Breaking News

बिल गेट्स चौथो पटक पनि संसारकै धनी

Feb Tue 2020 05:40:42

379 views

बिल गेट्स चौथो पटक पनि संसारकै धनी

फोब्र्सले सन् २०१७ का अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ ।  फोब्र्सको सूचीमा यसपालि पनि माइक्रोसफ्टका संस्थापक बिल गेट्स नै सबैभन्दा अगाडि छन् । गेट्स लगातार चौथो पटक विश्वकै सबैभन्दा धनी व्यक्ति भएका हुन् । त्यस्तै, सेयर बजारका बादशाह वारेन बफेट दोस्रो धनी व्यक्ति भएका छन् । फोब्र्सका अनुसार ट्रम्प राष्ट्रपति भएयता सम्पतिमा सबैभन्दा धेरै वृद्धि पनि बफेटकै भएको हो । बफेटले एक वर्षको अवधिमा भने १४.८ अर्ब डलर सम्पति वृद्धि गर्दै ७५.६ अर्ब डलर पुर्याएका   छन् ।

एक वर्षको अन्तरालमा सबैभन्दा धेरै सम्पति भने अमेजनका संस्थापक जेफ बेजोसको बढेको फोब्र्सको तथ्यांकले देखाएको छ । अर्बपतिको सूचीमा बजोस पहिलो पटक तेस्रो नम्बरमा आइपुगेका हुन् । बजोसले एक वर्षमा २७.६ अर्ब वृद्धि गरेर आफ्नो सम्पति ७२.८ अर्ब डलर पुर्याएका छन् । गत वर्ष अर्बपतिको सूचीमा दोस्रो स्थानमा रहेका अमान्सिओ ओर्टेगा भने यसपालि चौथो स्थानमा झरेका छन् । ओर्टेगाको स्थान अहिले बफेटले लिएका छन् । ओर्टेगाको सम्पति ४.८ अर्बले बढेर ७१.३ अर्ब पुगेको छ । यता फेसबुकका संस्थापक जुकरवर्ग पनि पहिलो पटक प्रमुख ५ नम्बर भित्र पर्न सफल भएका छन् ।
 

अर्बपति सूचीको पाँचौ स्थानमा रहेका जुकरवर्गको सम्पति एक वर्षमा ११.४ अर्बले बढेर ५६ अर्ब डलर भएको छ । कुनैबेला विश्वकै धनी व्यक्ति भएका कार्लोस स्लिम हेलु यसपालि छैठौं नम्बरमा झरेका छन् । हेलु १२ वर्षमा पहिलो पटक प्रमुख ५ बाट तल झरेका हुन् । यो वर्ष १९५ जना नव अर्बपतिहरुको आगमन भएको छ । यसरी थपिएका नयाँ अर्बपतिको ठूलो संख्या चीनबाट आएको छ । चीनबाट मात्र यो वर्ष ७६ जना अर्वपति थपिएका छन् । अमेरिकाबाट पनि २५ जना नयाँ अर्बपति थपिएका छन् । अर्बपतिको आफ्नै कमाईबाट अर्बपति सूचीमा कम उमेरका जोन कोलिसन पनि थपिएका छन् । २६ वर्षीय कोलिसन विरासतबिना आफ्नै कमाईबाट विश्वका सबैभन्दा कान्छा अर्बपति भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?