Breaking News

३ सय १८ घण्टासम्म ब्याट्री टिक्ने सामसुङ स्मार्टफोन

Feb Tue 2020 05:40:37

566 views

३ सय १८ घण्टासम्म ब्याट्री टिक्ने सामसुङ स्मार्टफोन

सामसुङले ग्यालेक्सी फोल्डर टू स्मार्टपोन लञ्च गरेको छ ।  यो फोन एक फि्लप फोन अर्थात् फोल्ड गर्न मिल्ने दुइपाते फोन हो जुन एन्ड्रोइड ६ मार्समेलो अपरेटिंग सिस्टममा चल्दछ ।

सामसुङ ग्यालेक्सी फोल्डरमा १.४ गिगाहर्जको क्वाडकोर स्नापड्रागन ४२५ चिपसेट रहेको छ जुन २ जिबी क्षमताको छ । यो फोनको इनबिल्ट स्टोरेज १६ जिबीको छ जसलाई माइक्रोएसडी कार्डको माध्यमबाट १२८ जिबीसम्म बढाउन सकिन्छ । ३ दशमलब ८ इन्च डब्लुभिजीए डिस्प्लेयुक्त यो स्मार्टफोनको पिक्सेल रिजोलुसन ४८० गुणा ८०० रहेको छ ।

यसमा एलइडी फ्लासयुक्त ८ मेगापिक्सेलको मुख्य क्यामरा र ५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । फोनको ब्याट्री १९५० मिलि एम्पिएर आवर क्षमताको छ । यो फोनको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको ब्याट्रीको टिकाउपना नै हो । सामसुङका अनुसार यो स्मार्टफोनको ब्याट्री एकपटक फूल चार्ज गरेपछि ३ सय १८ घण्टासम्म टिक्दछ । यो स्मार्टफोनले फोर जी एलटीइ सपोर्ट गर्दछ भने यसमा जिपिएस, वाइफाइ तथा ब्लुटुथ कनेक्सन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?