लेखक : बामदेब केसी वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएका कोट,दरवार,किल्लाहरु अहिले राज्य वाट संरक्षण पाउन नसक्दा अस्थित्वनै मेटिन लागेको छ । बि स १८८५ मा निर्मित यो ऐतिहासिक महत्वको फालावाङ दरवार पनि उचित संरक्षणको अभावमा अब तस्विरमा मात्र सिमित हुन पुगेको छ । वाइसे राज्यमा पर्ने सल्यानको इतिहास लामो छ । नेपाल एकिकरणको वेला वि .स . १८४३ मा दाङ्का राजा नवल सिंह लडाइमा मारिए पछी उत्तराधिकारी दिलेर सिंहले पुरा दाङ्को राज्य सञ्चालन गर्न सकेनन् । वि .सं .१८६५ मा सल्यान राज्य नेपालमा एकिकरण हुदा दाङ् पनि नेपालमा नै मिल्न गयो । नेपाल एकिकरण पछि दाङ् सल्यान गौडाको मातहतमा रहन गयो । वि .सं . १८९४ मा सल्यानी राजाको वंशज तेज वहादुर शाह लाई राजाको पद र पश्चिम दाङ् फालावाङ्को राज्य प्रदान गरियो । त्यस पछि पश्चिम दाङ् र फालावाङ् क्षेत्रको शासन फालावाङ बाट सुरुहुन थाल्यो । नेपाल भारत असमान सुगौली सन्धि हुनुपूर्व फलावाङ्गी राजाको प्रशासनिक क्षेत्र बिशाल थियो । फलावाङ् राजाहरु रत्ननाथका भक्त थिए । सिद्ध रत्ननाथ लाई उनिहरु ले कुल देवताको रुपमा पुजा गर्दथिए । त्यसैले फालावाङ दरवारमा पनि रत्ननाथको मन्दिर वनाएका थिए । त्यतिवेला फालावाङ् राजाहरु भारतको वलरामपुर स्थित पाटनदेवी मन्दिरको पनि दर्शन गर्न जाने गर्दथिए । दाङ् घोराही स्थित चौघेरा रत्ननाथ र पाटनदेवी दाज्यु वहिनी को सम्वन्ध रहेको छ भन्ने विस्वास गरिन्छ । त्यसैले गर्दा फालावाङ् राजाहरु ले आफ्नो प्रशासन चलाउन सजिलो होस भन्नाको लागी फालावाङ्मा पुरानो दरवार,माझ दरवार र नया दरवार समेतगरी पाचबटा दरवार निर्माण गरेका थिए । तस्विरमा देखिएको संरचना बि स १९५७मा निर्मान सुरु गरी बि स १९६९मा सम्पन्न भएको थियो । कलात्मक स्वरुप निर्माण गरिएको यो दरवार छाउनको लागी जस्तापाता वेलायत बाट ल्याईएको थियो । १५५ झ्याल र ५५ कोठाको बेलायती शैलिको यो दरवारमा गद्दी बैठक, कचहरी बैठक, पुजा कोठ, मोठ कोठा आदी पनि छुट्टा-छुट्टै व्यवस्था गरिएका थिए । दरवार परिसरमा बि स १९६१ देखी कालिका मन्दिर र शिवालय पनि निर्माण गरिएको थियो । जिर्ण बन्दै गरेको फालाबाङ दरबारको तस्बिर
फालावाङ् राजाहरु दाङ् बाट हात्तिमा यात्रा गर्ने तुलसिपुर पातुखोला,सिरकुला हुदै ल्वामखोलाको रिगाटे को पुरानो हात्ति र घोडा हिडने सडक मर्मत संभार नहुदा अहिलेको पुस्ता लाई इतिहास बनेको छ । पुरातात्वीक हिसावले पनि फालावाङ् र थर्कोटको पहाड महत्वपूर्ण मानिन्छ । एशिया कै ठूलो उपत्यका दाङ्को गहनाको स्वरुप देखिने थर्कोट आसपासका ऐतिहासिक सम्पदाको वारेमा अध्यन अनुसंन्धान हुन सकेको छैन । फालावाङ्का राजाहरु भारतमा वि सं १९६२ साल देखि कोइलावास नजिक जरुवा भन्ने स्थानसम्म रेलको यातायात संन्चालन भएदेखि काठमाण्डौ अथवा भारतिय अन्य भूमिमा जादा फालावाङ्,दाङ् तुलसिपुर हुदै भारतको वलरामपुर स्थित पाटनदेवी मन्दिरमा वास वस्दै यात्रा गर्नेक्रम सुरु भयो । राज्य सञ्चालनको क्रममा ६-६ महिना दाङ् र फालावाङ् गर्नुपर्ने हुदा वि सं १९८८–९१ को विचमा हाल अञ्चल अस्पताल रहेको स्थान तुलसिपुरमा ३५ कोठाको दुईतले पक्की दरवार पनि वनाएका थिए । पछि राज्य रजौटा ऐन उन्मूलन भएपछि २०२१ सालमा ५ विघा ६ कट्ठा १२ धुर जमिन भित्रको तुलसिपुरको दरवार १ लाख ६५ हजार मा फालावाङ् राजा गेहेन्द्र वहादुर शाह ले सरकार लाई विक्री गरेका थिए ।
जनयुद्ध ताका दरवार रेखदेखको जिम्मा पाएका स्थानिय व्यक्तिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण बेवारिसे बन्न पुगेको यो दरवारले आफ्नो अस्तित्व गुमाउन गयो । दरवारको अस्तित्व नभएपनी दरवार छेउ बटुकभैरव प्रांगणमा रहेको प्राचिन लिपिबद्ध अक्षरहरुले यो क्षेत्रको प्रचिनता तथा ऐतिहासिक महत्वलाई परिभाषित गरिरहेको देखिन्छ ।