Breaking News

बजार ४० अंक तल, मर्जरले जनता बैंकको मूल्यबृद्धि

Feb Tue 2020 05:40:30

590 views

बजार ४० अंक तल, मर्जरले जनता बैंकको मूल्यबृद्धि
share-lineसंविधानबाट उत्साहित नदेखिएका लगानीकर्ता भारत सरकारले नाकाबन्दी लाउनसक्ने संकेतले भने   आत्तिएका छन् । बजार ३.३४ प्रतिशत अर्थात ४० अंकले घटेर बन्द भएको छ । भारत सरकारले हिजो साँझ संविधान निर्माणमा वेखुसी प्रकट गर्दै नाकाबन्द लाउनसक्ने तर्फ संकेत गर्दै विज्ञप्ति जारी गरेको थियो । पुँजी बृद्धिको निर्णयपछि विगतका सबै रेकर्डहरुलाई तोड्दै अगाडि वढेको बजार पछिल्लो समय मंगलबार सबैभन्दा वढी अंकले घटेको हो । बजारमा १२९ कम्पनीका ५३ करोड २९ लाख रुपैयाँको  सेयर कारोबार भएको छ । कुल आठ लाख ३६ हजार ७८६ कित्ता सेयर किनबेच भएको छ । उत्पादनमूलक समूहवाहेक सबै उपसुचकहरु ओरालो लागेका छन् । सबैभन्दा वढी बिमा १७७.५१ अंकले घटेको छ । बैंकिङ समूह ४८ अंक तल ओर्लिएको छ । होटल ५८.३५ अंक, विकास बैंक २०, जलविद्युत् ६७.५५, अन्य ९.४ र फाइनान्स ४.१२ अंकले झरेको छ । माछापुच्छ्रे बैंकसँगको मर्जरका कारणले जनता बैंक नेपालको सेयर कारोबार बढेको छ । बैंकको पछिल्लो कारोबार प्रति कित्ता ३७५ रुपैयाँका दरले भएको छ । मंगलबार बैंकको तीन करोड १२ लाखको सेयर कारोबार भएको छ । सबैभन्दा वढी कारोबार एनबी बैंकको चार करोड २० लाख रुपैयाँको भएको छ । नेपाल इन्भेष्टमेन्ट संस्थापक तीन करोड ५३ लाख, एभरेष्ट बैंक दुई करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एसया र नबिल संस्थापकको दुई करोड रुपैयाँभन्दा वढीको कारोबार भएको छ । बजार घट्दा पनि राष्ट्रिय बिमा संस्थान संस्थापक, मिर्मिरे माइक्रो फाइनान्सले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । वढी गुमाउनेमा हामा मर्चेन्ट, सुप्रिम डेभलपमेन्ट बैंक, हिमालयन बैंकलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?