सोलारमा सरकारले दिने अनुदान कसरी लिन यसो गर्नुहोस्
Feb Wed 2020 02:40:32
727 views
नेपाल सरकारले घरायसी वा व्यवसायिक प्रयोजनका लागि सौर्य उर्जामा अनुदान उपलव्ध गराउने भएको छ।
बजेट वक्तव्यमार्फत घोषणा गरिएको कार्यक्रमअन्तर्गत जडान खर्च र सरल कर्जा तथा व्याजदरमा अनुदान उपलव्ध गराउन थालिएको हो। अनुदानका लागि सीमित कोटा भएको भन्दै वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले आवद्ध हुन चाहनेलाई केन्द्रको कार्यालय खुमलटारमा सम्पर्क राख्न अनुरोध गरेको छ।
घरायसीतर्फ १ सयदेखि १५ सय वाटसम्मको सोलार जडानका लागि २. २५ प्रतिशत व्याजदर तथा व्यवसायिक तर्फ १५ सय वाटभन्दा माथिको सोलार जडानका लागि ४. ५ प्रतिशत व्याजदरमा कर्जा दिइने बताइएको छ। त्यस्तै जडान कार्यमा पनि विशेष छुट दिइने बताइएको छ।
कसरी लिने अनुदान ?
वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको वेबसाइटबाट फाराम डाउनलोड गरी फाराम भर्नुपर्नेछ। फाराम भरेपछि भरेको फाराम र फाराममा तोकिएको कागजातसहित केन्द्रको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
जडानका लागि कर्जा रकम लिन चाहेमा एनएमबी बैंकको फोन नं. ०१ ४६७१४४४ (उज्वलदास श्रेष्ठ) तथा सिभिल बैंकको फोन नं. ०१ ४१६९०४० मा (युवराज घिमिरे) सम्पर्क राख्न आग्रह गरिएको छ।
सम्पूर्ण कागजातहरु पेश गरेको खण्डमा बैंकबाट ७ दिनमा कर्जा दिइने बताइएको छ। जसअन्तर्गत धितोस्वरुप सौर्य उपकरणहरु राखिने जनाइएको छ।