Breaking News

महिला हिंसा बिरुद्ध लिपिष्स्टकमा २२० भोल्टको झट्का

Feb Tue 2020 05:40:27

343 views

महिला हिंसा बिरुद्ध लिपिष्स्टकमा २२० भोल्टको झट्का

सामान्यतया महिलाले ओठमा लगाउने लिपिस्टक सुन्दरता बढाउनको लागि नै प्रयोग गरिएको हुन्छ । तर सुन्दा अचम्म लाग्न सक्छ एक युवतीले महिलामाथि हुने यौन हिंसा घटाउन लिपिस्टिकको साहारा लिएकी छिन् । काशि निवासी रोमा नाम गरेकी एक युवतीले लिपिष्टिकमा २२० भोल्टको झट्का लाग्ने आविष्कार गरेकि छिन् । उनका अनुसार, कोहि मानिस लिपिष्टको सम्पर्कमा आउने वित्तिकै करेन्ट लाग्छ । यस लिपिष्टकले महिलाहरुलाई मनोबल मिलेको र महिला जिस्काउनेलाई पनि सावधान गराएको उनले बताएकि छिन् ।

कम्प्युटर साइन्स अध्ययनरत यी युवतीले लिपिस्टकमा एउटा सुरक्षा उपकरण जडान गरेकि छिन् । यही उपकरणले महिलालाई जिस्काउनेलाई २२० भोल्टको झट्का दिनेछ । रोमाले लिपिस्टिकमा जीपीएस ट्रयाकर जडान गरेकाले बदमास मानिसको स्थान पत्ता लगाउन पनि मद्धत गर्नेछ । यदि बाटोमा कुनै केटाले युवतीलाई जिस्काएको खण्डमा महिलाले लिपिस्टिक निकालेर बटम दबाएर ती बदमास युवकलाई छुवाइदिएमा उक्त केटालाई २२० भोल्टको झ्टकाले हान्नेछ ।

रोमाले यो लिपिस्टिक मेकअप किटमा लिएर हिंड्न सक्ने गरि बनाएको बताइन् । बाहिर नदेख्ने गरि बनाएको स्वीच आवश्यकता परेका ठाउँमा दवाउने र यसलाई कसैको शरिरमा स्पर्श गर्नेवित्तिकै झट्का लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?