Breaking News

नेपालमा बैशाख १२ गते गएको महाभूकम्प बाटोको नयाँ तथ्य बैज्ञानिकहरुले पत्ता लगाए (भिडियो सहित)

Feb Tue 2020 05:40:29

659 views

नेपालमा बैशाख १२ गते गएको महाभूकम्प बाटोको नयाँ तथ्य बैज्ञानिकहरुले पत्ता लगाए  (भिडियो सहित)

बैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’

एजेन्सी । गत बैशाखमा गएको ७.८ रेक्टरस्केलको भूकम्पको दिशा (प्रक्षेप पथ) को बारे बैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिइगोका बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प कम्पनको दिशा र रुपबारे तथ्य पत्ता लगाएका हुन् । बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प र त्यसपछिका परकम्प अाएको बाटोको रुपको नक्सा बनाएका छन् । भूकम्प आउँदा केहि मिनेटसम्म  निस्किएको भयानक आवाज कसरी आएको थियो भन्ने पनि पत्ता लागेको छ । सार्वजनिक गरिएको नक्साले भूकम्पका साना तथा ठूला तरंगहरु केन्द्रबिन्दूबाट कसरी आएका थिए भन्ने देखाएको छ । बैज्ञानिकहरुले प्रक्षेप पथको कम्पनलाई तीन भागमा विभाजन गरेका छन् । ‘नेपालको गएको भूकम्पले उच्च  भूकम्पीय क्षेत्रहरुलाई चेतावनी दिएको संकेत हो, नेपालमा आएका सबै कम्पन भिन्न–भिन्न किसिमले आएका छन् । ’ यूसी सान डिइगोका इक्रिप्स् इस्टीट्यूशनका भूगर्भविद् पीटर शिएररले भने, ‘केहि कम्पनहरु एक बिन्दूबाट अर्काे बिन्दूसम्म उफ्रदै आएका थिए, ेतर  तीनै किसिमका भूकम्प एउटै विन्दूबाट आएका थिए जसको बाटो पूर्वतर्फ थियो । यो अनुसन्धानबाट उच्च भौगोलिक जोखिम रहेका क्षेत्रको बारेमा बुझ्न र पहिचान गर्न सहज भएको छ । ’ ग्लोबल भूकम्पीय नेटवर्कको तथ्यहरुबाट पीटर र उनका सहकर्मीहरुले प्रत्येक कम्पनका असरहरुको पहिचान गरेका छन् । विस्तृत अध्ययनपछि बनाइको नयाँ नक्सामा तीन चरणको बाटो बनाएर कम्पन उत्पन्न भएको पत्ता लागेको छ । तीनै चरणका कम्पनहरु पूर्वतर्फ बाटो बनाउँदै आएका छन् । अनुसन्धानकर्ताले पहिले चरणमा साना र विस्तारै जाने कम्पनको बारेमा नक्सा बनाएका छन् । यसैगरी, दोस्रो चरणको कम्पन काठमाडौं नजिकै गएको नक्साले देखाएको छ, जसको बाटो नाटकीय छ र कम्पन ठूलो हुने गरेको देखिएको छ । तेस्रो चरणको कम्पन कम गतिको हुने देखिएको छ । कम्पन आउँदै गर्दा र दुई कम्पनकोबीचमा आउने कम्पनले नाटकीय रुपमा बाटो बदल्ने पनि अनुसन्धानले देखाएको छ । एकैदिनमा आएका ३८ वटा परकम्पको अनुसन्धान गर्दा तीन प्रकारका चरणहरु देखिएको अनुसन्धानले देखाएको छ ।

बैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’

‘ग्लोबल भूकम्पीय नेटवर्कको तथ्यले हामीलाई भकम्पको प्रक्षेप पथका तस्विरहरु तथा चरणमा भरपर्ने कम्पनबारे थाहा पाउन सजिले भयो । ’ भूगर्भविद् पीटरका एक विद्यार्थी वेनयूएयान फानले भने, ‘आइरहने परकम्पका दुई चरणहरु काठमाडौं नजिकका छन्, जनले सोचिएको भन्दा कम हल्लाएको थियो । ’

बैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’

काठमाडौं । गत बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर गएको  भूकम्पपछि बैज्ञानिकहरुले नेपालको भूगोलको विषयमा विभिन्न अनुसन्धान गरिरहेका छन् । पछिल्लो पटक बैज्ञानिकहरुले पश्चिम नेपालदेखि भारतको दिल्लीसम्म एउटा ठूलो भूकम्प आउन सक्ने तथ्य पत्ता लागेको दाबी गरेका छन् । गत बैशाखमा गएको भूकम्पका कारण पृथ्वीमुनिको चाप अझै बाहिर निस्कन नसकेको तथा चाप नेपालको पश्चिम भागतर्फ सर्दै गएकाले भूकम्प आउन सक्ने बैज्ञानिकहरुले चेतावनी दिएका हुन् । हालै प्रकाशित नेचर एण्ड साइन्स् पत्रिकामा बैज्ञानिकहरुले भूकम्प आउन सक्ने दाबी गर्दै लेख लेखका छन् । अनुसन्धानमा आधारित लेखहरुमा भूकम्पको स्वरुप र मिति भने उल्लेख गर्न नसकिने जनाएका छन् । अनुसन्धानको बारे समाचार छापेको बीबीसी वल्र्ड सर्भिसले अनुसन्धानकर्तासँग कुराकानी गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले अनुसन्धानबारे भनेका छन्, ‘नेपालको पश्चिम क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि तत्काल भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्र होइन, भारतको उत्तरी क्षेत्रको गंगा मैदानको घना बस्तीमा समेत ठूलो क्षति हुन सक्नेछ । ’ बैज्ञानिकहरुका अनुसार गत बैशाखमा गएको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट बीचको दुई भौगर्भिक क्षेत्र जुध्दा आएको हो । निरन्तर हुने यो प्रक्रियाबाट प्रत्येक वर्ष दुई सेन्टिमिटरले उत्तरतर्फ जमिन सरिरहेको छ । तर, गत वैशाखको भूकम्पका कारण जमीनमुनि सञ्चित चापमध्ये केहि मात्रै बाहिर निस्किएको बैज्ञानिकहरुले बताएका छन् । गत वैशाखको भूकम्पबारे प्राध्यपक अवुआकले भने, ‘यदि भूकम्प हिमाली क्षेत्रको भागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउने संभावना थियो । ’ जमीन मुनिको चाप नेपालको पश्चिम क्षेत्रको पोखरादेखि दिल्लीको उक्ततर्फ सारेको बैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ । यसअघि १६ औं शताब्दीको सुरुआतमै नेपालको हिमाली क्षेत्रमा महाभूकम्प आएको थियो । उक्त भूकम्प ८.५ रेक्टर स्केलको भएको बैज्ञानिकहरुले बताएका छन् । त्यसयता हिमाली क्षेत्रमा भूकम्प नआएकाले त्यहाँ चाप बढिरहेकाले भूकम्प आउने सक्ने अनुमान गरिएको हो । यसबारे अवुआकले भने, ‘हामी नेपालको पश्चिम क्षेत्रबारे निकै चिन्तित छौं । ’ यस विषयमा अझ अनुसन्धान गरेपछि मात्र थप तथ्य थाहा पाउन सकिने अवुआक नेतृत्वको टोलीले जनाएको छ । उनले भने, ‘हामी भूकम्प आउँछ भनेर मानिसहरुलाई आतंकित पार्न चाहन्नौ, तर आफू बसोबास गरिरहेको क्षेत्रमा बढि चाप भएको विषयमा उनीहरु सचेत रहन जरुरी छ । भूकम्पलाई थेग्न सक्ने संरचना बनाउन ध्यान दिनुपर्छ । ’ बेलायतको ओपन विश्वविद्यालयका प्राध्यापक डेभिड रथरीले नेपालमा भूकम्पको विषयमा जनचेतना फैलाउन जरुरी रहेको बताए । उनले भने, ‘पश्चिम नेपाल तथा भारतको उत्तरी क्षेत्रका विद्यार्थीहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने विषयमा प्रशिक्षण दिन जुरुरी छ । साथै विद्यालय भवन भूकम्प प्रतिरोधी बनाएमा कयौ मानिसको ज्यान जोगाउन सकिन्छ । ’ गत वैशाखको भूकम्पबारे प्राप्त थप तथ्यबाट यसले अरु क्षती गर्ने बैज्ञानिकहरु बताउँछन् । प्राध्यापक अवुआकले भने, ‘काठमाडौं नजिकको भूभागलाई केन्द्र बनाएर ७.८ म्याग्निच्युडको भूकम्पछि मैले ३ देखि ४ लाख मानिसको ज्यान जान्छ भन्ने सामाचार सुन्न तयार थिए । तर घना बस्ती भएको क्षेत्रमा १० हजार भन्दा बढि मानिसको ज्यान जानु सानो संख्या मान्नुपर्छ । ’ वैसाखमा भूकम्पछि जमीन मूनिको चाप अझै पूर्णरुपमा निष्काशन हुन नसकेको तथा चाप पश्चिमतर्फ गइरहेकाले जोखिम बढेको अनुसन्धाकर्ताले बताएका छन् ।

News Source : Nepalipatra.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?