Breaking News

ट्विटरमा फलोअर बढाउन यसो गर्नुहोस्

Feb Tue 2020 05:40:35

788 views

ट्विटरमा फलोअर बढाउन यसो गर्नुहोस्

ट्विटर एक समाजिक सञ्जाल हो । आजकाल युवाहरुमा ट्विटरको प्रयोगतर्फको क्रेज अत्याधिक बढ्दै गइरहेको पाइन्छ । यसकारण कुनै व्यक्ति, समूह, कम्पनि अथवा उत्पादनको प्रवद्र्धन तथा विज्ञापनको लागि ट्विटर उत्कृष्ट उपाय हुन सक्छ । तर, यदि तपाईँले आफ्ना फलोअर बढाउन सक्नु भएन भने ट्विटरमा गरिएको विज्ञापन त्यत्ति प्रभावकारी हुँदैन । त्यसैले जति धेरै फलोअर तपाईँले बनाउन सक्नुभयो, तपाईँको उत्पादन त्यत्ति नै प्रख्यात हुँदै जाने सम्भावना रहन्छ । यसका लागि ट्विटर एकाउन्ट खोलेर मात्र भएन, फलोअर पनि अत्याधिक बनाउन सक्नुपर्यो । जसका लागि तपाईँले यी उपायहरु अपनाउन सक्नुहुन्छ ।

twitter bioट्विटर बायो ट्विटर वायोमा राखिएको सूचना नै फलोअरहरुले तपाईँको बारेमा जान्ने एकमात्र बाटो हो । त्यसैले ट्विटरमा आफ्नो बारेमा यसरी वर्णन गर्नुहोस् कि त्यसलाई पढेर कसैले पनि तपाईँलाई फलो नगरि बस्न नसकोस् । तपाईँ आफ्नो के कुराले अरुलाई आकर्षित गर्न सक्नुहुन्छ, त्यही कुरा ट्विटर वायोमा राख्नुहोस् ।

twitter-followअरु युजरलाई फलो गर्नुहोस् सँधै आफूलाई मात्र अरुले फलो गर्नुपर्छ भन्ने एटिच्युड राख्नुहुन्छ भने तपाईँको फलोअर बढ्ने अवसर एकदमै कम हुन्छ । त्यसैले आफू पनि अरु युजरलाई फलो गर्ने गर्नुहोस् । तर, जो पायो त्यसैलाई भने फलो नगर्नुहोस् । एकदमै विचारेर र ट्विटर वायो हेरेर फलो गर्ने गर्नुहोस् । यसबाट त्यस व्यक्तिले तपाईँलाई फलो ब्याक गर्न सक्छन् जुन अवसर तपाईँ विल्कुल नगुमाउनुहोस् ।

क्रियाशील रहनुहोस् ट्विटर एकाउन्ट खोलेर त्यत्तिकै छोडेर अथवा चेक मात्र गरेर तपाईँलाई अरुले फलो गर्दैनन् । अरुले तपाईँलाई फलो गर्नका लागि तपाईँमा त्यो चिज हुनुपरयो जुन उनीहरु चाहन्छन् या मन पराउँछन् । यसका लागि तपाईँ ट्विटरमा अपडेट भइरहनुपर्छ । आफ्ना फलोअर तथा आफूले फलो गरेकाहरुसँग अन्तक्रिया गरिरहनुहोस् । यसले तपाईँप्रति उनीहरुको सकारात्मक छाप पर्ने हुन्छ।  साथै तपाईँले गरेका ट्विटहरु हेरेकै भरमा अरु युजरले पनि तपाईँलाई फलो गर्न सक्छन् ।

स्रोत बन्नुहोस् सामाजिक सञ्जाल एक सूचनाको भण्डार भएकै कारण मानिसहरु यसको प्रयोग गर्दछन् । यस्तोमा तपाईँले नै कतिपय सूचना प्रदान गर्ने गर्नुभयो भने तपाईँप्रति ट्विटर युजरहरुको आकर्षण बढ्ने हुन्छ । त्यसैले, रोचक समाचारहरु शेयर गर्ने, स्टाटरहरु पोस्ट गर्ने, नयाँ सूचनाहरु पोस्ट गर्ने लगायतका कामहरु गरिरहनुहोस् ताकि तपाईँलाई फलो गर्नेहरु तपाईँका अडियन्स बनुन्, तपाईँलाई नियमित रुपमा अनुगमन गरुन्, तपाईँका पोस्टलाई नियालुन् ।

किओर्ड र ह्याजट्यागको प्रयोग किओर्ड तथा ह्याजट्यागको प्रयोग गर्ने गर्नुस् ताकि कसैले तपाईँलाई खोज्न चाहेमा समस्या नहोस् । यसले गर्दा ट्विटर युजरहरुले तपाईँलाई याद गर्ने सम्भावना बढी रहन्छ ।

रिट्विट कसैले तपाईँसँग ट्विट गर्न खोनिरहेको छ भने त्यसलाई जवाफ फर्काउनुस । अथवा कसैले ट्विट गरेको कुरा तपाईलाई मन पर्यो भने रिट्विट गर्न नभुल्नुहोस् । साथै, आफ्ना फलोअरहरुसँग समयसमयमा ट्विट गर्ने प्रयास गर्नुहोस् ताकि उनीहरुलाई तपाईँले वेवास्ता गरेजस्तोे महशूस नहोस् ।

वास्तविक बन्नुहोस् कसैसँग ट्विट गर्दा वा सूचना प्रदान गर्दा वास्तविकता नलुकाउनुहोस् । तपाईँ जे हो त्यही कुरा झल्कने गरि ट्विट गर्नुहोस् तथा कसैसँग वार्तालाप गर्नुहोस् । यसले तपाईँको पारदर्शिता झल्काउने भएकाले मानिसहरुको तपाईँप्रति विश्वास बढ्दै जान्छ ।

Directriesडिरेक्टरीमा आफ्नो नाम दर्ता गराउनुहोस् आफूजस्तै अन्य ट्विटर युजरहरु पत्ता लगाउन तथा अरु युजरहरुले तपाईँलाई पत्ता लगाउन सहज होस् भन्नाका खातिर वीफलो, ट्विफलो, ट्विएन्ड्स जस्ता ट्विटर डिरेक्टरीमा आफ्नो एकाउन्ट दर्ता गराउनुस् ।

आफ्नो ट्विटर प्रोफाइलको प्रोमोट गर्नुहोस् तपाईँ ट्विटरमा हुनुहुन्छ भनेर अरुले थाहा पाउनको लागि पहिले अरुलाई जानकारी गराउनु जरुरी हुन्छ । यसका लागि तपाईँले अन्य माध्यम जस्तै, इमेल, मेसेज लगायतबाट आफ्नो ट्विटर प्रोफाइलको लिंक अरुसँग बाँड्ने गर्नुहोस् अथवा शेयर गर्ने गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?