-डा. सुशील कोइराला
चिकित्सा पेसा सोझै मानिसको जीवनस“ग जोडिएको छ । उपचारका क्रममा बिरामीको ज्यान गयो भने पनि कानुनले चिकित्सकलाई उन्मुक्ति दिएको हुन्छ । लाइसेन्स नलिँदै उपचार गरेर बिरामी परे स्वास्थ्यकर्मीहरु ज्यानमाराको मुद्दामा पर्छन् । नन् डाक्टर, क्वाक आदि पनि यही प्रावधानअन्तर्गत कारबाहीको दायरामा आउँछन् । तर, चिकित्सकले उपचारका क्रममा कसैको ज्यान गए त्यहाँ ज्यानमारा मुद्दा आकर्षित हुँदैन । कुनै गल्ती कमजोरी गरेको भए मात्र ‘मेडिकल इथिक्स’को विषय आकर्षित हुन्छ र छानबिन पनि उचित कारबाही गरिन्छ । चिकित्सा क्षेत्रमा गुणस्तर र संवेदनाको कुरालाई जोड दिनुको कारण पनि यही हो ।
आधुनिक चिकित्सा पद्धतिमा हामी प्रयोग वा परीक्षणमा आधारित हँुदै गएका छौँ । परीक्षण नगरेर स्वविवेकको ज्ञान प्रयोग गर्दा पनि हुन्थ्यो । तर, परीक्षण गरिदिए पनि हुने भयो । यसरी बनेको दोहोरो मापदण्डलाई ‘इथिक्स’ले काम गर्छ । मानौँ, कुनै बिरामीलाई ज्वरो आएको छ, अलिअलि खोकी पनि छ । यतिले उपचार हुन्छ भनेर औषधि दिन पनि सकिन्थ्यो । तर, यसमा परीक्षण गर्न पनि मिल्छ । त्यसैले मेडिकल साइन्सलाई आर्ट र साइन्स अर्थात कला र विज्ञानको संयोजन पनि मान्न सकिन्छ । हामीलाई ज्ञान, सिप र कला चाहिनुको कारण नै उपचारमा उच्चतम सुरक्षाको उपाय अपनाउनु र बिरामीलाई सकेसम्म दुःख नदिनु हो ।
आवश्यकभन्दा बढी उपचार हुनु राम्रो होइन, कम हुनु झनै राम्रो होइन । यी दुईको बीचमा रहन आचरण, व्यवहार, मेडिकल विज्ञानको धर्म पालना हुनैपर्छ । ज्ञान नभएको विषयमा विशेषज्ञता प्रकट गरेर बिरामीलाई बारम्बार घुमाइराख्ने एकथरी चिकित्सक छन् । समस्या नभएका बिरामीलाई रिफरका नाममा नचलेको क्लिनिकमा पठाएर खल्ती रित्याइदिने अर्काथरी छन् । ‘आइहाल्नुभयो, कानस“गै एकपटक छातीको पनि देखाइहाल्नुस्’ भनेर झन्झट दिनेहरु निकै छन् । १५/२० वर्षदेखि बिरामीलाई नचाएर र घुमाएर हैरान पर्ने डाक्टरहरुको जमात बजारमा बग्रेल्ती छ ।
उसो त बजारमा नया“ मिहिनेती चिकित्सकहरु पनि आइरहेका छन् । तर, उपचारका क्रममा प्रख्यातिका लागि निकै कडा औषधि सिफारिस गरेर निको बनाइदिने प्रवृत्ति तिनीहरुमा छ । सामान्य ज्वरो आएकालाई थर्ड जेनेरेसनको एन्टिबायोटिक दिइहाल्ने स्वभावका डाक्टरले अरुमा राम्रो सन्देश त दियो । तर, कालान्तरमा बिरामीलाई पराजित गराउँछ । कतिपय डाक्टरमा विशेषज्ञता नभए पनि आफूले सक्छु भनेर अल्झाइरहने तर सक्षम र योग्य डाक्टरकहाँ रिफर नगर्ने परिपाटी छ । अरुले सफल उपचार गरे आफू कमजोर भइन्छ भन्ने स्वभाव भएकाहरु प्नि छन् ।
कतिपय अवस्थामा निकै शंकालु खालका बिरामी पनि आउछन् । इन्टरनेट हेर्ने, आवश्यकताभन्दा बढी जाँचबुझ गर्ने खालका बिरामीलाई ५० थरीका परीक्षणको सिफारिस दिएर खल्ती रित्याउन लगाइन्छ । त्यस्तो बिरामी आए डाक्टरलाई हुनसम्म सहज हुन्छ । डाक्टरले दुई मिनेट बढी समय दिएर यथार्थ कुरा सम्झाउने/बुझाउने गर्न खोज्दैनन् ।
डाक्टरमा नैतिकता र आत्मसंयमको पाटो अहिले डामाडोलको स्थितिमा छ । यसको मूल कारण मेडिकल शिक्षासँग जोडिन्छ । आर्थिक उदारीकरणका नाममा नेपालमा मेडिकल शिक्षालाई प्रशस्त मात्रामा विकृत गरियो । विदेशमा गएर पढ्नुको साटो नेपालमै पढ्दा पुँजी पलायन रोकिन्छ भन्दै धमाधम सम्बन्धन दिने काम भयो, गुणस्तरमा पटक्कै ध्यान जान सकेन । कारखानाबाट सामानसरह डाक्टर उत्पादन हुन्छ भन्नेसम्मका तर्क आए । नेपालमा कति जनशक्ति आवश्यक छ, कहिल्यै अध्ययन गर्न जरुरी ठानिएन ।
चिटिक्क परेर आएको छ, एक/दुईवटा क्लास लिन्छ । चिल्लो र आकर्षक पजेरो चढेर फेरि नर्सिङ होममै कुद्छ । यस्तो परिस्थिति हेरेको विद्यार्थीले असल संस्कार सिक्न सकेन ।
धमाधम खुलेका मेडिकल कलेजमा अध्यापनतर्फ आवश्यक जनशक्ति पुगेन । नर्सिङ होमदेखि अन्यत्रका चिकित्सक धमाधम मेडिकल कलेजमा आए । चिटिक्क परेर आएको छ, एक/दुईवटा क्लास लिन्छ । चिल्लो र आकर्षक पजेरो चढेर फेरि नर्सिङ होममै कुद्छ । यस्तो परिस्थिति हेरेको विद्यार्थीले असल संस्कार सिक्न सकेन । बिहान आउने, दुइटा क्लास लिने, चिल्लो कार चढेर फेरि क्लिनिक जाने खालको पात्र उनीहरुको आइडल बन्न थाल्यो । यही विन्दुबाट नै विद्यार्थीले खराब आचरणको कखरा सिक्न थाल्यो ।
उदाहरणकै रुपमा हेरौँ, भारतको अल इन्डिया मेडिकल साइन्सेजमा अध्यापक र विद्यार्थीले बाहिर प्राक्टिस गर्नै पाउँदैनन् । कलेजमा मात्रै रहन्छन्, पढ्छन्, पढाउँछन् । जर्नलमा लेख्छन्, विदेश जान्छन् र सम्मेलनमा भाग लिएर नयाँ कुरा सिक्छन् । यो रोलमोडेल बनेको भए नेपालको संस्कार पनि फरक हुने थियो । गाडीभन्दा पनि जर्नलमा छापिने लेख र शोधका लेखक रोलमोडल बन्ने थिए । धेरै मिहिनेतका साथ पढाउनेको सम्मान हुन्थ्यो । दक्षिण भारतमा लुंगी र चप्पल लगाएर आउने प्रोफेसरको ज्यादा इज्जत थियो र छ । तर, यहाँ कसको चिल्लो र ठूलो कार भनेर प्रतिष्ठाको मापन गरिन्छ । त्यही डाक्टर कुनै सभा सम्मेलनमा गयो भने ब्याक बेन्चर बनेर सुन्छ । उसमा प्राज्ञिक ज्ञान र निपुणताको अभाव सधैँ कायम रहन्छ ।
मेरो अनुभवले भन्छ, मेडिकल साइन्समा संस्कार नै बिग्रियो । हामी माथिल्लो अथवा नीतिगत तहमा मात्रै कुरा गर्छौं । तर, विकृति तल्लो तहबाट सुरु हुन्छ । गलत विद्यार्थीले मेडिकल साइन्स पढुन्जेल नै कुरा धेरै बिग्रिसकेको हुन्छ । बाबुआमा नबन्दै एकथरीलाई आफ्नो सन्तान चिकित्सक बनाउनु छ । अनि सन्तानलाई पनि रातारात डाक्टर बन्नु छ ।
मेडिकल इथिक्स कानुन, दण्ड सजायभन्दा पनि माथि रहने कुरा हो । यसलाई संस्कारका रुपमा विकास गर्नु जरुरी छ । त्यसका लागि असल चिकित्सक नै रोलमोडल बन्नुपर्छ । उसको सम्पत्तिभन्दा पनि चरित्र र आचरणलाई महत्व दिइनुपर्छ ।
मेडिकल इथिक्स कानुन, दण्ड सजायभन्दा पनि माथि रहने कुरा हो । यसलाई संस्कारका रुपमा विकास गर्नु जरुरी छ । त्यसका लागि असल चिकित्सक नै रोलमोडल बन्नुपर्छ । उसको सम्पत्तिभन्दा पनि चरित्र र आचरणलाई महत्व दिइनुपर्छ । संस्कारको कुरा गर्दा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीका लागि पहिलो तीन महिना मौकाका रुपमा हेर्नुपर्छ । उनीहरुलाई मेडिकल शिक्षाको सेवामुखी लक्ष्य र कठिनाइबारे ज्ञान दिने र त्यसको परीक्षणबाट उत्तीर्ण भएकाहरुलाई मात्रै प्रवेश परीक्षा दिनुपर्छ । विदेशमा रहेको प्रिमेडिकलको परीक्षण नेपालमा कडाइका साथ सञ्चालन गर्ने हो भने हाल देखिएका विकृतिको सम्बोधन हुन्छ ।
नेपालमा अन्य क्षेत्रमा विभिन्न मापदण्ड छ । तर, स्वास्थ्यमा भने गुणस्तरको अभाव छ । एक, दुई कोठामा भेन्टिलेटर र बेडको संख्या तोकेर मात्रै पुग्दैन । मेडिकल गुणस्तरको अडिटिङ नै हुन सकेको छैन । विभिन्न अस्पतालले हामीले यति उपचार ग¥यौँ भनेर प्रचारप्रसार गर्छन् । तर, त्यसको सफलताको दर, भविष्यमा आउने समस्या आदिको गुणस्तर परीक्षण हुन सकेन । कतिपय अस्पतालको अपरेसन थिएटरमै इन्फेक्सन भेटिएको छ । यी पक्षलाई कसरी हेर्ने ?
नक्कली प्रमाणपत्रधारी चिकित्सककै पाटोमा जाऔँ । नक्कली प्रमाणपत्र ल्याउने चिकित्सकमा अधिकांश भारतको बिहारका छन् । त्यहाँ एसएलसीदेखि नै समस्या थियो । हामीले नेपाल मेडिकल काउन्सिलमा हुँदादेखि नै यसलाई हटाउन खोजे पनि सकेका थिएनौँ । नक्कली प्रमाणपत्रको समस्यालाई कडा कानुनी प्रावधानले उपचार गर्न थाल्ने हो भने ‘नक्कली शिक्षक’झँै उनीहरु पनि आफैँ राजिनामा दिएर पाखा लाग्छन् । यो ठूलो समस्या नै होइन ।
समाजमा डरलाग्दो पक्ष सक्कली डाक्टरहरुकै हो । प्रमाणपत्र छ, सक्कली नै हो तर गुणस्तर छैन । जसले गर्दा बिरामीको जीवन जोखिममा छ । नेपालका चिकित्सकहरुलाई एकपल्ट प्रमाणपत्र लिएपछि आजीवन स्वास्थ्य परीक्षण गर्न पाउने छुट छ । त्यसको अन्त्य गरेर प्रमाणपत्रको निरन्तर नवीकरण गर्नु जरुरी हुन्छ ।
समाजमा डरलाग्दो पक्ष सक्कली डाक्टरहरुकै हो । प्रमाणपत्र छ, सक्कली नै हो तर गुणस्तर छैन । जसले गर्दा बिरामीको जीवन जोखिममा छ । नेपालका चिकित्सकहरुलाई एकपल्ट प्रमाणपत्र लिएपछि आजीवन स्वास्थ्य परीक्षण गर्न पाउने छुट छ । त्यसको अन्त्य गरेर प्रमाणपत्रको निरन्तर नवीकरण गर्नु जरुरी हुन्छ । यो प्रावधानका लागि प्रक्रिया पनि सुरु भएको हो तर मेडिकल काउन्सिलमा गएर रोकिएको छ । यसमा कसैलाई रुचि छैन । निरन्तरताका कारण बदमासी गरे पनि एकपटक सम्भव नभए पटक पटकमा ‘ट्रयाक’ गर्न सकिन्थ्यो ।
नक्कली प्रमाणपत्र लिएर मिहिनेतका साथ सक्कली डाक्टर बनेका पनि छन् । कतिपय सुरुदेखिकै नक्कली छन् । कतिपयले छात्रवृत्तिमा आवेदन दिन पनि नक्कली बनाए होलान् । अर्काथरी प्रमाणपत्र लिएका तर कहिले पनि नपढेका महानक्कली छन् । तिनका लागि पटक÷पटक परीक्षणको व्यवस्था ल्याए सहज हुन्छ ।
नेपालको मेडिकल शिक्षा सुधारका लागि मेरो अर्को सुझाव पनि छ । चिकित्सकलाई तीन खालको विकल्प हुनुपर्छ । चिकित्सक बनेपछि सरकारी सेवा, मेडिकल शिक्षा वा निजी स्वास्थ्य निकायमध्ये एउटा विकल्प छान्न दिने । सरकारी सेवाका लागि उसलाई पर्याप्त सुविधा र सहुलियत दिनुपर्छ । भारतलगायतका केही मुलुकमा यस्तो अभ्यास छ । ऊ गाउँ वा दुर्गममा जान्छ, सेवा दिन्छ, बस्छ । आम्दानीका लागि उसलाई क्लिनिक खोल्न जरुरी नै नपर्ने सुविधा उपलब्ध गराउन सकिन्छ ।
राइभेट प्राक्टिसमा रुचि देखाए कलेज अन्तर्गतकै स्वास्थ्य निकायमा काम गर्नुपर्छ । यस्तो व्यवस्था भए वीरजस्ता सरकारी अस्पताल बिहान ५ देखि राती ८ बजेसम्म सञ्चालन हुन सक्छन् । अर्कोतर्फ निजी स्वास्थ्य निकायलाई पनि पूर्णरुपमा कमाऊ, कर तिर र निश्चित सामाजिक दायित्व पूरा गर भन्ने म्यान्डेट दिनुपर्छ ।
मेडिकल शिक्षामा लाग्ने अर्को विकल्प हो । ऊ प्रोफेसर, एसोसिएट प्रोफेसर वा रिसर्चका काममा संलग्न हुन्छ । प्राइभेट प्राक्टिसमा रुचि देखाए कलेज अन्तर्गतकै स्वास्थ्य निकायमा काम गर्नुपर्छ । यस्तो व्यवस्था भए वीरजस्ता सरकारी अस्पताल बिहान ५ देखि राती ८ बजेसम्म सञ्चालन हुन सक्छन् । अर्कोतर्फ निजी स्वास्थ्य निकायलाई पनि पूर्णरुपमा कमाऊ, कर तिर र निश्चित सामाजिक दायित्व पूरा गर भन्ने म्यान्डेट दिनुपर्छ । विद्यार्थीले मेडिकल शिक्षा लिन थालेदेखि नै उसले कुन मोडेलमा जाने पहिल्यै तय गर्नु उपयुक्त हो ।
नेपालमा भने सरकारी जागिर पनि खाने, मेडिकल कलेजमा पनि पढाउने र क्लिनिक पनि धाउने ‘थ्री इन वान’ मोडल देखा प¥यो । हुदा हुदा अवकाशपछि कुनै नर्सिङ होम वा प्राइभेट अस्पतालमा जान्छ । र, अस्पतालले स्वागत गरेको चिठी पत्रिकामा ठूलो विज्ञापनको रुपमा छापिन्छ । यस्तो प्रवृत्तिले नै आचारसंहिता उल्लंघनलाई सहयोग पु¥याउने हुन्छ । माथि उल्लेख गरिएको मोडेलले जाने हो भने चिकित्सकले एउटा क्षेत्र छान्ने अवसर पाउँछ र त्यसमा अर्को पाटो नजोडिने भएकाले ‘स्वार्थको द्वन्द्व’ हुन पाउँदैन ।
नियमनकारी निकायको प्रभावकारी भूमिका नहुँदा पनि यस्तै समस्या आइरहेका छन् । स्वास्थ्यको गुणस्तरको पाटो काउन्सिलले हेर्नै सकेन । केवल डाक्टरको दर्ता र मेडिकल कलेजको सम्बन्धनमै काउन्सिलको समय बित्ने गरेको छ । नेपालमा स्वास्थ्य गुणस्तर हेर्न कुनै न कुनै संयन्त्र जरुरी छ । यस्तो व्यवस्थाले मात्रै ‘माल प्राक्टिस’ रोकिन्छ । काउन्सिलमा पनि केही सुधार भएको छ तर त्यो पर्याप्त छैन । निर्वाचनबाट जितेर आएपछि जे पनि गर्न पाउने सोच हावी छ । चुनाव जित्न नै एकखालको सम्झौता गर्नुपर्ने अवस्था छ । ५०/६० लाख खर्च गरेर काउन्सिल जानेले मेडिकल शिक्षाको वकालत गर्ने ? हामीले काउन्सिलको संरचना सुधारतर्फ पनि सोच्नुपर्छ ।