Breaking News

ह्याकरले पासवर्ड बिनै तपाईको याहुको इमेल खोल्न सक्छ !

Feb Tue 2020 05:40:55

649 views

ह्याकरले पासवर्ड बिनै तपाईको याहुको इमेल खोल्न सक्छ !

याहूले आफ्नो इमेल प्रयोगकर्तालाई सचेत गराउँदै भनेको छ ह्याकर्सले बिनापासवर्ड तपाईको इमेल खोल्न सक्छ । कंपनीले आफ्नो  वेबसाइटमा पोस्ट गरिएको सन्देशमा भनिएको छ , केही ह्याकर्सले नक्कली कुकीज बनाएका छन् जो प्रयोगकर्तालाई केही थाहा हुदैन तर ह्याकर्सले उनीहरुको इमेल हेरिरहेका हुन्छन् ।  तर अहिलेसम्म यस्ता ह्याकर्सका कारण कति प्रयोगकर्ता प्रभावित छन् भनेर एकिन भने हुन सकेको छैन । कम्पनी समस्या समाधान गर्ने कोशिस गरिरहेको छ । २०१५ र २०१६ मा पनि याहुका करोडौ इमेल आइडी लगातार ह्याक गरिएको थियो । यस ह्याकिङलाई अहिलेसम्मकै ठुलो ह्याकिङ भनिएको थियो । २०१४ मा करीब ६० करोड याहु प्रयोगकर्ताको डाटा चोरी भएको थियो । यस दौरानमा प्रयोगकर्ताको नाम,इमेल एड्रेस,टेलिफोन नम्बर,पासवर्ड, आदि चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?