Breaking News

डिजिटल शैलीमा ठगिदै नेपाली, होशियार ! तपाई पनि यसरी ठगिनुहोला

Feb Tue 2020 05:40:23

285 views

डिजिटल शैलीमा ठगिदै नेपाली,  होशियार ! तपाई पनि यसरी ठगिनुहोला
  • कमलदेव भट्टराई
केही महिनाअघि रूपा विष्ट (नाम परिवर्तन) ले भारतस्थित नेपाली दूतावासमा आएर सहयोग मागिन् । उनले भनिन्, ‘मेरो साथी ओरेनान्डो वानाडोले बेलायतबाट १५ हजार अमेरिकी डलर र अन्य धेरै सामान पार्सलमा पठाएको छ तर एयरपोर्ट भन्सारमा रोकियो सहयोग गर्नुपर्‍यो ।’

दूतावासका काउन्सिलर एसएसपी यादवराज खनाल र अन्य कर्मचारीहरू सामान छुटाउन लागिपरे, तर पछि थाहा भयो यो त एक प्रकारको नयाँ डिजिटल ठगी पो रहेछ ।

रूपाको फेसबुकमार्फत ती केटासँग चिनजान भयो । ती विदेशीले उनलाई आफू नै घनिष्ट भएको भ्रममा पार्न सफल भए । त्यत्रो पैसा र सामान माया गरेर पठाएको भनेपछि त झन् उनको खुसीको सीमा रहेन ।

सामान पठाएको केही दिनमा त्यो केटाले त्यति धेरै डलर र सामान पार्सल पठाएका कारण सामान भन्सारमा जफत भएको र त्यसलाई भन्सारबाट छुटाउन सुरुमा दुई हजार अमेरिकी डलर भारतको एक बैंकमा जम्मा गर्न भन्यो ।

उनले भन्सारमा सामान अडकिएकै होला भनेर व्यक्तिले दिएको बैंक खातामा रकम जम्मा गरिन् । तर सामान छुटेन भन्दै त्यो मान्छेले फेरि रकम जम्मा गर्न भन्यो, उनले जम्मा गदै गइन् ।

यसो गर्दागर्दै उनले पाँच हजार अमेरिकी डलर बैंक खातामा जम्मा गरिन् । त्यति हुँदा पनि सामान नछुटेपछि त्यो मान्छेले सामान छुटाउन आफू पनि दिल्ली आउने र उनलाई पनि दिल्ली आउन भन्यो । तर हतारमा छु भन्दै त्यो मान्छेले भेट गर्न मानेन हतार छ भन्दै र त्यो बैंक खाता पनि बन्द भयो ।

रूपालाई धेरैपछि थाहा भयो यो त एउटा ठगी पो रहेछ । एसएसपी खनालले यस विषयमा भारतको अपराध अनुसन्धान विभागका अधिकारीसँग पनि कुरा गरे । भारतीय प्रहरीले खनाललाई यो सबै डिजिटल अपराध भएको र पछिल्लो दिनमा यस्ता घटना घटेको जानकारी गराए । खनालका अनुसार विशेषगरी अफ्रिकन मुलुकका व्यक्तिहरू यस प्रकारको ठगीमा संलग्न हुने गरेको पाइएको छ ।

सामान तथा पैसा पठाएको नक्कली कागजात तयार पारेर सामान लिन जाउँ भनेर खबर गर्ने र सामान छुटाउन बैंकमार्फत पैसा जम्मा गर्न लगाएपछि बेपत्ता हुने घटना भारतमा निकै बढेको छ । जसमा पछिल्लो समयमा नेपालीहरूसमेत ठगिन लागेका छन् ।

कोही गरिब अथवा कम साक्षर मान्छेलाई प्रयोग गरी उनीहरूको नाममा बैंकमा खाता खोल्ने र त्यसमा जम्मा गर्न लगाउने गरेको पाइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा ठगीको यस्तो चारवटा घटनाहरू आएका छन् ।

‘विशेषगरी नेपाली युवतीलाई ती विदेशीले त्यति भ्रममा पारेका हुन्छन् कि उनीहरूले ठगी भइसक्दा पनि यो कुरो थाहा पाउँदैनन्,’ खनाल भन्छन् । युवतीहरू त्यो त मेरो एकदमै मिल्ने साथी हो त्यो हुनै सक्दैन भन्छन् ।

http://ekantipur.com 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?