Breaking News

सन् २०२० को डिभी चिठ्ठा खुल्यो :१२ कक्षा पास नभएकाले पनि डिभी भर्न मिल्ने

Feb Tue 2020 05:40:12

690 views

सन् २०२० को डिभी चिठ्ठा खुल्यो :१२ कक्षा पास नभएकाले पनि डिभी भर्न मिल्ने
सन् २०२० का लागि डिभी लोटरी खुलेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२० का लागि डिभी लोटरी खोलिएको जानकारी दिएको हो । अमेरिकाको पूर्वीय समय अनुशार अक्टोबर ३ तारिख बुधबार दिउसो १२ बजेदेखि नोभेम्बर ६ बुधबार दिउसो १२ बजेसम्म डिभी लोटरीका लागि फारम भर्न सकिनेछ । डिभी लोटरीका लागि आवेदन दिन अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ । अमेरिकी सरकारले तोकेका एसभीपी ७ भन्दा माथि भएका र जोन ४ र ५ मा पर्ने जागिरहरुमा दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि शैक्षिक योग्यता नभएपनि योग्य हुनसक्ने प्रावधान रहेको छ । कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशकहरु , पु्रफरिडरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम प्रोड्युसरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा संगितकारहरु पनि योग्य हुन्छन् तर मोडलहरु भने योग्य हुँदैनन् । लाइब्रेरियन, कला, नाटक, संगितका शिक्षक लगायतका पेशामा दुईबर्षको अनुभव र तालिम भएकाहरु पनि डिभी लोटरीका लागि योग्य हुन्छन् ।

तपाईको पेशा डिभी लोटरीका लागि योग्य भएनभएको जाँच गर्न यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

साथै डिभी लोटरीका लागि एकजनाले एउटाभन्दा धेरै आवेदन नदिन समेत अमेरिकी सरकारले सुझाव दिएको छ । एउटाभन्दा धेरै आवेदन दिएमा त्यस्ता आवेदकहरु कार्यक्रममा भाग लिनबाटै अयोग्य हुने जनाइएको छ ।

डिभी लोटरी भर्न र रिजल्ट हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।तर डिभी लोटरी भर्ने लिंक भने आगामी अक्टोबर ३ बाटमात्र उपलब्ध हुनेछ ।

अक्टोबरको ३ देखि डिभी लोटरी भर्नेहरुको रिजल्ट भने मे ७ २०१९ बाट आउन थाल्नेछ । अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा गएरमात्र डिभी लोटरी भर्न र रिजल्ट चेक गर्न सकिन्छ । डिभी लोटरी भर्नका लागि अमेरिकी सरकारलाई कुनै शुल्क बुझाउनु पर्दैन । डिभी लोटरीका लागि योग्य हुने मापदण्डहरुमा गतबर्षको तुलनामा यो बर्ष कुनै परिवर्तन गरिएको छैन । बंगालादेश, ब्राजिल, क्यानडा, मुख्यभूमी चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, साउथ कोरिया, नर्दन आयरल्याण्ड बाहेक बेलायत तथा आश्रित भुभागहरु र भियतनामका नागरिकहरु यसबर्ष डिभी लोटरीका लागि आवेदन दिन योग्य हुनेछैनन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?