Breaking News

पाँचतारे होटलमा बम विष्फोट, २२ को हत्या, १७० बन्धक

Feb Tue 2020 05:40:41

338 views

पाँचतारे होटलमा बम विष्फोट, २२ को हत्या, १७० बन्धक

एजेन्सी, मालीको राजधानी बमाकोमा रहेको होटल रेडिसन ब्ल्यूमा आतंककारीहरुले आक्रमण गरेर २२ जनाको हत्या गरेका छन् । अन्य १७० भन्दा बढी यात्रुलाई बन्धक बनाइएको छ । मर्नेहरुमा चीनका नागरिक समेत रहेको सिन्व्हा समाचार एजेन्सीले जनाएको छ । करीब २० जना भारतीय यात्रुलाई भने सकुशल उद्धार गरिएको जीन्यूजले जनाएको छ ।

नौ घण्टासम्म आतंककारीहरुले होटलमा बसेका यात्रुहरुलाई बन्धक बनाएका थिए । प्रहरीले २ जना बन्धकलाई मारिएको र बन्धक संकट समाप्त भएको बताएका छन् । भारतबाट दुबईको कम्पनीमा काम गर्न जाने क्रममा होटलमा बसेका २० जना भारतीयलाई भने सकुशल उद्धार गरिएको मालीस्थित भारतीय दूतावासले जनाएको छ ।

मालीको उत्तरी भाग २०१२ मा अलकायदासँग जोडिएको विद्रोही समूहले कब्जा गरेको थियो । तर २०१४ मा भने फ्रान्सको नेतृत्त्वमा चलेको अभियानले यो क्षेत्रलाई मुक्त गराइएको थियो ।

बमाकोमा भएको बन्धक संकटकै बीच युरोपीयन यूनियनका मन्त्रीहरुको ब्रसेल्समा आपतकालिन बैठक बस्दै सीमा नियन्त्रलाई अझै कडा बनाउने सहमति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?