Breaking News

‘आइफोन सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा : आइफोन सिक्सका फिर्चसहरु यस्ता

Feb Tue 2020 05:40:56

659 views

‘आइफोन सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा : आइफोन सिक्सका फिर्चसहरु यस्ता

आइफोनका पछिल्ला संस्करण ‘सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा आइपुगेका छन् । यी दुबै किसमका सेटहरु रोज गोल्ड, गोल्ड र स्पेस ग्रे कलरमा नेपाली बजारमा आएका छन् । १६ जीबी, ६४ जीबी र १ सय २८ जीबी क्षमतामा आइफोन नेपाली बजारमा आएका हुन् ।

१६ जीबी क्षमताको सिक्स एसको मूल्य ९० हजार पाँचसय ५० रुपैयाँ तोकिएको छ । ६४ जीबीको आइफोनको मूल्य १ लाख ८ हजार पाँचसय ५० र १२८ जीबीको मूल्य १ लाख २० हजार पाँच सय ५० पर्ने जेननेक्स्ट कम्युनिकेशनले जानकारी दिएको छ ।

यसैगरी १६ जीबीको एसप्लसको १ लाख ८ हजार पाँच सय ५० रुपैयाँ, ६४ जीबीको १ लाख २२ हजार पाँच सय ५० रुपैयाँ तोकिएको छ ।iPhone-6-Plus

१२८ जीबीको एसप्लका लागि नेपाली ग्राहकले १ लाख ३३ हजार पाँच सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

नयाँ सिरिजका आइफोनको खरिदका लागि एप्पलका खुद्रा विक्रेताहरु ओलिज स्टोर, सोनु मोबाइल्स, फ्युचर वल्र्ड र इभो स्टोरका काठमाण्डौस्थित सोरुममा जानुपर्ने छ । ओलिज स्टोरले भने अनलाइन बुकिङ र डेलिभरि सेवा उपलब्ध गराउँदै आएको छ ।

जेनक्स्टले आइफोन किन्ने ग्राहकलाई फाइनान्स सुविधा पनि दिएको छ । नेपाल इन्भेन्ष्टमेन्ट, नबिल, हिमालयन र एनएमबी बैंकबाट ग्राहकले फाइनान्स सुविधा लिन सक्नेछन् ।

एनसेलसँगको सहकार्यमा आइफोन खरीद गर्ने ग्राहकलाई विषेश सुविधाहरु पनि दिइएको छ । सबै आइफोन खरिदमा १० हजार रुपैयाँ बराबरको अग्रीम एनसेल बोनस उपलब्ध हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?