Breaking News

आइीसटी विकासका लागि सूचना प्रविधिलालाई सरकारले उच्च प्राथमिकतामा राख्ने

Feb Tue 2020 05:40:38

281 views

आइीसटी विकासका लागि सूचना प्रविधिलालाई सरकारले उच्च प्राथमिकतामा राख्ने

आइसिटी विकास र बिस्तारका लागि नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिलाइ पहिलो प्राथमिकता दिने तयारी पूरा गरिरहेको सञ्चार प्रविधि मन्त्री शेरधन राइले बताएका छन् । विश्व दुरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राईले सरकारले आउदो आर्थिक वर्षको बजेटमा पनि केहि महत्वपुर्ण कुराहरु समावेश गर्न गइरहेको बताउदै, सूचना प्रविधिको विकास र थप व्यवस्थापनको लागि छुट्टै आइसिटी आयोग बनाइएको जानकारी दिए । सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार सचिव दिनेश थपलियाले एनटिए लगायतका संस्थाले राम्रोसग काम गर्न नसकेको आरोप लगाउदै क्यान, टेलिकम, आइएसपी, उद्यमी लगायत सबै सस्था मिलेर यो क्षेत्रको बृहत्तर विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए । मन्त्रालयले धेरै कुरा गर्न खोजिरहेको भएपनि काम गर्ने शैली, स्पष्ट रोडम्याप र योजना नआउदा काम नभइरहेको बताए ।ict day कार्यक्रममा आइसिटी क्षेत्रका सरोकारवाला, उद्यमी, स्टार्टअप लगायत सय जना बढिको सहभागिता रहेको थियो । कार्यक्रममा क्यानका अध्यक्ष बिनोद ढकालले आइसिटी हेर्ने एउटै मन्त्रालय हुनुपर्ने कुरामा जोड दिएका थिए । प्यानल डिस्कसन सञ्चालन गर्दै क्यानका हेमपाल क्षेष्ठले समस्या र च्यालेन्ज समाधान गर्दै आइटी उद्योगको विकासमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । यसै बिचमा नेपाल सरकारले आफ्नै सेटेलाइट राख्ने तयारी गरिरहेको, हरेक विद्यालय र सरकारी कार्यालयमा इन्टरनेट पुर्याउने तयरी भइरहेको मन्त्रालयको तर्फबाट जानकारी गराइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?