Breaking News

नेपाली पतिले यसरी यातना दिदा फिलिपिनी महिला जोयाले नेपाल छोड्नुपर्यो

Feb Tue 2020 05:40:48

284 views

नेपाली पतिले यसरी यातना दिदा फिलिपिनी महिला जोयाले नेपाल छोड्नुपर्यो

बिगत केहि दिन देखि सामाजिक संजालहरु देखि रास्ट्रिय छापा तथा बिधुतिय पत्रिकाहरुमा ‘फिलिपिनी महिला जोयालाई नेपाली पतिले यातना दियो र गैर सरकारी संस्थाको सहायताले दुई छोराका साथ रुँदै नेपालबाट बिदा भइन् फिलिपिनो ‘जोया’ भन्ने एउटा समाचारले निकै सनसनी मच्चायो”

मध्यमान्चल विकास क्षेत्र नारायणी अन्चल अन्तर्गत पर्ने चितवन जिल्लाको रत्ननगरमा बस्ने जिवन थापा रोजगारीको सिलसिलामा केहि बर्ष अगाडी दुबई पुगे । काम गर्दै जाँदा ईसाई धर्मावलम्बी फिलिपिनी महिला जोयालिन ग्रेस टेलेरमो माइजारेस अर्थात छोकरिमा बोलाउने नाम ‘जोया’ संग माया प्रिती बस्यो । जोयालिन ग्रेस टेलेरमो माइजारेस अर्थात जोया संग सम्बन्ध गाँसिदै गए पछी एक आर्का बिना बाच्न नसक्ने भए । बिवाह गरे तर नेपालमा कानूनीरुपमा बिवाह दर्ता गरेनन ।

हाम्रा बीर गोर्खालीका छोरा जिबन थापा लागु औधधका पारखी रैछन । कुलतमा लागेको थाहा पाएर पक्राउ खाए । आफ्ना प्रेमी पक्राउ खाएको देख्न सकिनन । नेपाली प्रेमीको माया प्रेममा अन्धो बनेकी तिनले आफैले बिदेसी भूमिमा पसिना बगाएर कमाएकी धन सम्पति खर्चेर छुटाएर मिठा मिठा ठुला सपना बोकेर पतिको जन्मघर नेपाल ल्याईन किनभने नारीको लागी कर्म भन्दा जन्मघर ठुलो हो भनेर त्यसै भनिएको हैन ।

एयरपोर्टमा पुगेर जोयाले के भनिन ? हेर्नुहोस भिडियो …

https://youtu.be/-uyvhjxfs3U

गल्ति त सुरुमै जोयाले गरेकी थिइन । लागु औषधको अम्मली भनेर थाहा हुँदाहुँदै पनि दुबईको जेलमा सड्न दिनु पर्नेमा प्रेममा अन्धो भएर सर्वस्व सुम्पीएर लुटायेर नेपाल आउनु जीवनकै सबैभन्दा ठुलो भुल भयो । आउना साथ सुरु भयो तिनको दुर्दिनको कथा । यातना र घरेलु हिंशामा पर्दा पनि कहिँ कतै उजुरबाजुर गर्न गईनन । लोग्ने सुध्रेला कि भन्ने आस गर्दागर्दै दुई सन्तानको आमा समेत बन्न पुगिन ।

लोग्नेको यातना र भोको पेटको ज्वाला सहन नसकेर भौतारिदै हिनेका ति बिदेसी चेली जोया अन्तिममा गैर सरकारी संस्थाको सरणमा पुगिन । तिनको कथा देसी बिदेसी सबैको कानमा पुग्यो । माया मारेको छोरी नेपालमा छ भनेर फिलिपिन्समा बसेका बाउ आमाले पनि थाहा पाए । उद्धार गरेर स्वदेस फर्काउने योजनामा गैर सरकारी संस्थाका कर्मचारीहरु लागे,

तर,

जोया दुई सन्तानकि आमा हुन । ति सन्तान नेपाली नागरिक जीवन थापाको हो भन्ने कुरा गैर सरकारी संस्थाल चलाउनेहरुले कसरि बिर्से ? जीवन थापा लागु औषध दुर्व्यसनी हुन र जोया माथि अक्षम्य अपराध गरेका छन । गल्ति गर्ने माथी कानूनी कारबाही गरेर जोयालाई जीवन थापाको श्रीमती हो र दुई सन्तान जिबन थापाकै हो भनेर कानूनी उपचार देखि श्रीमती तथा छोछोरिको लागी आधा अंश दिलाई दिनु पर्ने हैन ?

जोयालाई फिलिपिनी दुताबासले भिषा खर्च तिरिदिनु अथवा उद्धार गर्नु कुनै नया र ठुलो कुरा हैन त्यो फिलिपिनी दुताबासको कर्तब्य भित्र पर्न आउछ । जसको लागी सर्वस्व सुम्पेर आइन उसैले धोखा दिए पछी हृदय रुनेनै भयो त्यसैले जोया पतिको यातना सहन नसकेर माईतिघर फिलिपिन्स फर्किनु त्यो उसको बाध्यता हो । चाहना पक्कै पनि हैन ।

जिबन र जोयाको सहबास बाट जन्मिएका ति दुई अबोध नानीहरुले भोलि पिता पक्कै पनि खोज्लान । नागरिकताको कुरो पनि उठ्ला । जोयाले आफुले पाएको दुख कष्ट र हण्डर देखि पतिले दिएको यातनाको कथा पनि पक्कै आफ्ना हुर्केर लक्का जवान भएका सन्तानहरुलाई सुनाउलिन । तिनका सन्तानले त्यो कथा सुने पछी नेपाल र नेपालीहरु प्रति हेर्ने दृस्टी कस्तो होला ? त्यो भन्दा पनि ठुलो देसको इज्जतको सारा संसार सामु निलामी गर्ने अधिकार गैर सरकारी संस्था देखि चितवन प्रशासन लाई कसले दियो भनेर प्रश्न गर्ने कोहि पनि देखिएन । जोया माईतिघर फिलिपिन्स फर्किदैमा समस्या हल भयो भनेर घिरम्ले नाक बनाउने सबै अबुझहरु ? बीर गोर्खालीको देस भनेर चिनिएको नेपालको ईज्जत संसार सामु निलामी भएको भरपाई चै कसले गर्छ ?

२०४६ साल पछी नेपालमा च्याउ जस्तरी बिदेसिको दान सहयोग र खैरातमा बग्रेल्ती गैह्र सरकारी संस्थाहरु खुलेका छन । मानव अधिकारका ठुला ठुला कुराहरु गर्छन । थोत्रा माईक जस्ता थुतुना भएका अधिकारबादीहरु बिक्रम ट्याम्पु जस्तरी पड्किन्छन । सर्वस्व लुटायेर नेपाल भित्रिएकी ति चेलीको हक हितमा आवाज उठाउदै ‘दोषीलाई कारबाही गर, बिदेसी पिडित जोयालाई न्याय दिने’ भनेर आवाजचै किन उठाएनन ? जवाफ दिनु पर्दैन ?

-श्रोत : पाथिभारामिडिया डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?