एक प्रहरी जवानले आईजीपीलाई सामाजिक सञ्जालमा लेखेको प्रश्न यस्तो
Feb Wed 2020 02:40:50
900 views
फाटमा बस्न पाउन पर्ने माग गर्दा जागिरबाट निकालिएका पूर्व प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आईजीपीलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ। उनले फेसवुक मार्फत आईजीपि सर्वेन्द्र खनाललाई मेरो अपराध निर्मला हत्याको प्रमाण मेटाउनु भन्दा ठुलो थियो भनेर प्रश्न सोधेका हुन्।
पूर्व प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन लेखेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले कुटपिट गरेको आरोप लगाएका थिए।
उनले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनु पर्छ भनेर आईजीपीलाई निवेदन गर्नु ठुलो अपराध थियो कि निर्मला हत्याका प्रमण मेटाउनु ठुलो अपराध थियो भनेर आईजीपीलाई प्रश्न गरेका छन्।