Breaking News

डिप्रेसनको खतरामा !! धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु

Feb Tue 2020 05:40:28

402 views

डिप्रेसनको  खतरामा !! धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु

पछिल्लो एक अध्ययनले सामाजिक सञ्जालमा धेरै एकाउन्ट हुनुले व्यक्तिको मानसिक स्वास्थ्यमा प्रभाव पर्ने देखाएको छ । अध्ययनका अनुसार शुन्य देखि २ वटा सामाजिक सञ्जाल एकाउन्ट हुनेहरुको तुलनामा सात देखि ११ वटा एकाउन्ट हुनेहरुमा डिप्रेसन र एन्जाइटीको सम्भावना तीन गुणा बढि हुन्छ ।

‘डिप्रेसन र एन्जाइटीबाट पिडित हुनेहरु धेरैवटा सामाजिक सञ्जालहरुमा रमाउने गरेको पाइएको छ,’ युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल्स अफ हेल्थ एन्ड साइन्सका भाइस चान्सलर ब्रायन ए पि्रम्याकले भने । पि्रम्याक र उनको टिमले अमेरिकाका १९ देखि ३२ वर्षभित्रका एक हजार सात सय ८७ जनामाथि सर्भेक्षण गरेको थियो । सर्भेक्षणका क्रममा डिप्रेसनको विश्लेषणसम्वन्धि स्थापित सिद्दान्त र सामाजिक सञ्जाल प्रश्नावली प्रयोग गरिएको थियो ।

तथ्यांक विश्लेषणपछि अन्वेषकहरुले पत्ता लगाए कि ७ देखि ११ वटा सामाजिक सञ्जाल एकाउन्ट हुनेहरुमा शुन्यदेखि दुई एकाउन्ट हुनेहरुको तुलनामा ३.१ गुणा बढि डिप्रेसनको जोखिम हुन्छ । त्यसैगरी उनीहरुमा एन्जाइटीको जोखिम ३.३ प्रतिशत बढि हुन्छ । अनुसन्धानकर्ताहरुले सर्भेक्षणमा सहभागीहरुको जात, लिंग, वैवाहिक सम्वन्ध, आम्दानी शिक्षा तथा सामाजिक सञ्जालमा बिताउने समयको विश्लेषण गरेका थिए ।

बढि सामाजिक सञ्जालको प्रयोगले किन डिप्रेसन र एन्जाइटीको जोखिम बढि हुन्छ भन्ने तथ्य अध्ययनले खुलाउन सकेको छैन । पि्रम्याकले यस सम्वन्धमा थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सामाजिक सञ्जालमा खोलिएका एकाउन्टको संख्याले मात्र नभएर सामाजिक सञ्जालमा बिताउने समयले पनि व्यक्तिको मानसिक स्वास्थ्यलाई असर गर्ने पि्रम्याक बताउछन् । युनिभर्सिटी अफ पिट्सबर्ग स्कुल अफ मेडिसिनले गरेको अर्को एक अध्ययनले युवाहरु जति धेरै समय सामाजिक सञ्जालमा बिताउँछन्, त्यति नै बढि दुखि हुने देखाएको छ । अध्ययनका क्रममा सहभागीहरुले प्रत्येक दिन औसत ६१ मिनेट र हप्तामा ३० पटक विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पाइएको थियो । उनीहरुमध्ये एक चौथाईलाई डिप्रेसनको लक्षण देखिएको अध्ययनमा बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?