Breaking News

सुचना तथा सञ्चार प्रविधिको जानकारीमुलक इभेन्ट सुबिसु क्यान कमटेक हो - विनोद ढकाल अध्यक्ष क्यान महासंघ

Feb Tue 2020 05:40:33

475 views

सुचना तथा सञ्चार प्रविधिको जानकारीमुलक इभेन्ट सुबिसु क्यान कमटेक हो - विनोद ढकाल अध्यक्ष क्यान महासंघ

भाद्र २३ गतेबाट राजधानीको भृकुटीमण्डपमा हुने क्यान कमटेक नयाँ सूचना, प्रविधिको विषयमा आम उपभोक्ताहरुलाई जानकारी गराउने सुचना तथा सञ्चार प्रविधिको जानकारीमुलक इभेन्ट भएको क्यान महासंघका अध्यक्ष ई विनोद ढकालले बताए । सुचना तथा सञ्चार प्रविधिको जानकारी गराउने इभेन्ट माध्यमको रुपमा हामीले क्यान कमटेकको आयोजना गरेका हौ । क्यान महासंघको आयोजनामा भईरहेको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा सबै आगन्तुकहरुले नेपालमा भित्रिएका विभिन्न प्रविधिको षियमा एकै छानामुनी एकैपटक जानकारी गराउने हाम्रो लक्ष्य रहेको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्र्तक्रिया गर्ने तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ हामीले यो कार्यक्रम गरिरहेका छौ, अध्यक्ष ढकालले भने ।

क्यान कमटेक प्रदर्शनी विशुद्ध जानकारीमूलक प्रदर्शनी रहनेछ, जहाँ सुचना तथा संचार प्रविधिमा पछिल्लो समयमा भएका विकास तथा सेवाहरुमा सर्वसाधारणको पहुच तथा जनचेतना अभिवृद्धि गर्ने विभिन्न किसिमका कार्यक्रम तथा सामाग्रीहरुको मात्र प्रदर्शनी हुनेछ।

प्रदर्शनीको आकर्षणको रुपमा सुचना तथा सञ्चार प्रविधिमा आधारित Electronic Security तथा Safety and Solution  का अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध रहेका छन् जसका लागि छुट्टै Pavilion  को व्यवस्था रहेको छ । यस Pavilion  लाई ASPA Nepal सस्थाले व्यवस्थापन गरिरहेको छ, जसबाट अवलोकनकर्ता र सहभागी कम्पनीहरुले सहजता महशुस गरिरहेकोमा आशावादी छौ । उक्त Pavilion मा अवलोकनकर्ताहरुले Electronic Security तथा Safety and Solution का उपकरणहरु जस्तै CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighter  आदिका विषयमा जानकारी लिईराख्नुभएको छ । यस्तै सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यलय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, ईन्टरनेट सेवा प्रदायक संघ जस्ता राष्ट्रिय तथा ASOCIO र WITSA जस्ता अन्तराष्ट्रिय संस्थाहरुले पनि यो प्रदर्शनीमा आवश्यक सहयोग पु¥याउनुहुनेछ ।

किल्यर टिभि तथा ईन्टरनेट सेवामा विषेश र आकर्षक योजना, सुबिसु क्यान कमटेक २०१६ को अर्को आकर्षण रहनेछ, सुबिसुको किल्यर टिभि सेवामा विभिन्न विधाहरु जस्तै Sports, Movies, Entertainment र  Adventure & Lifestyle मा ३०ं+HD र १००ं+Digital Channel उपलब्ध छन् ।

can-comteck

मेलामा सुबिसुले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा अधिकतम जानकारी गराईनेछ । यस्तै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” का एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि special feature Turbo speed technology, S-bike mode, ultra data saving mode, ultra power saving mode भएको J-Series  का फोनहरु प्रर्दशन गर्ने छ । मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले नेपालमा पहिलो पटक सामसुङको नयाँ flagship phone Note 7 अनुभव गर्न सक्नुहुने छ साथै सामसुङको Virtual Reality Device (Gear VR)  को रोचक अनुभब समेत लिन सक्नुहुने छ । यसै गरी प्लाटिनम स्पोन्सर वेभसर्फरले वायरलेश इन्टरनेटको सुविधा दिइरहेको उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी, मेघा केवल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगायतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा यसै प्रदर्शनी मार्फत ग्राहकहरु माझ पस्केको छ । EOC प्रविधी मार्फत दिइने यो सेवालाई कम्पनीले टिभीनेटको नाम दिएको छ । कम्पनीले उपलब्ध गराउने ब्रोडब्यान्ड राउटरबाटै ग्राहकले सस्तो मुल्यमा इन्टरनेट, टि.भी को साथै भविष्यमा इन्टरनेट फोनको समेत सुविधा पाउनेछन् । साथै यसै मेला मार्फत सार्वजनिक गरिएको टिभीनेट सेवाको ग्राहक बन्दा निःशुल्क जडान, निःशुल्क राउटरको साथै अरु थुप्रै आर्कषक छुट एवं अफरहरु प्रदान गरिरहेको छ यो पनि अर्को आकर्षणको रुपमा रहेको छ । यसै गरी डायमण्ड स्पोन्सर नेपाल टेलिकमले रु. ५०/- मा रु. ५०/- कै ब्यालेस् भएको जि. एस. एम. प्रिपेड सिम कार्ड पनि उपलब्ध गराउने र सो कार्य नेपाल टेलिकमको आधिकारिक बिक्रेता जानकि टेक्नोलोजीले गरिरहेको छ ।

प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा High Speed Internet  उपलब्ध गराईरहेको छ भने टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर दिएको छ ।

बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध छ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध रहेको छ । Smart Technology को प्रबद्र्धनमा जोड दिनुको साथसाथै नेपाल सरकारले देशको प्रमुख शहरहरुमा अनिवार्य रुपमा Digital TV Transmission प्रणालीलाई लानु पर्ने लक्ष्य लिए अनुरुप सो सम्बन्धि जानकारी समेत उपलब्ध गराईने छ ।

-स्रोत : akhabarnepal.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?