Breaking News

क्यान्सरको उपचार गर्न सकिने १३ सय वर्ष पुरानो रुख भेटियो

Feb Tue 2020 05:40:15

554 views

क्यान्सरको उपचार गर्न सकिने १३ सय वर्ष पुरानो रुख भेटियो

चीनको हुनान प्रान्तमा एउटा अनौठो रुख फेला परेको छ, जुन क्यान्सरको उपचारमा उपयोग गर्न सकिन्छ । यो रुख १३ सय वर्ष पूरानो रहेको र त्यसको ट्याक्सोल अर्थात् बोक्राबाट निस्कने खोँटोजस्तो पदार्थलाई विभिन्न खालका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकका अनुसार यो सदावहार प्रजातिको रुख हो । ट्याक्सस चाइनेन्सिस नामक यो रुख शुनहुआंगशन राष्ट्रिय निकुन्जमा पाइएको छ । यो रुखको लम्बाइ ३५ मिटर तथा काण्डको गोलाई २.२ मिटर रहेको छ । यो मुख्य रुखको आसपासमा अरु २ वटा यहीँ प्रजातिका साना रुख पनि रहेका छन् ।

सिन्ह्वाका अनुसार यी तिनवटा रुखलाई स्थानीय ग्रामीण समुदायलाई निकै राम्रोसँग संरक्षण गरेर राखेका छन् । यो प्रजाति लोपोन्मुख प्रजाति हो । २५ लाख वर्षदेखि यो प्रजाति अस्तित्वमा छ ।

यो रुखको खोँटोको उपयोग क्यान्सरको उपचारमा गर्ने गरिन्छ । जसका कारण खोटो प्राप्त गर्न ठूलो संख्यामा रुखको कटाइ भएसँगै यो प्रजातिको वनस्पती लोपोन्मुख अवस्थामा पुगेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?