Breaking News

भिडियो कन्फेरेन्समार्फत् पहिलोपटक मन्त्रिपरिषद् बैठक

Feb Wed 2020 02:40:49

946 views

भिडियो कन्फेरेन्समार्फत् पहिलोपटक मन्त्रिपरिषद् बैठक
पहिलोपटक भिडियो कन्फेरेन्समार्फत् मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी मन्त्रिपरिषद्को बैठक बसेको हो । पचारका क्रममा सिंगापुरमा रहेको प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्समार्फत्  सहभागी भएका छन्  भने अन्य मन्त्रीहरु सिंहदरबारमा रहे । गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अवस्थामा पनि पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरे । प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले गएको बुधबार मन्त्रिपरिषद बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको थियो। जसले काठमाडौं बाहिर रहँदा पनि प्रधानमन्त्रीलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ। नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फेरेन्सको प्रयोग गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?