोलेड प्यानल लगाइएको छ । यो स्मार्टफोनमा ६४ बिट को अक्टाकोर स्नापड्रागन प्रोसेसर रहेको छ ।Samsung-A9

यस्तै ३ गिगाबाइटको र्याम अनि ३२ गिगाबाइटको इन्टर्नल मेमोरी रहेको छ जसलाई माइक्रोएसडी कार्डको सहायताले बढाउन सकिन्छ ।

यो स्मार्टफोनको मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । ४ हजार मिलिएम्पिएर आवर क्षमताको शक्तिशाली ब्याट्री यसको प्रमुख विशेषता मध्येको एक हो । त्यसैले यो स्मार्टफोनको ब्याट्री बढि टिकाउ हुने र मज्जाले चलाउँदा पनि दिनभरको लागि चार्ज खप्ने विश्वास गरिएको छ । ठूलो ब्याट्रीका बाबजुत पनि ब्याट्रीको मोटाइ कम हुनु अर्को विशेषता हो ।

स्मार्टफोनको होम बटनमा फिंगरप्रिन्ट सेन्सर छ । यो स्मार्टफोन एन्ड्रोइड ५.१.१ ललिपप अपरेटिंग सिस्टममा चल्दछ । यो स्मार्टफोनको अर्को आकर्षक फिचर भनेको यसमा लगाइएको ०.३ इन्च मोटो आल्मुनियम फ्रेम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?