Breaking News

यस वर्ष 2015 हलिउडमा धेरै रुचाइएका मध्येका पाँच फिल्महरु

Feb Tue 2020 05:40:22

456 views

यस वर्ष 2015 हलिउडमा धेरै रुचाइएका मध्येका पाँच फिल्महरु
हलिउडका हरर फिल्मको पनि संसारभर आफ्नै ख्याती छ। यस्ता फिल्मलाई रुचाउने दर्शकको कुनै कमी छैन्। २०१५ मा पनि हलिउडमा केहि यस्ता हरर फिल्म रिलिज भए जसलाई दर्शकले मनपराए र व्यवसायिकरुपमा सफल पनि। यस वर्ष हलिउडमा धेरै रुचाइएका मध्येका पाँच फिल्महरु यस्ता छन् https://youtu.be/4zBlG8Lv01k १. क्रिमसन पिक: यस फिल्ममा बिहे गरेर नया घरमा सरेकी एडिथले त्यो घरमा थुप्रै कुरा अनुभव गर्छिन्। ती चिजहरुमा उसको पति र परिवारका सदस्यका बारेमा अनेकौ रहस्य लुकेका हुन्छन्। गियूललेर्मो देल तोरोले निर्देशन गरेको फिल्मले ७४ मिलियन डलरको वक्सअफिस कारोबार गर्दै हिट साबित भएको थियो। २.इट फलोज: फिल्ममा पलभरको खुशी कसरी सबैभन्दा ठूलो गल्ती बन्नसक्छ भन्ने सेरोफेरेमा कथा घुमेको छ। डेबिड रिचेल रोबटले निर्देशन गरेको फिल्मले २०. ३ मिलियन डलरको कारोबार गरेको थियो जबकी फिल्मको निर्माण लागत २ मिलियन डलरमात्र थियो। https://youtu.be/3HxEXnVSr1w#sthash.opDKLSVs.dpuf ३. द भिजिट: एम नाइट स्यामलान लिखित, निर्मित तथा निर्देशित फिल्ममा हजुरबुबा र हजुरआमाको घरमा बिदा मनाउने गएपछि हुने घटना देखाइएको छ। ५ मिलियन डलरमा बनेको फिल्मले वक्सअफिसमा ९७.१ मिलियन डलरको कमाइ गरेको थियो। ४. इनसाइडियस च्यापटर-३: लेग वानेलको निर्देशनमा रहेको फिल्म इनसाइडियस फिल्म फ्रान्चाइजको सिक्वल हो। फिल्मले करिब ११३ मिलियन डलर कमाएको थियो। फिल्मको बजेट १० मिलियन डलर थियो। ५. अनफ्रेनडेड: मात्र १ मिलियन डलरमा बनेको लेबान ग्याब्रीडेजको निर्देशन रहेको फिल्म ६३ मिलियन डलरको कमाइ गरेको थियो। https://youtu.be/lRhUId3gtoE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?