Breaking News

चीनले मसँग भनेको थियो- नेपालमा केही गर्न सक्दैनौं, भारतसँग सम्बन्ध बनाउनुस्: भट्टराई

Feb Wed 2020 02:40:10

759 views

चीनले मसँग भनेको थियो- नेपालमा केही गर्न सक्दैनौं, भारतसँग सम्बन्ध बनाउनुस्: भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै चीनले नेपालमा केही गर्न नसक्ने र यसकालागि नेपालले भारतसँग सम्वन्ध सुधार गर्नुपर्ने सुझाव चीनका पूर्वप्रधानमन्त्री वेन जियाबाओले नेपाललाई दिएको बताएका छन्।

भारतीय समाचार संस्था सीएनएन-आइबिएनमा काम गर्ने पत्रकार आँचल भोरासँग कुरा गर्दै भट्टराईले उक्त कुरा बताएका हुन्। उनी उक्त समाचार संस्थामा बैदेशिक मामला सम्पादकका रूपमा कार्यरत छन्।

‘भट्टराई भन्छन्,‘प्रधानमन्त्री वेन जियाबाओले मलाई भनेका थिए: चीनले खासै केही गर्न सक्दैन, भारतसँग सम्वन्ध सुधार गर,’ उनले टुइट गरेकी छिन्। वेन जियाबाओले २०१२ को जनवरीमा नेपालको छोटो भ्रमण गरेका थिए। त्यस समयमा बाबुराम भट्टराई नेपालका प्रधानमन्त्री थिए।

उक्त अन्तर्वार्ता आज नै प्रशारण हुने बताइएको छ। अहिलेको संवेदनशिल स्थितिमा आफू प्रधानमन्त्री हुँदा चिनियाँ समकक्षीसँग राज्यस्तरमा भएको कुराकानीका कुन कुन अंश उनले भारतीय मिडियालाई भने त्यसबारे थाहा पाउन अन्तर्वार्ता नै पर्खनुपर्नेछ। उनले कुन सन्दर्भमा उक्त कुरा भने भन्ने जान्न पनि पूर्ण अन्तर्वार्ता हेर्नुपर्नेछ।

भोराका अनुसार, नेपालको आन्दोलनमा भारतको कुनै हात नरहेको पनि भट्टराईले अन्तर्वार्ताका क्रममा बताएका छन्। नेपाल सरकारले आफ्नो समस्याबाट भाग्न मात्र भारतीय भूत जगाएको भट्टराईको भनाइ छ।

नाकाबन्दीको सेरोफेरोमा सीएनएन-आइबिएनको नेपालसम्बन्धी समाचार मुख्यतः भारतीय संस्थापनको नेपाल नीति प्रचारप्रसार गर्नमा सिमित छ। उक्त समाचार संस्थाले नेपालमा संविधान जारी हुनुका पछाडि चिनियाँहरूको हात रहेको समाचार पनि दिँदै आएको छ।

-setopai.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?