Breaking News

सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने भ्वाइससँगै सफ्टवेयर समिट २०१५ सम्पन्न

Feb Tue 2020 05:40:32

352 views

सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने भ्वाइससँगै सफ्टवेयर समिट २०१५ सम्पन्न

काठमाडौंमा क्यान महासंघले आयोजना गरेको सफ्टवेयर समिट २०१५ मा बोल्दै सचिव मल्लले यस वर्ष राष्ट्रिय ब्रोडब्यान्ड नीति र आइसिटी नीति कार्यान्वयनमा आएसँगै सरकारले इन्टरनेट र प्रविधि क्षेत्रमा दीर्घकालीन रणनीतिका साथ काम थालेको बताए । उनले विज्ञान मन्त्रालयमा रहेका सबै सूचना प्रविधिका जिम्मेवारीलाई आइसिटी मन्त्रालयमा सारेपछि अझ चुस्त रुपमा काम गर्न सहज भएको पनि बताए । ग्रामिण दुरसंचार कोषलाई प्रयोगमा ल्याई गाँउगाउँसम्म प्रविधि क्षेत्रको विकास र विस्तारका लागि काम गरिरहेको समेत मल्लले जानकारी गराए ।SOFTWARE-SUMMIT-CAN 2015

कार्यक्रमका विशिष्ट अतिथी तथा दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले प्रविधी उद्योगको भविष्य उज्ज्वल रहेको बताउँदै यस क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई निराश नभई उत्प्रेरित हुन आग्रह गरे । हरेक क्षेत्रको विकासका लागि आइटी आवश्यक भएकाले अन्तर्राष्ट्रिय कन्सल्टेन्टसँग सहकार्य गर्दै सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने उनले बताए । त्यस्तै कार्यक्रमका अतिथी तथा सूचना प्रविधी विभागका निर्देशक विरेन्द्र कुमार मिश्रले नेपालमा सफ्टवेयर क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरोकारवाला सवैले समन्वयकारी भूमिका खेलेर अघि बढ्नु पर्ने धारणा राखे । साथै उनले बिजनेसलाई रुपान्तरण गर्न म्यानुअलबाट अटोमेसनमा जानु पर्ने बताउंदै यसका लागि आवश्यक आइटीमैत्री नीति र पूर्वाधार तयार पार्न काम भइरहेको बताए ।

क्यान महासंघका अध्यक्ष ई. बिनोद ढकालले नेपालमा सफ्टवेयर कम्पनीहरुको विकास र विस्तारका लागि सक्दो पहल गरिरहेको र सरकारले पनि यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । त्यस्तै क्यान महासंघका महासचिव बिश्वराम बलामीले नेपाली सफ्टवेयर कम्पनी तथा सफ्टवेयरको प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको वताउनु भयो । यसघि प्यानल छलफलमा बोल्दै सूचना प्रविधि व्यवसायीहरु सुरेश रेग्मी, ज्योति तन्डुकार, दामोदर अधिकारी, विश्वास ढकाल दिपेश प्रधानले यस क्षेत्रका समस्याहरुको चर्चा गरेका थिए । उनीहरुले राज्यले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा नराख्दा धेरै चूनौती थपिएको गुनासो गरे । विविध नीतिगत तथा भूक्तानि समस्या सामना गरिरहेकाले यसको समाधानका लागि सरकार र नीजि क्षेत्रले पहल गर्नुपर्ने मा पनि उनीहरुले जोड दिए ।

सफ्टवेयर समिटमा विभिन्न सफ्टवेयर कम्पनीहरुले आफ्नो उत्पादनहरुको प्रदर्शन तथा प्रवद्र्धन गरेका छन । समिटमा छनौटमा परेका १० वटा सफ्टवेयर कम्पनीहरु सहभागि थिए । ति कम्पनीहरुले आफूले उत्पादन गरेको विभिन्न सफ्टवेयरहरु प्रदर्शन गर्नुका साथै कार्यक्रममा सहभागिहरुलाई ति सफ्टवेयरका वारेमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?