Breaking News

CAN Com-tech 2016 starts from 8 to 9 th Sep in Kathmandu

Feb Tue 2020 05:40:55

299 views

CAN Com-tech 2016 starts from 8 to 9 th Sep  in Kathmandu

क्यान महासंघले सूचना तथा संचार प्रविधिको क्षेत्रको प्रर्वधन र बिकास गर्ने उदेश्यले भाद्र २३ गते देखि २६ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनीहलमा क्यान कमटेक २०१६ आयोजना गर्ने तयारी पूरा गरेको जनाएको छ । “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक्स सेक्युरिटि तथा सेफ्टि एण्ड सलुशन , हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी।टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने क्यानले जनाएको छन् । त्यस्तै प्लाटिनम स्पोन्सरमा वेबसर्फर, सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एस।एम।एस। रहेको छ । साथै अफिसियल बैंकको रुपमा सन्राइज बैंक रहेको छ । “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को अफिसियल पार्टनरमा, हाम्राकुरा डटकम, जानकि टेक्नोलोजी, एएसपसए र विटी प्रिन्टिङ्गस् लगायत रहेका छन् । सुबिसु क्यान कमटेक २०१६ मा ८१ सानो र ठूलो गरि वटा स्टलहरु रहने क्यान महासंघका अध्यक्ष बिनोद ढकालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । CANकमटेक प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । ब्रोडब्याण्ड ईन्टरनेट सेवामा अन्तर्गत विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण बन्ने छन् । विश्व विख्यात एण्ड्रोइड मोवाइलका नयाँ प्रविधिहरु यस प्रदशनीका प्रमुख आकर्षण रहने छन् । नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभुत पूर्वाधार सम्बन्धी जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ । सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०। र विद्यार्थीका लागि रु २५ । तोकिएको साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यानले जनाएको छ । met canक्यानले यस पटकको प्रदशनीमा १ लाख ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरेको छ । साथै क्यान महासंघको सबै जिल्ला शाखाहरुको प्रतिनिधिहरु समेत सहभागी हुनेछन् । नयाँ नेपाल अर्थात ई–नेपाल निर्माणका लागि सूचना तथा सञ्चार प्रविधिमा आमजनताको पहुँच पुग्न जरुरी रहेको तथा यस क्यान कमटेकले त्यसतर्फ सहयोगी बन्न सक्ने क्यान महासंघका महासचिव विश्व राम बलामीले बताए । क्यानले बर्षेनी नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धनका लागि सुचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रदर्शनीहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?