Breaking News

सूचना र संचार प्रविधि समाजको नेतृत्व पौडेलको हातमा

Feb Tue 2020 05:40:34

646 views

सूचना र संचार प्रविधि समाजको नेतृत्व पौडेलको हातमा

सूचना र संचार प्रविधि समाज नेपाल एसआईसिटि नेपालको सम्पन्न साधारणसभाले संस्थाको नेतृत्व दामोदर पौडेललाई दिएको छ । साधारणसभामा संस्थाका प्रमुख सल्लाकरहरु, समर्थकहरु, संरक्षक, तदर्थ समितिका पदाधिकारीहरु तथा सम्पूर्ण सदस्यहरु उपस्थित थिए। कार्यक्रमको खुल्ला सत्रमा दिपप्रजोवोलन र राष्ट्रियगान पश्चात संस्थाका दितिय उपाध्यक्ष ज्वाला गौतमले स्वागत मन्तव्य राखेपछि, संस्थाका प्रमुख सल्लाकर तथा मर्कनटाइल कमनुकेसनका सिनियर विषेसज्ञ सुरज अधिकारीले आफू विभिन्न संस्थामा रहेर काम गर्दाको अनुभव सुनाउदै अहिले नेपालमा सूचना र संचार प्रविधि क्षेत्रमा थुप्रै कामहरु हुन बाकी नै रहेको र सो कामहरु चरणवद्ध ढंगले गर्नुपर्ने कुरा आउटसोर्सिंगको उदाहरण दिदै प्रस्ट्याएका थिए। यी सारा काम यसै क्षेत्रका युवा साथीहरुद्वारा, युवा शशक्तिकरणबाट मात्र सम्भव भएको बताए र यो युवा शक्ति एसआईसिटि नेपालमा भएको कुरा व्यक्त गर्दै शुभकामना दिएका थिए ।त्यसै गरी कार्यक्रममा आईसिटि ठुलो क्षेत्र हो र यसमा नयाँ आयाम, नयाँ सोच, इन्नोभेशनको आवश्यकता रहने कुराकार्यक्रमका बिशिस्ट अतिथि तथा मन्त्रालयहरुमा आईसिटि क्षेत्रका दक्षको रुपमा कार्यरत हरि पोखरेलले बताए।यस संस्थाले बिगतका दिनहरुमा गरेका कामहरुमा इन्नोभेशन देखिएको र अझ नयाँ रुपले जान सल्लाह पोखरेललेदिए।संस्थाका अर्काव रिस्ठ सल्लाहकार तथा सुबिसु केवलनेटका भाइस प्रेसिडेन्ट बालकृष्ण अधिकारीले आईसिटि क्षेत्रमा खोज अनुसन्धान अतिआवश्यक रहेको अनि आईसिटि उद्योग र शैक्षिक क्षेत्रमा गहिरो ग्याप रहेको र यसका लागि आगामी दिनमा यस संस्थाले रोल मोडेल देखाउन सक्ने कुरा व्यक्त गरे।Displaying New Executive Committe.jpgscits

साथै सुरज अधिकारी, बालकृष्ण अधिकारी र हरि पोखरेल रहेको तीन सदस्यिय अध्यक्ष मण्डलको अध्यक्ष सुरज अधिकारिको अध्यक्षतामा सञ्चालन भएको बन्दसत्रले सर्बसम्मत रुपमा एघार सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको अध्यक्ष दामोदर पौडेल , प्रथम उपाध्यक्षई सुभासचन्द्र गौतम, दितिय उपाध्यक्ष ज्वाला गौतम, महासचिव सुभाष खड्का , सचिव बिशाल महत, कोषाध्यक्ष शारदा पोख्रेल, रसदस्यहरु रश्मि तिवारि , प्रमोद अर्याल, सन्तोष पाण्डे, राजेन्द्र पन्थि र नवराज शर्मा पौडेल रहेका छन्।कार्यसमिति चयनपश्चात बोल्दै अध्यक्ष दामोदर पौडेलले संस्थालाई ब्यवस्थित र क्रियाशिल बनाउदैलाने र उक्त कार्यको लागि सबैको साथ, सहयोगको आवश्यक रहने समेत बताउनुभएको थियो।“राष्ट्रविकाश र आर्थिक समबृद्धिका लागी आईसिटि”भन्ने संस्थाको मूल नारा सहित संस्थालाई अघि लाने कार्ययोजना समेत पौडेलले प्रस्तुत गरे।sciit

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?